नेपालीहरु विश्वकै सबैभन्दा मूर्ख मतदाता हुन्

द्वारा प्रकाशित गरिएको हो |
August 22nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

मदन रेग्मी
एउटा पोष्टले उधृत गरेको छ, “विश्वको सबैभन्दा मुर्ख मतदाता नेपालमा छन् जसले देश लिलाम गर्ने, भ्रष्टाचार गर्ने, घुसपैठ गर्ने नेतालाई भोट दिन्छन्”– युरोपियन टाईम्स । यो विश्व प्रख्यात पत्रिका हो । छापेकै हो भनेर विश्वास गरौ किनभने यसको भनाइ विश्वको सबभन्दा मूर्ख मतदाता नेपालमा छन् भन्ने आजसम्मलाई हेर्दा तितो सत्य हो । सबैभन्दा मुर्ख हुन् कि अलि कम मुर्ख हुन् कि साहै्र विद्वान हुन् कि हामी नै सोचौ । मैले जीवनमा एकपटक मात्र मत खसालेर सयकडा सय नै मूर्ख म हैन भन्ने आफुलाई चित्त बुभाउने बाटो राखेको छु । मैले कुन लेखमा हो नेपालीहरुलाई चारपाँच वर्गमा राखेको पढेको थिए ।
— मूर्ख
— भ्रष्ट
— देशभक्ति हिन
— दास माोबृद्वि
— पैसाको लागि जे पनि गर्ने
यी बाहेक अरु कमजोरीहरु पनि थुप्रै लेखेको थियोे । यसरी नै नेताहरु, प्रशासकहरु जन्मेका पनि उसलाई थाह रहेछ । नेपालीहरु विश्वको सबैभन्दा मुर्ख मतदाता भन्ने कसैले पनि भन्दा दुख पनि लाग्न सक्छ रिस पनि उठ्छ । मलाई त नेपाली मतदाता भन्ने दिन पनि धेरै छ जस्तो लाग्दैन । सिमा खुला छ । पारिवाट आउने भिड रोकिने सम्भावना नै छैन तर नेपालबाट भारतमा मौसमी काम गर्न जाने नेपालीलाई यहाँका टिभी च्यानल र पत्रपत्रिकामा धेरै ठुलो भिड देखाईन्छ जवकि उतावाट आएर नेपालको विभिन्न भागमा नागरिकता लिएर करोडौं बसेकाहरुको कसैले लेखेको हुदैन । देशको लागि एउटा पनि जनमाध्यम नै छैन । थोरै समयको कुरा हो नेपाली मतदाता भन्ने पनि सुन्नु पर्ने छैन । आजको गठबन्धन सरकार जस्तो पहिले पनि धेरै आए । आफुहरुको लागि देश लिलाम गर्दै गए । नेपाली लाई विस्थापित गर्दै
गए । फेसबुकमा जस्तो प्रकारको टिप्पणीहरु आउछन् ती मध्ये थोरै मात्र देशको चिन्ता गरिएको हुन्छ । आफुहरुले मोज गरेको या अरु देशको बयान गरेको पढेर साध्य हुदैन । आज ४० वर्ष अगाडिको कुरा हो मेरो एउटा बेलायती साथी थियोे उ कविता पनि लेख्थ्यो र भन्थ्यो “रेग्मी चित्त नदुखाउ है आजको तिमी नेपालीहरुलाई हेर्दा हामी व्रिटीसहरुसँग लामो समयसम्म बहादुरीका साथ लड्यौ भन्ने विश्वास नै
लाग्दैन । ईण्डिया आर्थिक बोझको रुपमा नभैदिएको भए व्रिटीसले दुई तीन सय बर्ष अरु राज्य गर्न सक्थ्यो । गोरो छाला देख्नसाँथ साहाव भनेर सलाम ढोकि हाल्थे र पैसाको आसा गर्थें । फिलिप कोलिन्सले पछि बम्वैमा गएर एउटा पार्सी केटी विवाह गरेर नेपाल फर्क्यो । धेरै बर्षपछि उनिहरु लोग्ने स्वास्नी एकपटक नेपाल आएका थिए र स्वास्नीको नातेदार एक जोडि यूएनमा काम गर्दा रहेछन् । त्यहि भेट भयो । बुढानिलकण्ठबाट फर्कदा बाटोमा सेनाले रोक्यो । ४६ सालको आन्दोलनको वेला थियो र राति कर्फ्यु लागेको थियोे । घण्टौ कुरेर कुरा वुझाएपछि घर जान पाईयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार