डा.बाबुराम प्रचण्डको त्वमशरणमा !

द्वारा प्रकाशित गरिएको हो |
August 22nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह र घोषणापत्रमा चुनाव लड्ने विषयमा गृहकार्य सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई यस विषयमा सहमति नजिक पुगेको बताइएको छ । दुबै अध्यक्षले यस विषयमा सम्बन्धित दलमा आन्तरिक छलफल पनि शुरु गरेका छन् । उनीहरुले समाजवादी केन्द्र बनाउन पहिलो कदमको रुपमा एउटै चिन्ह र घोषणापत्रमा चुनाव लड्ने तयारी गरेका थिए तर अन्तिममा कांग्रेसको असन्तुष्टिपछि समाजवादी केन्द्र नबनाएर पाँच दलिय सत्ता गठबन्धनमा नै अन्य दलहरूलाई पनि गठबन्धनमा सहभागी गराई निर्वाचनमा जाने गृहकार्य भैरहेको छ । २०७२ सालमा संविधान जारी भए लगत्तै डा.भट्टराईले माओवादी केन्द्रले नयाँ परिस्थितिको राजनीति गर्न परित्याग गरेका थिए ।
प्रचण्डले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ आफू निकट नेताहरूसँग गरेका छन् । यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्ने व्यवस्था रहेको छ ।
यसैगरी निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने ऐनले व्यवस्था गरेको छ । दुई संसदीय दल रहन नपाउने व्यवस्थाले उनीहरू बीच एकतामा जानैपर्ने बाध्यता हुन्छ ।पाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धन बनाउने गृहकार्य गरेका थिए । नेपाली कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धन बनाउने गृहकार्य सम्भव नभएपछि दाहालले डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान पार्टीसहितको मोर्चाको तयारी थालेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार