सरकार देशलाई हिंसामा धकेल्न खोज्दैछ

द्वारा प्रकाशित गरिएको हो |
August 8th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । गठवन्धन सरकारले ललितपुर जिल्ला अदालतको नामवाट सरकारसँग भएको तीनबुँदे सहमतिको उल्लघंन गर्दै नेकपा विप्लव समुहका तीन दर्जन भन्दा वढी नेताहरुको गिरफ्तारीको आदेश जारी गरेको छ । यसले के प्रष्ट गर्दछ भने गठवन्धन सरकारले विगतको केपी शर्मा ओली सरकारसँग भएको सहमति भंङ्ग गरेको छ । उसले यो सहमति यस्तो वेला भंग गरेको छ की सरकार आफै प्रतिनिधि सभाको चुनावको घोषणा गरेको छ । सबैले बुझेकै कुरा हो निर्वाचन गराउने हो भने शान्तिपूर्ण वातावरण बन्नु अनिवार्य हुन्छ । तर सरकारभने शान्तिपूर्ण संघर्षमा आएको शक्तिलाई वलपूर्वक हिंसात्मक वाटो तिर धकेल्न खोज्दै छ किन ? के यो सरकारले नवुझेर यस्तो काम गरेको हो ? या यसका पछाडि अर्कै विदेशी शक्तिहरूको षडयन्त्र छ ? राजनीतिक क्षेत्रमा क्रियाशिल हरेकले यसवारे गम्भिर विश्लेषण गर्नुपर्ने अवस्था आएको छ ।
यो सरकारको निर्णयको वारे टिप्पणी गर्नू भन्दा पहिले यो सरकार को चरित्र वारे वुझ्न जरुरी छ । यो सरकार सामान्य सरकार हैन । यो सर्वाेच्च अदालतको परमादेशवाट बनेको सरकार हो । यस्तो सरकारको उदाहरण विश्वमा कहिकतै छैन । यो सरकार आन्तरिक गडवडीमा टेकेर इण्डो अमेरिकी संयुक्त अभियानको उपज हो भन्दा फरक पर्दैन । एमसिसि पारित,एसपिपिमा सहमति,सिमा अतिक्रमण बारे मौनता, नागरिकता विधेयक पारित जस्ता अनेकन राष्ट्रघाति कामहरु यसले गरि सकेको छ । कुनै पनि देशभक्त सरकारले यस्तो काम गर्नै सक्तैन ।
गठवन्धन र यसका मालिकहरुलाई राम्रोसँग के थाहा छ भने आम देशभक्त जनता यिनका यस्ता राष्ट्रघाति कामको विरुद्धमा दृढतापूर्वक संघर्ष गरि रहेका छन र एक दिन यिनको दुष्प्रयास विफल हुनेछ । सैन्य हस्तक्षेप वेगर गठवन्धन र यसका मालिकहरु आफु सुरक्षित हुन नसक्ने निष्कर्षमा पुगेका छन । आउदा दिनहरुमा इण्डोअमेरिकी एलाईन्सका नेपालमा आआफ्ना स्वार्थ पुरा गर्छन । भारतीयहरु नेपालको अर्थतन्त्र कब्जा गर्ने,प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र अतिक्रमित नेपाली भुभाग कब्जा गर्ने योजनामा छभने अमेरिकीहरु हिन्द प्रसान्त रणनीतिक योजना कार्यान्वयन गर्न नेपालमा आफ्नो सैन्य हेडक्वाटर स्थापना गर्न चाहन्छ । यही उदेश्यका साथ यो गठवन्धन वनाईएको हो । उनीहरु आगामी निर्वाचन मार्फत यसलाई अझै वलियो वनाउन चाहन्छन । यसको निम्ति उनीहरु सामदाम दण्ड भेदका सबै उपायहरु अवलम्वन गर्न तयार छनभन्ने देखाउन विप्लवहरुको गिरफ्तारीको आदेश जारी गर्ने निष्कर्षमा पुगेका हुन । निर्वाचनमा सेना प्रयोग गर्ने वातावरण वनाउन लागेका छन । यो देशभक्त क्रान्तिकारीकारीहरुलाई धम्कि र संसदवादीहरुलाई तर्साउने खेल सिवाय अरु केही हैन । नेपाली जनताका एक प्रतिरोधात्मक धक्काले यिनका यि षडयन्त्रका तानावानाहरु परास्त हुने
छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार