अमेरिकाले विश्वयुद्ध निम्त्याउन खोज्दैछ

द्वारा प्रकाशित गरिएको हो |
August 8th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

दीर्घराज प्रसाई
चीनसँग निहुु खोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अव यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै। अलप हुनसक्छ किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ ।
अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन् । चीनसँग निहुु खोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्रको रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रोमा हाल्न खोजेको छ ।
चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगचग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द भइससकेका छन् । हरेक अमेरिकीहरुलाई चीनका उत्पादीत सामाग्रीहरुलाई टूलो प्रभाव पारेको हुँदा अमेरिका चीनको बड्दो प्रगति देखेर चीनसँग अनेकौं बाहना झिकेर अमेरिका निहु खोजिरहेको छ । अहिले अमेरिका हतियार लिएर अनेकौं राष्ट्रहरु विखण्डन गराउन बाहिर निस्केको छ । चीन आफ्ना उत्पादन लिए । अमेरिकामा आफ्नो प्रभाव जमाई रहेको छ ।
अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन् । ताइवान पुगेलगत्तै अमेरिका र चीनबीचको तनाव झन् बढेको छ । चीनसँग निहु खोज्न उनी ताइवान पुगेकी हुन् । २५ वर्षपछि अमेरिकाको उच्च श्रेणीको निर्वाचित अधिकारी ताइवान पुगेकी हुन् । अमेरिकी कांग्रेस प्रतिनिधिमण्डल ताइवान पुग्नुलाई त्यहाँको लोकतन्त्रको समर्थनमा अमेरिकाको प्रतिवद्धता जनाए पनि अमेरिका एक निरंकुस अप्रजातान्त्रिक राष्ट्रको नामा चिनिदै छ । अमेरिकीहरु भन्छन्– ‘ताइवानसँग अमेरिकी एकता हुनु अति महत्वपूर्ण कुरा हो । तर यो चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लघंन हो ।
अमेरिकाको भनाई छ कि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । यता नेपालतर्फ अमेरिकाको हस्तक्षप त्यस्तै हेपाहा प्रकारले बड्दो छ । अमेरिका सीआईएको नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाराबाट चीन टुक्रयाउने र युरोपका इसाई राष्ट्रहरु नेपाललाई इसाईकरण गर्ने रणनीति हो । यी सबै कुकर्महरुको लागि अहिले २०७८ साल असार २९ गते सर्वोच्च अदालतको डाडो आदेशमा शेरबहादुर देउवालाई २८ घन्टाभित्रमा प्रधानमन्त्री नियुक्त गर्नु भन्ने आदेशबाट आश्चार्यजनक गरिकाले प्रधानमंत्री नियुक्त भएका छन् ।
यसरी अमेरिकी ‘सीआए’ले संसदबाट एमसीसी पारित गराउन र नेपाललाई आधार इलाका बनाएर अमेरिकीहरुको उपस्थिति भएर चीन माथि आक्रमण गराएर नेपाललाई रणभूमि बनाउने यस्तो खतरनाक खेल गराउन सक्ने विश्वासी एजेन्टको रुपमा अमेरिकाले शेरबहादुरलाई प्रयोग गरेको छ । तर अहिले अमेरिकाको लागि पनि सजिलो छैन । म अमेरिकालाई सुझाव दिन्छु कि अमेरिका संसारमा वदनाम छ । अमेरिकालाई दोस्रो विश्वयुद्धदेखि सााज्यवादी राष्ट्रको रुपमा चिनिन्छ । चीन संसारमा लोकप्रिय बनेको छ । चीन संसारमा आप्mना सम्पूर्ण उपकरण, दैनिक उपभोग्य बस्तुहरु लिएर पुगेको छ भने अमेरिका हतियार लिएर बाहिरी संसारमा पुग्दो छ । अमेरिका जहाँ पुग्छ, त्यो राष्ट्रको तहसनहस, ध्वस्त बनाएर छाडेको छ । यसरी अमेरिका अत्यन्त वदनाम राष्ट्रको रुपमा जानिन्छ । अव अमेरिकाले साम्राज्यवादी स्वरुपलाई बदलेर अमेरिका र अमेरिकी जनताको लागि आफ्ना सम्पूर्ण कार्यक्रम लागु गरेर संसारको लागि नैं एकप्रिय राष्ट्रको रुपमा उभियोस् । नत्र अव यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार