नागरिक विधयेकमा प्रचण्डको जोडबल

द्वारा प्रकाशित गरिएको हो |
July 25th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

मदन रेग्मी
समग्रमा राष्ट्र विरोधी नयाँ नागरिकता विधेयक बारे माओवादीका अध्यक्ष प्रचण्डले गर्वसाथ आफुले गरेको बाचा पूरा गरेको भनेको सुन्दा मलाई के लाग्छ भने प्रचण्डले नागरिकता वारे रैथाने तराईवासी नेपालीहरुको भवना हिजो पनि बुझेका थिएनन र आज पनि बुझेका छैनन् । त्यसैले उनी भारतीयहरुलाई नागरिकता दिने विषयमा सधैं अगाडि आउछन् । तैपनि उनलाई तराईमा निर्वाचन हारेपछि वलजफ्ति जिताउनु परेको थियो । नेपालको तराईका विभिन्न जिल्लामा मेरा मित्रहरु र परिचितहरु पनि छन । उनिहरु तराईका पुराना बासिन्दा भएको हुनाले तीस वर्ष यता नेपाली नागरिकता पाएका विहारी र उत्तरप्रदेश का बासिन्दाहरुवाट आफुहरु विस्थापित र लखेटिदै गएको अनुभव गर्छन । भोट बैक बढाउनको निम्ति विदेशीहरुलाई ठुलो संख्यामा नागरिकता दिने यि राजनीतिक पार्टीहरुको लागि सामान्य कुरा हो । दशकौसम्म दिल्ली र नोयडामा बसेर नेपालमा “जनयुद्ध”को नेतृत्व गर्ने प्रचण्डले रअ मार्फत भारतको स्वार्थ प्रति सदैब बफादार रहने पत्र बुझाएको (स्रोत ःनेपाल इन ट्रान्जिसन भन्ने किताबको एसडी मुनिको लेखबाट) हुनाले नै आजपनि उनले भारतप्रतिको बफादारी छोड्न सकेका छैनन् । रुक्मांगत कटुवाल हटाउदा उनलाई रअले नै बावुराम मार्फत फसाएको थियोे। प्रधानमन्त्रीको हैसियतले भारत भ्रमण गर्नुभन्दा अगाडि चीनको बेजिङ्गमा भएको ओलम्पिकमा आमन्त्रितको रुपमा भाग लिन पुगेका प्रचण्डले फर्के पछि त्रिभुवन विमानस्थलमा वावुरामले सिकाए वमोजिम आत्तिएर मेरो पहिलो राजनीतिक भ्रमण ईण्डिया नै हुनेछ भनेका थिए । जसको अर्थ चीनको ओलम्पिक यात्रा कुनै राजनीति सँग सम्वन्धित छैन भनिएको हो । तरपनि उनलाई रअले विश्वास गर्न सकेन र रुक्मांगत कटुवाल काण्ड गराएर प्रधानमन्त्री पदवाट हट्न वाध्य
गरायो । त्यसपछिका समयहरुमा प्रचण्डले चीनसँग सम्बन्ध राम्रै राख्न खोजे पनि त्यो भारतीय स्वार्थको मुल्यमा थिएन । केहि दिन अगाडि उनी भाजपाको निमन्त्रणामा दिल्ली पुगेर भारतका परराष्ट्रमन्त्री र सुरक्षा सल्लाहकार डोभललाई भेट्न उनिहरुकै घरमा पुगे । उनलाई बोलाउनको कारण मुख्यतः चीनको नेपाल नीति र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय भ्रमण र चिनियाँ उच्च अधिकारीहरको भ्रमण बारे जानकारी लिनु थियो र उनलाई आफ्नो स्वार्थ बारे सजक गराउनु थियो । अहिलेको नागरिकता विधेयक सदनवाट पास गराउनु र गर्वसाथ छाति ठोक्नु दिल्ली यात्राको परिणाम हो भन्ने बुझ्न सकिन्छ । यसको अर्थ यो पनि होईन प्रचण्डले चीनसँगको सम्वन्धलाई बेवास्ता गर्नेछन् । यहाँ देशप्रति घात गर्ने ब्यक्तिलाई चीनले कतिसम्म विश्वास गर्ला भन्ने प्रश्न हामिमा उठन सक्छ । हुनत चीनलाई पनि आफनै स्वार्थ ठुलो हो जस्तो हामीलाई हाम्रै राष्ट्रिय स्वार्थ ठुलो हो । हामी सर्वसाधारण हरुले यहाँका पार्टीका नेताहरु जस्तै हामीले राष्ट्रघात गर्न सक्तैनौ । न त आफ्नो राष्ट्रको मुल्यमा अरु कुनै पनि राष्ट्रको स्वार्थलाई स्विकार्न सक्छौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार