पदको दुरुपयोग

द्वारा प्रकाशित गरिएको हो |
July 25th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ओखलढुंगा । छसस । महाभुकम्पको ७ बर्ष बितिसक्दा पनि कतिपय पीडितले अझै सरकारले ब्यवस्था गरेको घर निर्माण किस्ता प्राप्त गर्न सकेका छैनन् । तर आप्mना मान्छे हुने र पहुँचवालाले भने घर नै नबनाई निजी आवास अनुदान सुविधाको पाउने गरेका छन् । जसको एक जल्दोबल्दो उदाहरण हुन् ओखलढुंगास्थित खिजीदेम्बा–४ का पूर्णप्रसाद न्यौपाने ।
ओखलढुङ्गा सदरमुकाममा बसेर पत्रकारिता गर्ने न्यौपाने नयाँ पत्रिका दैनिक तथा राससका स्थानीय समाचारदाता समेत हुन् । घर बनाउने कुरा त परै जाहोस् जग समेत खनेका थिएनन् । तर आफ्ना सहोदर दाजु कमलप्रसाद न्यौपाने नेकपा एमालेबाट विजयी वडाध्यक्ष भएकै कारणले घर नै नबनाइ तेस्रो किस्ताका लागि समेत २०७८ साल फागुन ११ गते नै सिफारिस पाएका हुन् । कमलप्रसाद न्यौपाने नेकपा एमाले ओखलढुङ्गाको सचिव समेत हुन् । घर नै नबनाइ अनुदान लिएको पुष्टि उनले वडामा दिएको साउन १५ मा घर बनाइसक्ने प्रतिवद्धता पत्रले समेत पुष्टि गर्दछ ।
घरै नबनाई निजी आवास अनुदानको दोस्रो किस्ता लिइसकेका न्यौपानेले तेस्रो किस्ता समेत लिन नपाइ जनताको आवाज बोलीदिने पत्रकार हुँ भनेर हिड्ने न्यौपाने आपैंmले सरकारलाई ढाँट्ने अनुचित कार्य गरेकोमा खिजीदेम्बा ४ का बासिन्दाहरु तीन छक्क परेका छन् । जानीजानी गल्ती गर्ने तत्कालीन वडा अध्यक्ष भावन निर्माण आयोजनाका कर्मचारी र लाभग्राी न्यौपानेलाई कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुनुपर्ने गाउँलेहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार