भारतमा दलित महिला द्रौपदी मुमु राष्ट्रपति चयन

द्वारा प्रकाशित गरिएको हो |
July 25th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । भारतमा गत साउन ५ गते बिहीबार १५ औं राष्ट्रपतिका रूपमा दलित महिला द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । भारतमा दलित समुदायबाट राष्ट्रपति हुने उनी दोस्रो व्यक्ति हुन् । भाजपाले उनलाई राष्ट्रपतिमा उठाएको थियो ।
राष्ट्रपतिमा निर्वाचित मुर्मुले नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्ने कुरामा आफू विश्वस्त रहेको बताएकी छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा यसो भनेकी हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले उनलाई नेपाल र नेपाली जनता तथा व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना दिएका थिए । उनले त्यसकै जवाफमा प्रधानमन्त्रीलाई न्यानो शुभकामनाका लागि धन्यवादसहित नेपाल–भारत सम्बन्धका नयाँ आयामहरू खुल्नेमा आफ्नो विश्वास प्रकट गरेकी हुन् ।
भारतमा १५औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा मुर्मूलाई भारतीय जनता पार्टी नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले राष्ट्रपति उम्मेदवार बनाएको थियो । त्यस समयमा मुर्मू झारखण्ड राज्यको गभर्नर थिइन् । लोकसभा तथा राष्ट्रिय सभाका सांसद, प्रदेश विधायकहरुले राष्ट्रपति निर्वाचनका मतदाता रहेका थिए ।
उडिसाकी ६४ वर्षकी मुर्मू भारतको सर्वोच्च पदमा निर्वाचिन हुने पहिलो आदिवासी महिला हुन् । भारतको सर्वोच्च पदमा पुग्ने उनी दोस्रो महिला पनि हुन् । २० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसीमा गाउँमा मुर्मूको जन्म भएको थियो । उनका पति विरंचीनारायण टुडू गाउँका मुखिया थिए ।
स्नातकसम्मको अध्ययन गरेकी मुर्मूले कुनै समयमा उडिशा सरकारमा ‘क्लर्क’ थिइन् । राजनीतिमा आउनका लागि उनले सो पदबाट राजीनामा दिएकी थिइ्न् । उनले सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम गरिन् । पछि उनी शिक्षण पेशामा समेत आबद्ध
भइन् ।
उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक उडिसा विधानसभामा निर्वाचित भएकी थिइन् ।
मुर्मुले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुई पटक मन्त्री भइसकेकी छन् । सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो । उनका पति र दुई छोराको निधन भैसकेको छ । उनको एकमात्रै विवाहित छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार