ख्वप कलेज उत्कृष्ट

द्वारा प्रकाशित गरिएको हो |
July 25th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज समुदायमा आधारित नेपालकै उत्कृष्ट नमुना कलेजको हो । विगत २० बर्षदेखि भक्तपूर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय र पूर्वाÞञ्चल विश्वविद्यालयको सम्बन्धनमा विभिन्न विषय जस्तै इन्जिनियर, विज्ञान, प्रविधि, नर्सिङ, म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू संचालन गरिरहेको छ । अहिले त्यहाँ ५ हजार विद्यार्थीहरू अध्ययनरत छन, १ हजार ८ सय जनशक्ति परिचालित छन् । एकातिर देशमा पुराना विश्वविद्यालयहरू उच्च शिक्षा धरायसी बनाउन लागी रहेका छन्, अर्को तर्फबाट नगरपालिकाले चलाएको तिनै विश्वविद्यालयका कार्यक्रमहरू उदाहरणीय रूपमा विकास गरेका छन ।
उत्कृष्ट ख्वप कलेज र भक्तपूर नगरपालिकाबाट शैक्षिक क्षेत्रमा सबैले सिक्नै पर्दछ । नेपाल मजदुर किसान पार्टीका राजनैतिक सोचहरूलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न शैक्षिक कोणबाट ख्वाप कलेजमा एउटा समर्पित टिम लागेको छ । त्यसैले त्यो सफल भएको छ । समुदायबाट संचालित ख्वप कलेजलाई एउटा विश्वविद्यालय वनाउनु पर्दछ भनेर लामो समयदेखि माग हुँदै आईरहेको
छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा समितिका सभापति सहितका सांसदहरू सर्वसम्मत हुन नसक्दा ख्वप कलेज विश्वविद्यालय बनाउने विधेयक संसदमा अघि बढ्न सकेको छैन ।
सरकारको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पनि सकारात्मक छन्, तर किन विधेयक अगाडि बढदैन । विगत २०७३ मंसिर १६ मा दर्ता भएर ख्वप विश्वविद्यालयको विधेयक संसदमा आउने छ र त्यसलाई छलफल गरेर टुग्याउनु पर्दछ । विश्वविद्यालयहरूको भीडमा मदन भण्डारी विज्ञान तथा प्रविधी र योगमाया आर्युवेद विश्वविद्यालय जस्ता विशिष्टकृत विश्वविद्यालयहरू अन्तम चरणमा छन्, यही बिचमा नेपालको उच्च शिक्षाको क्षेत्रलाई सान्दर्भिक, अनुसन्धानमुलक र गुणस्तरीय बनाउने उद्देश्य राखेर केदार भक्त माथेमा, सुशिला कार्की, देवेन्द्रराज पाण्डे जस्ता नागरिक अगुवाहरू सामेल भएर एउटा नयाँ विश्वविद्यालय निर्माण गर्न लागेका छन । डा.अर्जुन कार्कीले विकास समितिको नेतृत्व गरेका छन् ।
नेपालले देशप्रति प्रतिबद्ध हुने साह्रै निम्छरो जनशक्ति उत्पादन गरिरहेका छ । युवा जनशक्ति विदेश पलायन भएका छन् । सक्षम र योग्य जनशक्ति स्वदेशमा बस्न चाहदैन किन ? राष्ट्रप्रति गर्व गर्ने, विकासको समस्यालाई पनि ठिक किसिमले बुझेको र सिर्जनात्मक क्षमता पनि भएका जनशक्ति निर्माण गर्नु हाम्रो उच्च शिक्षाको मूल कार्यभार हो । नेपाल विश्वविद्यालयसँग यिनै अपेक्षाहरू गरिएका छन् । यो विकास समितिले ऐनको मस्यौदा पनि तयार गरिसकेको छ । मलाई लाग्दछ स्थानिय तहबाट जग्गा उपलब्ध गराईएको र बाहय सहयोग पनि जुटाउने दिशामा विभिन्न पहलहरू भईरहेको यो विश्वविद्यालयलाई पनि यही संसदमा ल्याएर नयाँ विश्वविद्यालय निर्माणको अगुवाई गर्न शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आग्रह गर्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार