छहरा साप्ताहिक ४६औं वर्षमा प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
July 18th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । २०२२ जुलाई १९ अर्थात २०७९ श्रावण ३ देखि छहरा साप्ताहिक अनेकौं दुःख कष्ट झेल्दै ४६औं वर्षमा प्रवेश गरेको छ । यो पुनित अवसरमा सर्वप्रथम छहरा प्रकाशन परिवार समस्त पाठक तथा शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।
नेपाली पत्रकारिता जगतमा आजको मितिसम्म अर्थात ४५ वर्ष यतादेखि निरन्तर रुपबाट सुगाझै ‘गोपीकृष्णकौ’ होइन स्वतन्त्र रुपबाट ‘धर्र्मनिरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ निर्भिक, निष्पक्ष र स्वतन्त्र रुपबाट विचार विश्लेषण सम्प्रेषण गर्दै आइरहेको छहराको पाठकहरुलाई अवगत नै हुनुपर्छ । छहरा साप्ताहिकले भौगोलिक विषमताको अलावा जातीय मुक्ति र असमानताका सवालहरुलाई प्रष्ठ रुपमा नेपाली समाजमा सुसुशित गराउँदै आएको पनि सर्वविदितै छ । यसका अतिरिक्त मुलुकको चौतर्फी योगदान पुर्याउन सर्वप्रथमत स्वाभिमानी नेपाली जनतामा चेतना अभिवृद्धि गराउँन अपरिहार्य हुन्छ । यही सवाललाई आत्मसात गर्दै मुलुकमा आदिवासी समुदाय, दलित, उत्पीडित र सीमान्तकृत समुदायको उत्थान र प्रगतिको पक्षमा राज्यले सक्रियता देखाउनुपर्ने सत्य र तथ्यमा छहरा प्रकाशनको आरम्भदेखि नै संघर्षरत रहँदै आएको जगजाहेरै छ । यही अठोटकासाथ छहरा प्रकाशन निरन्तर अगाडि बढीरहेको छ र बढीरहने छ । यो छहराको अठोट हो । यसलाई कसैले रोकेर रोक्न र छेकेर छेक्न सक्दैन । जसको प्रमाण पञ्चायती कालरात्रीमा र त्यसको पछि पनि बाहुनवादी पृष्ठपोषकहरुको पाखण्डी दमनचक्रविरुद्ध छहरा प्रकाशनले गरेको संघर्षको इतिहास साक्षी छ । जुनबेला छहरा साप्ताहिकलाई अतिवादी साम्प्रदायिक तत्व र कट्टर धर्मावलम्वीहरुले जलाउने, च्यातिदिने, सम्पादक, प्रकाशकलाई ज्यानमार्ने धम्की मात्र नभएर पत्रिका बन्द गराउने देखि लिएर प्रेस काउन्सिलको मूल्यांकनमा समेत नपार्र्न र परिहाले पनि पुछारमा अल्झाउने काम मात्र गर्न टुप्पी कसेर लागेका थिए, जुन प्रक्रियाले हालतक पनि निरन्तरता पाइरहेको छ । यसको प्रमाण छहरा प्रकाशनसँग सुरक्षित रहेको छ । यस साप्ताहिकले आफ्नो ठाउँमा जनपक्षीय सवालहरुमा निर्भिकताकासाथ अडिग रहँदै आइरहेको सर्वविदितै छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुमा छहरा लगायतका पत्रपत्रिकाको भूमिका पनि महत्वपूर्ण रह्यो । त्यसबेला अहिलेको नाङ्ले पत्रिकाहरुको न्वाराननै भएको थिएन । यसबारे बखान नगरौं । नेपाली जनतालार्ई हेक्का भएकै हुनुपर्छ । छहराको प्रकाशन केवल मुलुकमा विद्यमान विसंगती असमानता, अन्याय, अत्याचार, छुवाछुत, निचउच जस्ता सामाजिक कुरीति, जातीय विभेद विरुद्ध स्वतन्त्र रुपबाट निर्भिकतासाथ कलम चलाउँदै आएको कुरा यहाँ दोहोर्याई रहन नपर्ला । यी विचार, अवधारणा छहरा प्रकाशनको प्रारम्भ कालदेखि नै अठोट हो । यस प्रकाशनले सदैव यस्ता सवालमा अजर रहने प्रण गर्दछ । जो छहराले हालतक निर्भिकताकासाथ माथि उल्लेख गरिएझै ‘गोपीकृष्णकौ’ होइन कागलेझै स्वतन्त्र रुपबाट ‘काग–काग’ भन्दै आइरहेको छ । छहरालाई यस्तो हिम्मत छहराको आफ्नो पाठक, शुभेच्छुकहरुको न्यायो माया र स्नेहद्वारा नै प्राप्त भएको हो । यो आम पाठकको स्नेहको उपज हो, अजय शक्तिको प्रारुप हो । जसलाई कसैले तर्साउन र हप्काएर गलत्याउन सकेन र अब सक्दैन पनि । यो नै छहरा साप्ताहिकको विशेषता हो ।
नेपालको इतिहासमा शासकवर्गहरुले मूलवासी समुदायहरुमाथि शोषण, दमन, अन्याय, अत्याचार, व्यभिचार र थिचोमिचो गर्नु बाहेक अन्य केही गरेको पाउन सकिन्न । तर इतिहासमा अंकित शासक वर्गहरुले आफ्नो लाभको लागि विविध जनजातिहरुलाई दुश्मनसँग युद्ध गराउने काममा प्रयोग गराउँदै आए, जसलाई निरन्तरता दिइरहेकै छन् । मुलुकमा विद्यमान विविध समुदायहरुले समावेशी र पूर्ण समानुपातिक रुपबाट मौलाउने फस्टाउने अवसर पाउँनुपर्ने जस्ता सवालहरुबारे छहराले सुरुबाट नै जोडदार रुपबाट कलम चलाउँदै आएको छ । तर नेपाली आदिवासी, उत्पीडित समुदायहरु वर्तमान गणतान्त्रिक युगमा समेत विविध हत्कण्डामा नै बाँचिरहेका छन् । छहरा साप्ताहिक आफ्नो जन्मकालदेखि नै आदिवासी, दलित, उत्पीडित समुदायको नैसर्गिक हक, हित र अधिकारको सवालमा संघर्षरत रहेको कुरा विज्ञ पाठकहरुलाई अवगत नै
हुनुपर्छ । जातीय मुक्ति र उत्थानको निम्ति लागि परेको छहरा साप्ताहिक यो महिनादेखि ४५ वर्ष पुरा गरि ४६औं वर्षमा प्रवेश गरेको कुरा छहराका पाठकहरुलाई अवगत गराउँन पाउँदा छहरा परिवार गौरभावान्ति भएको छ । विगतका वर्षहरु यस प्रकाशनका निमित्त अत्यन्त कष्टकर रह्यो । जातीय मुक्तिको उद्घोष गर्दै पवित्र उद्देश्य बोकेर दमनकारी नीतिलाई चुनौती दिन छहरा प्रकाशनले लोकतन्त्रका छेलोखेलो कुरेन । पञ्चायती दिनका जर्जर दिनहरुमा समेत यस प्रकाशनले आदिवासी समुदाय, दलित, उत्पीडितहरुको आवाज बुलन्द पार्दा जेलनेलको यातना समेत भोग्नु परेको कथा पाठकहरुलाई अवगत भएकै हुनुपर्छ ।
“वाक तथा प्रकाशन स्वतन्त्रता ऐन” अन्र्तगत पञ्चायती सरकारले यस प्रकाशनका सम्पादकलाई जेलनेलको भागी बनायो । यो पनि विज्ञ पाठकहरुको मनमस्तिष्कमा रहेकै हुनुपर्छ । यस प्रकाशनविरुद्ध अनेक कोणबाट चालिएका षडयन्त्रहरुलाई चिर्दै यहाँ आजसम्म आइपुगेको छ । बीचबीचमा छहरामाथि राज्यस्तरमै साम्प्रदायिकताको आरोप लगाउने घृणित प्रयास पनि यसले भोग्नु पर्यो । छहरालाई साम्प्रदायिक आरोप लगाएर शोषित पीडित समुदायको अधिकारलाई कुण्ठित पार्ने प्रयासमा षड्यन्त्रकारीहरु हदभन्दा पनि तल गिरे तर पनि छहरा विचलित भएन । आम नेपाली आदिवासी लगायतका समुदायहरुका नशा नशाका रगतले छहरा आफुविरुद्ध षड्यन्त्र गर्ने षड्यन्त्रकारीहरुसँग प्रतिकार गरिनै रह्यो, यद्यपी भोक र अभाव छहराकानिम्ति अर्काे चुनौती थियो । अन्तत समयले यो सावित गरि छाड्यो । एकथरीका मानिसहरुले लगाएका आरोप झै छहरा साम्प्रदायिक थिएन, छहराले साम्प्रदायिकताको कहिल्यै पक्षपोषण गरेन, बरु छहरालाई साम्प्रदायिक भन्ने स्वयं नै साम्प्रदायिक थिए र हुन् । त्यसैले साम्प्रदायिकता विरुद्ध आदिवासी, मधेशी, दलित, उत्पीडित समुदाय गोलबद्ध
छन् । आम आदिवासी, समुदाय दलित, उत्पीडित वर्गको सवालमा समर्पित यस छहरा साप्ताहिक ४५ वर्ष पुरा गरि ४६औं वर्षमा प्रवेश गरेको सुखद् अवसरमा जसरी विज्ञ पाठकहरुको न्यानो माया, स्नेह सहानुभूतिबाटै ४५ वर्षको संघर्षमय जीवन बिताउने प्रेरणा मिल्यो त्यसैगरी आउने दिनहरुमा पनि निरन्तरन्ता पाउन सदाझै शुभेच्छुक पाठकहरुको माया र सुझावहरुको अपेक्षा गर्दछु ।
सम्पादक÷प्रकाशक
गोपाल छाङ्छा राई

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार