पूर्व माओवादी एकतामा जनाद्र्धन घाडो

द्वारा प्रकाशित गरिएको हो |
July 18th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । पूर्वमाओवादीलाई केन्द्रीकृत गरेर नेकपा(माओवादी केन्द्र)मा ल्याउन सेक्सी बुढा कृष्णबहादुर महरासहितको टोलीले गरिरहेको कसरतमा आफ्नै पार्टीका केही नेताहरु अवरोधक बनेको बताइन्छ । पार्टीभित्रको आफ्नो वर्चश्च कमजोर नहोस् र आफ्नो विकल्पमा अर्को वरिष्ठ नेता नआओस् भन्ने रणनीतिसहित जनार्दन शर्मा, वर्षामान पुन, पम्फा भूषाल, शक्ति बस्नेतहरु छरिएका पूर्वमाओवादी नेताहरुलाई समेट्न नचाहिरहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्र स्रोतका अनुसार, महरासहित देव गुरूङ, गिरिराजमणी पोखरेल, राम कार्की, लिलामणी पोखरेल, हितराज पाण्डे, दिनानाथ शर्मा लगायतको एउटा टोली नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शन सहितका नेताहरुलाई माओवादी केन्द्रमा ल्याउन छलफल गरिहेका छन् । महरा र विप्लवबीच त पटक–पटक छलफल भइरहेको छ ।
स्रोतका अनुसार, प्रचण्डले विप्लवलाई मिलाउने जिम्मा महरालाई नै दिएका थिए । तर, विप्लवको प्रवेशसँग पार्टीमा आफ्नो प्रभाव कमजोर हुने ठानेर अप्रत्यक्ष रुपमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भूषाल, शक्ति बहादुर बस्नेतलगायतले अवरोध गरिरहेका छन् ।
महासचिवको दावेदार यी चार नेता विप्लव आएर महासचिव होलान् भन्ने डरमा पनि त्यस्तो प्रयास गरेको हुन् सक्ने माओवादी केन्द्र भित्र चर्चा भइरहेको छ । माओवादी केन्द्रको महाधिवेशनको तयारीका क्रममा पनि उनीहरुले अवरोध गरेको माओवादी केन्द्र स्रोतको दाबी रहेको छ ।
शर्मा र वर्षामानसँगको व्यक्तिगत झगडाकै कारण हेमन्तप्रकाश वली सुदर्शन पार्टी छोडेर हिंडेका हुन् भनिन्छ । रुकुमेली नेताहरु लोकेन्द्र विष्ट मगर र हेमन्त प्रकाश वलीले पार्टी छोड्नुमा शर्माको भूमिका रहेको विश्लेषण भइरहेको छ । विप्लव र वर्षमान, भूषाल र बस्नेको कुरा पनि पहिलादेखि नै मिल्दैन थियो ।
स्रोत भन्यो– अहिले पनि पुनले आफ्नो प्रभाव कमजोर हुने ठानेर विप्लवको प्रवेशलाई उनले रुचाइरहेका छैनन । त्यही कारण पनि महराले ठोस रुपमा विप्लवसँग कुरा गर्न नसकिरहेको माअरुोवादी केन्द्र स्रोतको दाबी रहेको छ ।
केही दिन अघि विप्लवलाई भेट गरेका विप्लवकै कार्यकर्ताहरुले पनि पार्टी एकता गर्दा माओवादी केन्द्रलाई नै प्राथमिकतामा राख्नुपर्ने विप्लवलाई सुझाव दिएका थिए । महरा सकेसम्म विप्लवलाई चुनाव अघि नै एकतामा ल्याउने प्रयासमा रहेका छन् ।
महराका लागि दाङमा आउने निर्वाचनमा सहज परिस्थिति नभएका कारण विप्लवहरुलाई पार्टीमा भित्र्याएर दाङमा माहोल बनाउन चाहिरहेका
छन् । माओवादी केन्द्रका जीवन गौतम सहितका नेताहरु नेकपा(एमाले) प्रवेश गरेका छन् । गौतमकै कारण घोराही उपमहानगरपालिकाको मेयर पराजित भएको थियो ।
मेयरका दावेदार गौतमलाई महराले टिकट नदिएर हेमराज शर्मा डायमण्डलाई अघि सारेपछि गौतम पार्टी छोडेर बसेका थिए । गौतमको चाहना माओवादी केन्द्र पार्टी नै विभाजन गर्नुपर्ने भनाइ रहेको छ । त्यसमा नारायणकाजी श्रेष्ठले रुची नदेखाएपछि गौतम एक्लै एमाले प्रवेश गरेका थिए । गौतमको बहिर्गनमसँगै महराका लागि दाङमा चुनाव जित्न निकै गाह्रो हुने देखिन्छ । दाङमा एमाले बलियो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार