कांग्रेसको बैठकमा प्रतिगामी एजेन्डा

द्वारा प्रकाशित गरिएको हो |
July 18th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको एजेन्डा उठेको छ । गत मंगलवारको बैठकमा केन्द्रीय सदस्य भीम पराजुली र प्रकाश स्नेहीले नेपाली कांग्रेसले हिन्दू राज्यको एजेण्डा बोकेर जानुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका भिम पराजुलीले वैदिक सनातन धर्मको मान्यता अनुरूप हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाएर कांग्रेसले धार्मिक स्वतन्त्रको पक्षमा उभिनुपर्ने बताएर संविधान विरोधी र प्रतिगामी विचार राखेर २०७२ सालको संविधान उल्टाउने षडयन्त्र सुरू गरेका छन् ।
उनले धर्म निरपेक्षता खारेजीको एजेण्डालाई कांग्रेसले नेतृत्व गर्नुपर्ने समेत माग गरेका छन । पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्ने वा बलियो बनाउनेमध्ये एउटा विकल्प लिनुपर्ने उनले कुरा राखेका थिए । यी दुई विषयमा कांग्रेस भित्र बहस सुरू हुनुले लोकतन्त्र र संविधान संकटमा पर्न सक्ने सम्भावना देखिदैछ। राजावादी र प्रतिगामी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षता मनपरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार