मोदीको लुम्बिनी भ्रमण रणनीतिक चाल

द्वारा प्रकाशित गरिएको हो |
May 23rd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

मदन रेग्मी
बुद्ध धर्मलाई सधै घृणा गर्ने र हिन्दुधर्मलाई मास्नको लागि बुद्ध धर्म आएको हो भन्नेमा विश्वास राख्ने भारत को कट्टर हिन्दु बादी र वर्तमान भारत सरकारमा बस्ने भारतीय जनता पार्टी र उसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ लगायतका कट्टर हिन्दुवादीहरुको प्रतिनिधि भारतका प्रम नरेन्द्र मोदीले आफ्नो राजनीतिक रणनीति अनुसार लुम्बिनीमा आए । उनको रणनीतिक भ्रमण ईमानदार थिएन । उनले कुटिलता साथ बुद्ध भारतको पनि हो भन्ने दावी गरे । वास्तवमा भन्ने हो भने भारतमा बुद्वमार्गीहरुको संख्या शून्य भन्दा पनि कम छ । बुद्ध धर्मालम्वीहरुलाई भारतले राजनीतिक रुपले प्रयोग गरिरहेको छ । अंग्रेजको पालादेखि कब्जा गरेको उत्तरी हिमालमा बसोवास गरिरहेका बुद्ध मार्गीहरुको बस्तिलाई उसले आफनो सैनिक शिविर वनाएको छ । यदि बुद्व धर्मावलम्बीको संख्या पनि ठुलो भैदिएको भए उनिहरुलाई पनि मुसलमान सरह ब्यवहार गर्थे होलान । बुद्धले परिनिर्माण प्राप्त गरेका भारतले कव्जा गरेको नेपालको कुशीनगर मा पनि बुद्ध धर्मावलम्बीको कुनै बस्ति नै छैन । गया र सारनाथमा त बुद्व धर्मलाई अत्यन्त कमजोर बनाईएको छ । त्यहाँ केहिमात्र भिक्षुहरु छन् । मोदीको लुम्बिनी भ्रमणको नाटक हात्तीको देखाउने दात हो । उसको आउनुको प्रयोजन बुद्ध धर्मको बाहुल्यता भएको चीनको प्रभावलाई रोक्नको निम्ति हो भन्नेमा कुनै शंकै छैन । बहुसंख्यक चिनियाँ मात्र बुद्धिस्ट भएका होईनन् त्यहाँका कम्युनिस्ट नेताहरु पनि बुद्ध धर्म बाट प्रेरित थिए र छन् भन्न सकिन्छ । चिनियाँ नेता माओका आमा पनि समर्पित बुद्धिस्ट थिईन । आमाको प्रभाव माओमा थियोे भन्ने यसवाट पनि थाहा हुन्छ । नेपालका राजा र नेताहरुलाई भेट्दा माओले “नेपालबाट हामीले बुद्ध पाएका छौ” भन्ने गर्थे । नेपाली पक्षले चीनले नेपाललाई दिएको योगदानको चर्चालाई सामान्य भन्ने गर्थे । आज पनि चीनबाट आएका उच्चस्तरीय प्रतिनिधि मण्डल पहिले लुम्बिनी गएर बुद्धप्रति भक्ति प्रकट गरेपछि मात्र उनिहरु अरु सरकारी काम शुरु गर्छन् । चीन गएका कुनै पनि मानिसले यो अनुभव गर्न सक्छ चीन कम्युनिस्ट शासनको देश भए पनि यो बौद्ध धर्मावलम्बीहरुको देश पनि हो । बुद्वधर्म मान्ने देश भएर पनि होला नेपालका हजारौं मुर्तिकार, कलाकार र बुद्व धर्मका विद्वान् हरु चीनका विभिन्न भुभागमा गएर प्यागोडा शैलीमा बुद्व चैत्यहरु, मुर्तिहरु बनाउथे र बुद्धधर्मका ग्रन्थहरुलाई चिनियाँ भाषामा उल्था
गर्थें । दक्षिण तिरका देशहरूमा बुद्ध धर्मलाई लोप पारिएको हुनाले कुनै पनि नेपालीहरु त्यसतिर गएर बुद्ध धर्मको क्षेत्रमा कुनै योगदान नै गर्न पाएनन् । संसारले सबभन्दा मान्ने भनेकै धर्म र दर्शनका प्रवर्तकहरुको जन्म स्थल हो । कुनै पनि धर्मको सवभन्दा महत्वपूर्ण तिर्थ स्थान जन्मेको भुमिलाई मानिन्छ जस्तो बुद्धिष्टहरुको लागि लुम्बिनी । मुस्लिम धर्मावलम्बीहरुको लागि पेगम्वरको जन्मस्थल मक्का र किश्चियनहरुको लागि क्राईस्ट जन्मेको बेथलम हो । मोदीको लुम्बिनी भ्रमणलाई केही शब्दमा भन्ने हो भने यो उसको रणनीतिक चाल हो । पचासौं बर्षदेखि दिल्लीका शासकहरुले नेपालको रुपन्देही र कपिलवस्तुका बुद्धकालिन मुर्ति, शिलालेख र ईटसम्म पनि चोरेर लगेर नक्कली लुम्बिनी बनाउन खोजेका हुन् । सो असफल भए पछि दिल्लीले अर्को चाल चल्न खोजेको छ । मोदीले लुम्बिनीमा दिएको प्रवचनलाई याद गर्नुस उ लुम्बिनी माथि पनि भारतको अधिकार थोपर्न चाहान्छ । बुद्धप्रति बास्तवमा भक्ति भएको भए भारतीय शासकहरुलाइ लुम्बिनी आउन र मन्दिर बनाउने शिलान्यास गर्न पचासौं बर्ष कुर्नुपर्ने थिएन । चीन, म्यानमार, थाईल्याण्ड, कोरिया, जापान , मंगोलिया, श्रीलंका, कम्बोडिया, भियतनाम, लाओस लगायत बुद्विष्ट देशहरुले बुद्व विहार बनाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार