स्वतन्त्रबाट हर्क साम्पाङ विजयी

द्वारा प्रकाशित गरिएको हो |
May 23rd, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

धरान । छसस । एक दशकयता धरानमा सामाजिक मुद्दामा खबरदारी गरिरहेका सामाजिक अभियान्ता हर्कबहादुर साम्पाङ धरान उपमहानगरपालिकाको नगर प्रमुखमा विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राई र नेकपा (एमाले) कि उम्मेदवार मन्जु भण्डारीलाई पराजित गर्दै उनी नगर प्रमुखमा विजयी भएका हुन् ।
चतराको सप्तकोसीको पानी तानेर पाइप मार्फत धरान ल्याई प्रशोधन गरि धरानको खानेपानीको समस्या सामधान गर्ने मुद्दालाई प्राथमिकताका साथ उठाएका साम्पाङ २०७६ सालको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए । त्यसबेला कांग्रेस उम्मेदवार तिलक राई एमालेको किल्ला तोड्दै मेयरमा निर्वाचित हुँदा साङपाङले जम्मा ४२२ मत पाएका
थिए । तर २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका साङपाङलाई अहिले भने धरानबासी जनताले विश्वास गरि मेयरमा निर्वाचित गरेका छन् ।
पाँच वर्षमा नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्व हेरेका र भोगेका धरानका बासिन्दाहरूले यो पटक साम्पाङलाई मतदान गरेका छन् । साम्पाङ आफूलाई एमाले र कांग्रेस मतदाताले पनि सहयोग गरेको बताउँछन् । उनले धरानलाई ६ महिनाभित्र नेपालको सबैभन्दा सफा सहर घोषणा गर्ने आफ्नो प्रतिवद्वता भएको बताएका छन् । धरान लाहुरेहरूर शिक्षित नागरिकहरू बसोबास गर्ने प्रदेश नं–१ को मुख्य शहर हो ।
खानेपानीको व्यवस्था आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताएका
छन् । ‘हामीले धेरै कुरा सुधार गर्नु जरुरी छ, काम गर्नु जरुरी छ । सबैभन्दा पहिला चाहिँ हामीले धरानलाई खानेपानीको जोहो गर्नुपर्छ भनेर म लड्दै आएको हो, यो नै मेरो पहिलो इनिसिएसन हुनेछ,’ उनले विजयी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिदै भनेका छन् ।
धरानमा मेयरमा बिजयी हर्कराज राईले २० हजार ८ सय २१ मत र उपमेयर बिजयी अइन्द्र बिक्रम बेघाले २० हजार ५ सय १० मत ल्याएका
छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार