प्रचण्डको चितवनको भाषणले रेनुले चुनाव हार्ने!

द्वारा प्रकाशित गरिएको हो |
May 9th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपा(माओवादी केन्द्र) अहिले चितवनको भरतपुर महानगर पालिकामा जसरी पनि आफ्नो पुरानो शक्तिलाई बढाउने कसरतमा जुटेको छ । पहिला जितेका १०६ वटा पालिका प्रमुखको संख्या बढाउनका लागि नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीसँग चुनाबी तालमेल र सत्ता गठबन्धन गरेको माओवादी केन्द्रले आफ्ना केन्द्रीय सदस्यलाई गठबन्धनका उम्मेदवारहरूलाई जिताउन कडा निर्देशन दिएको छ । हरेक पालिकाका लागि कमाण्डर तोकेर पठाएको माओवादी केन्द्रले आफ्नो पालिकामा माओवादी केन्द्रलाई जिताउनेमात्र होइन, आफ्नो नम्बर बढाउने गरी काम गर्न पनि निर्देशन दिएको बुझिन आएको छ । जसले धेरै पालिका जिताउने गरी काम गर्छ र पहिलाको भन्दा बढी भोट ल्याउने वातावरण बनाउँछ, उसलाई संघीय संसद र प्रदेश सभा सदस्यको उम्मेदवारी दिने भन्दै माओवादी केन्द्रले नेताहरु जिल्ला÷जिल्लामा खटाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले संघीय सांसद र प्रदेश सांसदको उम्मेदवार लिने भए जिल्लामा धेरै पालिका जिताउनु भन्दै निर्देशन दिएपछि अधिकांश केन्द्रीय सदस्य जिल्लामा खटिएका छन् । हरेक नेतालाई पालिका तोकेरै चुनावी कमाण्डर पनि बनाईएको छ । माओवादी केन्द्रले २ सय पालिका जित्नुपर्ने निर्देशन दिइरहेको छ । माओवादी केन्द्रले बढीमा २ सय र कम्तीमा १५० पालिका जित्नै पर्ने पार्टी पंक्तिलाई निर्देशन दिएको छ । प्रचण्डले तालमेल गरेर भएपनि कम्तीमा १५० पालिका जित्नुपर्ने बताएपछि जिल्ला–जिल्ला र पालिका–पालिकामा खटिएका केन्द्रीय नेताहरु दबाबमा परेका छन् ।
माओवादी केन्द्रले अघिल्लो पटक २०७४ सालमा १०६ वटा पालिकामात्रै जितेको थियो । १५० पालिकामा दुई वटा उपमहानगरपालिका र एउटा महानगर पनि जित्न सकेको अवस्थामा नेकपा (एमाले)को प्रतिस्पर्धी हुने प्रचण्डले कार्यकर्ताहरुलाई व्याख्या गरिरहेका छन् । एमाले पनि २ सय पालिका जित्न नसक्ने भएकाले पनि आफूहरु प्रतिस्पर्धी हुने प्रचण्डको दावी रहेको माओवादी केन्द्रका नेताहरूले बताउने गरेका
छन् । माओवादी केन्द्रले जसरी पनि भरतपुर महानगरपालिका जित्नुपर्ने नत्र सत्ता गठबन्धन भत्किन सक्ने भन्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई बिहिवारको चितवन पारस बसपार्कको बैठकमा धम्क्याएका थिए । प्रचण्डको यो धम्कीपूर्ण भाषणपछि भरतपुरका मतदाता थप रुष्ट भएका छन् । प्रचण्डपुत्री रेनु दाहाललाई हराउने, कांग्रेसका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई जिताउने भनेर उनको प्रचारप्रसारमा थप जुटेका छन् । पौडेलले २५ हजार मत ल्याउने अनुमान गरिएको छ । उनले थप मत जुटाउने माहोल बन्दै गएको छ । मतदाताहरूमा रेनु दाहाललाई हराएर कांग्रेसलाई जोगाउने कांग्रेस मतदाताको मनसाय रहेको देखिन्छ । राजनीतिक दललाई परिवारबादमा लगेर बुहारी, छोरी, छोरा, श्रीमती उम्मेदवार बनाएर नवराजतन्त्र जन्माउने कुराको आम जनताले विरोध गरणन थालेका छन् ।
सत्ता गठबन्धन पाँच दललाई चितवन भरतपुर महानगरकाको बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेको छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागि रहेका भएपनि सकिरहेका छैनन् । सत्ता साझेदार दल मध्येका प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुर महानगरकी सशक्त मेयरकी उम्मेदवार हुन् । उनको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेलले बागी उम्मेदवारी दिएका छन् । उनको चुनाव चिन्ह भूइकटहर रहेको छ ।
बागी उम्मेदवारी फिर्ता लिएर रेनुलाई जिताउन गर्न पौडेललाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, पौडेल भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि हटेका छैनन् । नेपाली कांग्रेसले पौडेललाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू पौडेललाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेनुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा पौडेलले कांग्रेस सभापति शेर बहादुर देउवासँग भेट्न अस्वीकार गरेका थिए । यही क्रममा पौडेललाई गत बिहिवार विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । करिब १० मिनेट भएको भेटमा रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । सभापति देउवासँग भेट गर्न समेत अनुरोध गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरेका थिए ।
भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र पौडेल र जगन्नाथ पौडेलसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको थियो । जगन्नाथ पौडेलसँगै उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए ।
भेटको क्रममा जगन्नाथ पौडेल समुहले पुरानै अडान राखेको थियो। जगन्नाथ समुहले पुरानै अडान राख्यो । यदि मैले पछि हट्नुपर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ भन्ने कुरा रामचन्द्र पौडेलसँगको भेटमा जगन्नाथले राखेका थिए । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन भनेका थिए । जगन्नाथको अडान सुनेर रामचन्द्र निरास बनेका थिए ।
रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुप¥यो भनेका थिए । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर जगन्नाथ चुनावी अभियानका लागि निस्किएका थिए । भेट अघि रामचन्द्रले पटक–पटक फोन गरेर भेट्न आग्रह गरेका थिए । जगन्नाथले आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उनीहरूले सुरूमा भेट गर्न अस्वीकार गरेका थिए ।
तर, पटक–पटक फोन गरेपछि जगन्नाथ समुह छोटो समयका लागि भेट गर्न तयार भएका थिए । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेनु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप–मेयरका उम्मेदवार बनेका छन् । नेकपा(एमाले)ले भने प्रदेश सांसद विजय सुबेदीलाई प्रदेश सांसदबाट राजिनामा दिन लगाई मेयरमा उम्मेदवार बनाएको छ ।
चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उनलाई फकाउने रामचन्द्र पौडेल पहिलो नेता भने होइनन् । यसअघि गृह मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथ पौडेललाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए,उनले मानेका छैनन् । जगन्नाथले जति बढी मत ल्याए, उति प्रचण्ड पुत्री रेनुले हार्ने र एमालेका विजय सुबेदीले जित्ने सम्भावना बढ्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार