काठमाडौं । छसस । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामालाई सरकारले गत शुक्रबार १६ दिने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको छ ।
समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् । लामा हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका छन् । आगामी जेठ ८ गते लामा ५६ वर्षे उमेर हदका अनिवार्य अवकाश हुनेछन् । उनलाई १६ दिने एआईजीमा बढुवा सिफारिस गरेर खुशी बनाइ सचिव सो सरहको सुविधामा पेन्सन पाउने व्यवस्था गराएको छ ।
१६ दिने एआईजी बढुवा सिफारिस
May 9th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2022: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal