गफ होइन काम गर्ने प्रवृत्तिलाई रोजौं

द्वारा प्रकाशित गरिएको हो |
May 2nd, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरको चुनावी रनकता बैशाख १८ गतेदेखि बढेको छ । मेयरमा नेकपा (एमाले)का केशव स्थापित,उपमेयरमा मिस नेवाः सुनिता डंगोल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसले मेयरमा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र उपमेयरमा गठबन्धन दलका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यी दुई पार्टी बीचमै मेयर र उपमेयरमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । ¥यापर गायक बालन पनि लौरो चिन्ह लिएर र विवेकशिल साझा पार्टीबाट समीक्षा बास्कोटा मेयरमा तेस्रो पोजिसनमा आउन कसरत गरिरहेका छन् । उनलाई युवा पुस्ताले रूचाएको देखिन्छ । यधपी काठमाडौंको मेयरमा एमालेका स्थापित र कांग्रेसी सिर्जना सिंह बीचमै कडा प्रतिस्पर्धा हुँदैछ । स्थापित यसअघि मेयर भइ सकेका, प्रदेश सांसद, भौतिक पूर्वाधार मन्त्री भैसकेका व्याक्ति हुन भने कांग्रेसकि सिर्जना सिंह विद्यार्थी कालमा शंकरदेव क्याम्पसमा नेविसंघको विद्यार्थी राजनीति गर्दै स्ववियुको कोषाध्यक्ष भएकी
थिइन । त्यसपछि करिव ३२ वर्ष गणेशमान सिंह, मंगलादेवी, प्रकाशमान सिंहको राजनीतिलाई सघाउदै घर परिवार चलाएर बसेकी महिला कार्यकर्ता हुन् । यी दुई बीचको चुनावी प्रतिस्पर्धामा कसले जित्छन् अहिल्यै भन्न सक्ने स्थिति छैन । उपमेयरमा एमालेकी सुनिता डंगोल मिस नेवाः लाई युवापुस्ताले माया र सद्भाव दर्शाएको देखिन्छ । गठबन्धनका उपमेयर उम्मेदवार श्रेष्ठप्रति युवापुस्ता आकर्षक भएको देखिदैन । काठमाडौंमा निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रिया खडगीले पाँच वर्षमा उल्लेखनीय काम केही नगरेको जनताले आरोप लगाउदै आएका छन। जो बास्तविक पनि हो । महानगरमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा गर्नुपर्ने धेरै काम छैन । मौलिक संस्कृतिको संरक्षण, मठ–मन्दिर, गुम्बाहरूको जिर्णाेद्वार, मर्मत–सम्भार, रोजगारीको सिर्जना, तालिम, स्वास्थ्य, शिक्षा, खानेपानी निःशुल्क वितरण गर्नुपर्ने, युवा, खेलकुद, बालबालिका, बृद्वबृद्वा, अपाङ्ग क्षेत्रमा उल्लेखनिय कार्य गर्नुपर्ने देखिन्छ ।
उम्मेदवारहरू गत आइतबार देखि बिधिवत रूपमा आफ्ना एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका
छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव दिएका छन् ।
घरदैलो कार्यक्रमको सिलसिलामा काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार स्थापित, उपमेयर उम्मेदवार डंगोल, वडाध्यक्ष र सदस्यसहित वडा–४ धुम्बाराही पुग्दा त्यहाँका मतदाता निकै उत्साहित देखिएका थिए । करिव २० वर्षअघि एमालेकै तर्फबाट काठमाडौंको मेयर चलाएका केशव स्थापित आफ्नो घरदैलोमा पुग्दा धेरै मतदाताले उनीसँग काठमाडौंमा थप विकासको अपेक्षा गरेका थिए ।
निर्भिक स्वभावकका स्थापित पूर्वकायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहेका जोशीले उनलाई न्यानो स्वागत मात्रै गरेनन्, जीतको शुभकामना समेत दिएका
थिए ।
पुर्वप्रधानन्यायधिश जोशीले भने– केशवजी मेरो पुरानो साथी हो, मत माग्दै मेरो घरदैलोमा आइपुग्दा म खुसी छु । केशवजी विकासप्रेमी नेता हो । काठमाडौं थप समृद्ध बनाउन केशवजीलाई जीतको शुभकामना छ । जोशीले त्यसो भन्दै गर्दा स्थापितले पनि आफ्नै शैलीमा जोशीलाई अँगालोमा बाँधेर भनेका थिए–फोन गर्न भ्याएको थिइनँ, आज आफै आए । स्थापितले आफ्नै छेउमा उभिएकी उपमेयर उम्मेदवार सुनिता डंगोललाई देखाउँदै भनेका थिए– एमालेले अनुभवी र युवा पुस्ताको मिश्रित टिम उठाएको छ । मसँग अनुभव छ, सुनितासँग युवा पुस्ताको साथ । काठमाडौं थप व्यवस्थित र आहा भन्ने बनाउने योबाहेक अर्को टिम
छैन ।
हाउभाउ सहितको स्थापितको अभिव्यक्ति पछि जोशीले आफ्नै पाराको मुस्कानसहित डंगोल र वडाका टीमलाई पनि शुभकामना दिएका थिए । जोशी मात्रै होइन धुम्बाराहीको महालक्ष्मी टोलका मतदाता पनि उत्साहित बनेका थिए । महालक्ष्मी टोल सुधार समितिका अध्यक्ष शिव बस्नेतले स्थापितसहितको टोली आफ्नो घरदैलोमा आइपुग्दा विकास पनि आफ्नै टोलमा आएको अनुभूति भएको प्रतिक्रिया दिदै भएका थिए– २० वर्ष पहिला स्थापितले विकासप्रतिको मोह देखाउदै पहिला पनि तपाईंको मेयरको कार्यकाल एक दिनमात्रै बाँकी हुँदा यहाँको बाटो खोलिदिनु भएको थियो । तपाईंबाट हामीले अझै पनि यस्ता विकासका कामको अपेक्षा गरेका छौं । तपाईंबाट विकास निर्माणको काम थप अघि बढ्नेमा आशावादी छौं ।
बस्नेत जस्ता युवाको अपेक्षालाई पूरा गर्ने बाचा गर्दै स्थापितसहितको टोलीले झण्डै तीन घण्टा घरदैलो गर्दा मतदाताहरूले निर्वाचन जितेपछि पनि जनतासँगको सहकार्यलाई बेवास्ता नगर्न र विजयी भएपछि पनि तपाईंले यहाँको विकासका लागि अनुभवी र चाहिने व्यक्तिसँग सल्लाह लिन नबिर्सिनू भन्ने सुझाव दिएका थिए । स्थानीय जनताले भनेका थिए–तपाईंसँग मेरो पुरानो चिनजान हो । विकासका लागि धेरै अपेक्षा गरेका छौं । विजयीको शुभकामना छ ।
धुम्बाराहीकै मतदाताहरूले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै भनेका थिए– उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहले हिजो र अस्ति वडा नं १ र १० वडा सहित विभिन्न वडाहरूमा घरदैलो अभियान सुरू गरेकी छन् । सिर्जनाका श्रीमान् एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि भोट माग्न हिँडिरहेका छन् । गत आइतबार बिहान महानगरको ३, ५, ७, ८, १०, ११, २९, ३० र ३१ मा घरदैलो गरेर नेता सिंह प्रचारप्रसारमा सहभागी भएका थिए । काठमाडौं महानगरमा गठबन्धनले मेयरमा कांग्रेसकी सिर्जना र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई अघि सारेको छ । सिर्जना सिंह प्रति महिलाहरूको आकर्षण बढेको छ ।
यसैबीच काठमाडौं महानगर पालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघ–संस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको जनाएका छन ।
विज्ञप्तिमा भनिएको छ, ‘उनको यु आर नाइस लेडि तर तपाईको थुतुनो ठिक छैन भन्ने र यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ जस्ता निकृष्ट र अत्यन्तै असंवेदनशील अभिव्यक्ति आफैमा लैङ्गिक हिंसा हो । जसले गर्दा उनी मेयरको उम्मेदवार हुन लायक छैनन् भन्ने स्पष्ट हुन्छ ।’ व्यक्तिको मौलिक हक कुण्ठित गर्ने उनका कार्यलाई राज्यले तुरुन्त कारबाहीको दायरामा ल्याउनुपर्ने संस्थाले ठहर गरेको विज्ञाप्तीमा उल्लेख छ । त्यसैगरि उनलाई विगतमा लागेका आरोपहरू मुलुकी अपराध संहिताको दफा २२४ (यौन दुर्व्यवहार गर्न नहुने ), १६८ (अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने ) र ११८ (अभद्र व्यवहार गर्न नहुने ) विरुद्ध भएकाले सोही अनुरूप अनुसन्धान भई कानुनी दायरामा ल्याइनुपर्ने संस्थाले माग गरेको छ ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार बनाएकी नेतृ सिर्जना सिंहले आइतबारदेखि घरदैलो सुरू गरेकी छन्। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी आइतबारबाट काठमाडौं महानगर क्षेत्रमा मतदाताको घरघरमा पुग्ने भएकी हुन् ।
नेतृ सिंहको सचिवालयले आइतबारदेखि वैशाख २७ गतेसम्म बिहान र साँझ गरेर घरदैलो गरिने कार्यक्रम तय गरेको छ । जसअनुसार उनी आइतबार बिहान वडा नम्बर १ र १० मा घरदैलो गरेका थिए ।
सोमबार बेलुकी वडा नम्बर १६ मा घरदैलो गरिएको थियो । सचिवालयका अनुसार बिहानको घरदैलो कार्यक्रम ७ देखि १० बजेसम्म र बेलुकीको घरदैलो कार्यक्रम अपराह्न ४ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार