आत्मनिर्णयसहितको स्वशासन समयको माग

द्वारा प्रकाशित गरिएको हो |
May 2nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

विश्वको तेस्रो राजनैतिक शक्तिले अवलम्वन गर्दै आएको तेस्रो धारको विचार र सिद्धान्त सामाजिक लोकतन्त्र र नेपालको विशिष्ट परिस्थितिले सिर्जना गरेको बलियो राष्ट्रवाद र आदिवासीवाद विचार र सिद्धान्त आत्मसात गर्दै नेपालको पहिचानवादी शक्तिहरु जुर्मुराउन छाडेका छैनन् । सामाजिक लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको लागि बहुराष्ट्रवाद पहिचान र स्वशासनको लागि आदिवासी समानता र सहअस्तित्वको लागि विविधतामा एकता, शान्त र सिंगो नेपालको लागि भन्ने मूल भनाइलाई आत्मसात गर्दै यो समुह राष्ट्रिय स्वाधिनता, समानता र पहिचानवादी शक्तिको सशक्त रुप हो भन्ने मान्यता राख्दछ । सर्वविदितै छ कि नेपाल बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक साथै भौगोलिक विविधता भएको प्राकृतिक रुपमा अति सुन्दर देश नेपाल विश्वमान चित्रमा विविधतामा एकताको आधारमा चित्रित एक नमुना राष्ट्र हो । तर एकल नश्लवादी चिन्तन बोकेका शासकहरुले ‘बहुलवाद र विविधता’ भन्ने शब्दको अर्थ नबुझ्नाले हो या बुझी बुझी बुझ पचाउने नेपालमा तमाम खाले समस्याहरु उत्पन्न भइराखेका छन् । जसको परिणाम यो देशमा सामाजिक रुपमा सामाजिक विभेद, जातीय रुपमा जातीय विभेद, लैगिक विभेद र वर्र्गीय उत्पीडनका साथै भाषिक सांस्कृतिक विभेदको अन्त्य र भौगोलिक अधिकारको हस्तक्षेपको कारण मुलुक अधोगति तर्फ धकेलिदो छ । यो हुनुमा सत्ता सञ्चालक ठूला राजनैतिक शक्ति र यिनका विचार सिद्धान्त र पद्धद्धती नै जिम्मेवार देखिन्छन् । राज्यको यही निकम्मा पनको कारण मुलुकमा समानताको नाममा असमानता, विकासको नाममा भ्रष्टाचार, राष्ट्रवादको क्रममा माफीयातन्त्र, पहिचानवादको क्रममा जातीय द्वन्द हावी भई ऐतिहासिक, भौगोलिक पहिचान सामथ्र्यमाथि नै प्रश्न चिह्न खडा हुन पुगेको छ । यही कारण यी नश्लवादी शासकको एकल अस्तित्ववादी चिन्तनबाट मुलुक विकास, शान्ति र समृद्ध नेपालको सम्भावना छैन भन्ने कुराको स्पष्ट भइसकेको छ । व्यक्तिभन्दा विचार प्रधान हुन्छ भन्ने भनाइलाई मनन गर्न नसक्दा नेपालको सन्दर्भमा ठूला ठूला नेताहरुले पहिचान र अधिकारलाई वेवास्ता गर्दा बहुसंख्यक नेपाली अझै संगठीत रुपमा पहिचानको मुद्दालाई उठाउनु परेको छ । भ्रष्ट नेताहरुले राष्ट्र अपार, सम्पत्ती स्रोत र साधनहरु बिक्रि गरिरहँदा राष्ट्रवादी जनताहरु भन्दैछन् हाम्रो राष्ट्र र राष्ट्रियता अनि स्वाधिनता बलियो छ र तिनै नेताहरुले उद्योगधन्दा, कलकारखाना बन्द गरी भ्रष्टाचार गरिरहँदा हामी स्वयं उठ्नु परेको छ । यो अवस्था विकासवादी, प्रगतिवादी हौ भन्ने जनताहरुले जोडघटाउ गर्नैपर्छ । कतिवर्षदेखि हामी सामन्तीहरुको दास बन्दै आइरहेका छौं । इतिहास साक्षी मुलुकमा राणाहरुले शासन गर्दा पनि केही भएन । पञ्च र राजाले शासन गर्दा पनि केही भएन । संसदीय बहुदलीय प्रजातन्त्रवादी भनाउँदा राजनैतिक दलहरु र यिनका नेताहरुले शासन गर्दा पनि केही भएन । यी सबै निराशाबाट प्रताडित भएको नेपाली जनतालाई आस्वस्त पार्न गणतान्त्रिक शासन पद्दती अपनाउँदा पनि शासकीय संरचना जातीय विभेद, पहिचानवाद र आदिवासी वादको स्थितिमा यहाँ पटक्कै फेरबदल हुनसकेको छैन । शासकीय कार्यशैली लगायत पहिचान र आदिवासीवादमा यो गणतान्त्रिक व्यवस्थाले समेत परिवर्तन गर्न सकेन भने अब यहाँ कस्ता शासन व्यवस्था नेपालको लागि ठीक होला ? आत्मनिर्णय सहितको स्वशासन ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान सहितको संघीय प्रदेश र आदिवासीवाद, एकमात्र विकल्पको रुप सिंगो देशले आत्मसात गरे कसो होला ? गम्भीर बनौं, यसलाई एकमात्र विकल्पको रुपमा लिई देश र जनतालाई छलाङ्ग मार्ने बाटोतिर अगाडि लम्कौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार