सशस्त्रमा दुई डिआईजी एकैसाथ बढुवा

द्वारा प्रकाशित गरिएको हो |
May 2nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सशस्त्र प्रहरी बलमा दुई वर्ष सेवा अवधि बढाउने चलखेल अन्ततः गत बैशाख १६ गते शुक्रबार साँझबाट बन्द भएको छ । गत शुक्रबार साँझ बलले एआईजी बढुवाका लागि सूचना जारी भएसँगै सो चलखेल बन्द भएको छ । गत शुक्रबार गृह मन्त्रालयले सूचना जारी गर्न निर्देशन दिएसँगै ३२ वर्षे सेवा अबधि बनाएर दुई वर्ष आईजीपी बनिरहने आईजीपी पुष्पराम केसीको चलखेल समाप्त भएको छ । वर्तमान सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दुई वर्ष सेवा अवधि बढाएर आफू निरन्तर संगठन प्रमुख हुनका लागि सकृय हुँदै आएका थिए। । हाल सिनियर डिआईजी रहेका नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम सो पदका लागि दावेदार रहेका छन् । राजु अर्याल आईजीपी भएकाले एआईजीमा यी दुबै जना डिआईजीको बढुवा हुने भएको छ। दुबै जनाले सँगै एआईजी हुने अवसर पाउने भएका छन।
गृह मन्त्रालयले बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षीय सेवा अवधि लम्बाउने खेल समाप्त भएको छ। गत शुक्रबार सशस्त्र प्रहरी बलका तात्कालिक आईजीपी केसीले हिजो वैशाख १९ गतेपछि रिक्त भएको दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका थिए । केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेलमा लागेका थिए । उनले नियमावली ६५ को १ को ‘क’लाई सच्याएर दुई वर्ष थप्ने चलखेल गरेका थिए,तर प्रधानमन्त्री शेर बहादुर देउवा र गृह मन्त्री बालकृष्ण खाँण सकारात्मक नहुँदा संशोधन गर्न सकेनन ।
सशस्त्र प्रहरी बलमा १९ दिनका लागि आईजीपी भएका केसीले त्यसका लागि पहल गरिरहेका थिए । तर, चौतर्फी विरोध हुने देखिएपछि उनी आफ्नो योजनाबाट पछि हटेका थिए । एमालेका उपमहासचिव विष्णु रिमाल नजिक रहेका उनी पछिल्लो केही दिनदेखि नुवाकोटका कांग्रेस नेताहरूको साथमा ३२ वर्षे सेवा अवधिका लागि चलखेल गरिरहेका थिए । त्यतिमात्र होइन आईजीपी केसीले आफू निकट रहेका व्यक्तिहरुलाई बढुवा गर्ने सूचना जारी गरेर काम गरेको देखाउन समेत खोजेका थिए । साथै केसीले निर्वाचन सेल बनाएर सबै कर्मचारीलाई त्यही सेलमा राख्न लगाएका थिए ।
१९ दिने आईजीपी हुँदा पनि अघिल्लो आईजीपीको कार्यलाई उल्टाउने काम गरेका थिए । केसी हिजो सोमबारदेखि अनिवार्य अवकाशमा भएका छन् । सरकारले ३२ वर्षे सेवा अवधि बढाएर वर्तमान अवस्थामा चुनौती मोल्न नचाहेपछि उनी बिदा भएका हुन् । त्यसअघि उनले सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत, उदयपुर लगायतका केही जिल्लाको गणलाई हटाउने प्रस्ताव पनि गृहमा पठाएका थिए । त्यसैगरी सुरक्षा निकायका उच्च अधिकारीहरुले प्रयोग गर्न पाउने हरियो मसीलाई पनि प्रतिबन्ध लगाएका थिए र कालो र रातो मसी प्रयोग गर्न लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार