देशमा रंगीविरंगी गठबन्धन देखियो

द्वारा प्रकाशित गरिएको हो |
May 2nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

झापा । छसस । पूर्व झापामा पनि मुलुकको अन्य भेगहरुमा झै गठबन्धनको स्वरुप फरकफरक ढाँचामा देखिएको छ । केन्द्रले तोकेको गठबन्धनको स्वरुपलाई स्थानीय तहले पुरै इन्कार गर्दै आफ्नै तालका गठबन्धन गरिरहेका छन् । जस अनुरुप झापामा स्थानीय निर्वाचन २०७९ का लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक–फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनमा समेटिएर जान सकेका छैनन् । तर झापामा विभिन्न थरिका गठबन्धन भएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो राजनीतिक शक्ति रहेको देखिन्छ । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन गठबन्धन भएको छ भने कतै राप्रपासँगै गठबन्धन भएको छ । झापाको कचनकवलमा राप्रपाविरुद्ध नेपाली कांग्रेस र नेकपा(एमाले)सँग गठबन्धन भएको छ । जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशन विपरीत हुन गएको छ ।
केचनाकवल गाउँपालिका राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । यहाँ राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गरेका छन् । जसअनुसार एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी र उपप्रमुखमा कांग्रेसले एमालेका उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईलाई सहयोग गर्ने सहमति गरेका छन । गत वैशाख १६ गते शुक्रबार एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादेवी नेपालले र कांग्रेसकी सेलेतुन खातुनले उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएका थिए ।
यहाँको राजनीतिक परिस्थिति बेग्लै छ । केन्द्रमा भएको गठबन्धनअनुसार गठबन्धन गर्न खोजेका थिए। तर, सकेनन् । स्थानीयको माग बमोजिम केचनाकवलमा एमालेसँग तालमेल भएको छ । केचनाकवलमा अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल भएको छ । वडामा भने आफू–आफूबीच लड्ने सहमति भएको छ । यो गठबन्धन औपचारिक नभएको कांग्रेस झापाका नेताहरूले बताएका
छन् । कांग्रेस झापाका एक नेताका अनुसार तालमेल गर्ने कुनै कागजी प्रमाण र सहमति भने भएको छ । कागजी प्रमाण केही छैन । उम्मेदवारी फिर्ता लिएको छ ।
केचनाकवलमा राप्रपाविरुद्ध एमालेसँग तालमेल गर्ने कांग्रेसले दमक नगरपालिकामा भने एमालेविरुद्ध राप्रपासँग गठबन्धन गरिएको छ । माओवादी केन्द्र, राप्रपा, कांग्रेससहित ‘महागठबन्धन’ गरिएको छ ।
दमकको स्थानीय आवश्यकता अनुसार एमालेलाई हराउन यो गठबन्धन बनाइएको हो । दमकमा एमालेले विकास निर्माणमा गरेको बेथिति अन्त्य गर्नका लागि दमकमा यो गठबन्धन आवश्यक भएको नेकपा(माओवादी केन्द्र)का नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार