मुलुकको आर्थिक अवस्था चिन्ताजनक

द्वारा प्रकाशित गरिएको हो |
April 25th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपालका अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गर्दै आएका छन् । समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी पनि दिदै आएका छन् ।
अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकाले मुलुक गम्भीर संकटतर्फ धकेलिदै गएको छ । सरकारले फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रूपमा भएका सेटिङ रोक्न र नेपाल राष्ट्र बैंकमाथिको हस्तक्षेप रोक्न आवश्यक छ ।
यसै गरि अहिले बेरुजुको मात्रा बढेको छ, सुशासन कायम हुन सकेको छैन, पूँजीगत खर्च बढेको छैन, रेमिट्यान्स घटदै गएको छ, पूँजी पलायन भएको छ। यो अवस्थामा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वयको खाँचो छ । कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि सरकारले दिएको अनुदान वास्तविक किसानको हातमा पुरयाउन आवश्यक छ ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय अर्थतन्त्रमै समस्या आएको छ । बैंकिङ र मौद्रिक क्षेत्रमा यसले अस्थिरता र विस्वासको संकट ल्याउन सक्छ । वैदेशिक कर्जाले सुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्न सरकारी निकायहरूले विशेष पहल गर्न जरुरी छ । उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउन सके आर्थिक संकट टार्न
सकिन्छ ।
विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनु पर्ने खाँचो छ । स्वदेशी उत्पादन बढाउन अहिले विद्युत संकट छैन, श्रम समस्या छैन,नीतिगत समस्या पनि छैन । तर लगानीको समस्याभने छ । बैंक तथा वित्तीय संस्थामा कर्जामा लगानी गर्ने तरलता छैन, यसले लगानीमा समस्या छ । निर्माण सामाग्रीमा मूल्य बढेकाले निर्माण व्यवसायीहरू समस्यामा परेका छन् । रूस–युक्रेन युद्वले पेट्रोलियम पदार्थ, खानेतेल, खाध्यान्न, ओैद्योगिक कच्चा पदार्थ र ढुवानीमा लगायत क्षेत्रमा मूल्य बढेको छ । यसले आम उपभोक्ता पिडामा छन् ।
यो अवस्थामा समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टीभन्दा माथि उठेर सरकारलाई बौद्धिक हस्तक्षेप गर्नु
पर्दछ । साथै राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नु पर्दछ ।
नेपालको अर्थतन्त्र अहिले जटिल अवस्थामा छ, तर खतमै भने भैसकेको छैन । सुधार गरेर ट्रयाकमा ल्याउन सकिने अवस्थामै रहेको अर्थशास्त्रीहरूको टिप्पणी सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार