सबै पालिकामा निर्वाचन कार्यालय

द्वारा प्रकाशित गरिएको हो |
April 25th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले गत बैशाख ८ गते बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको थियो ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा लागेको बताएका छन् । यससँगै अब निर्वाचन नहुने, निर्वाचनको सम्बन्धमा किन्तु, परन्तुको आशंका हटेको छ । उम्मेदवारी दर्ता कार्यक्रम अगाडि बढेको छ । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम शुरु गरेका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पूरा गरिसकेको छ ।
अहिले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती छैन । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराएको छ । निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पुर्याउने कार्य भैरहेको छ ।
सामग्री अभावका कारण अब निर्वाचन रोकिदैन । निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको र सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आयोगले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार