
काठमाडौं । छसस । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी बैशाख ३० गते लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन् । जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्यक्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन । ‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भनेका छन्– ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’ स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिईरहेका छन । गत साता पनि विराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका
थिए । प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक बिश्लेषकहरुले गम्भीर रुपमा हेरिरहेका छन । तर निर्वाचन कार्यक्रम निकै अगाडि बढिसकेको छ । अब निर्वाचन हुन २४ दिन मात्र बाँकी छ । कोभिड १९ फैलिएपनि सुरक्षा मापदण्ड अपनाएर भएपनि स्थानीय तहको निर्वाचन भएरै छाड्ने छ ।