अब लोडसेडिङ नहुनेः घिसिङ

द्वारा प्रकाशित गरिएको हो |
April 13th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल विद्युत प्राधिकरणले भारतबाट चर्को मूल्यमा विद्युत खरिद गरेर भएपनि नेपालमा लोडसेडिङ हुन नदिने चमत्कारिक निर्णय गरि उद्योगधन्दा, व्यवसायी र आम नेपाली घरायसी उपभोक्ता वर्गहरूलाई राहत दिएका छन् । भारतका विद्युत उत्पादक कम्पनीहरूले रूस–युक्रेन युद्वको संकटको कारण देखाउदै कोइला र डिजेलको मूल्य बढेको र विद्युत उत्पादन लागत खर्च बढेको कारण जनाउदै विद्युत बिक्रीको मुल्य अस्वभाविक बढाएको छ । प्राधिकरणका अनुसार प्रतियुनिट नेरू. ३८ रुपैयाँसम्ममा प्राधिकरणले भारतको बिजुली खरिद गरेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले गत चैत्र १० गते विहीबार राति १२ः१५ मिनेटदेखि महङ्गो दरमा भएपनि विद्युत खरिद गरि रातीको समयमा समेत विद्युत उपलव्ध गराएको छ । नेपालमा अहिले भारतको दैनिक करिव ३५० मेगावाट बिजुली उपलब्ध हुने गरेको
छ । प्रवक्ता भट्टराईका अनुसार अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर विद्युत आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ । आगामी जेठसम्म प्राधिकरणले घाटा सहेर भएपनि महङ्गो दरमा भारतबाट विद्युत खरिद गरि उपभोक्तालाई वितरण गर्ने भएको छ। जेठमा माथिल्लो तामाकोसीको ४५६ मेगावाट पुरै क्षमतामा उत्पादन हुने र वर्षायाममा अन्य आयोजना पनि पुर्ण क्षमताका साथ सञ्चालन हुने भएपछि भारतवाट महङ्गो दरको विद्युत कम खरिद गर्नुपर्ने प्राधिकरण स्रोतले बताएको छ । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक नभएको भए यो चैत्र १० गतेबाट दैनिक ५–६ घण्टा लोडसेडिङ हुने
रहेछ । धन्न वर्तमान सरकारले भूमीपुत्र आदिवासी समुदायका क्षमतावान कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएकाले आँट गरेर प्राधिकरणले घाटा खाएर भएपनि साहसिक निर्णय गरि महङ्गो दरमा भएपनि विद्युत खरिद गरेर लोडसेडिङ हुन दिएनन् । उद्योग,व्यापार र घरायसी उपभोक्ता सम्मलाई राहत दिलाए । धन्य छन् हाम्रा कुलमान घिसिङ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार