उम्मेदवारको आकांक्षीका लागि पनि रेट

द्वारा प्रकाशित गरिएको हो |
April 13th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसभित्र स्थानीय तहको उम्मेदवारको आकांक्षीको नाम टिपाउन पनि गाउँ र नगर कार्य समितिहरूले रेट नै तोकेर पैसा लिन थालेका छन् । भष्ट, ठेकेदार र व्यापारीका हातमा स्थानीय तहको नेतृत्व गएपछि अहिले कांग्रेस भित्र पैसा नहुने कार्यकर्ताहरूलाई कसैले पुछन छाडेका छन् । पैसा हुने व्यापारी, ठेकेदार र भ्रष्ट पुर्व कर्मचारीहरूले पार्टी कव्जा गरेका छन् । पालिकाको वडा सदस्य, वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको आकांक्षी हुन समेत रकम तोकेर पैसा उठाउदै भट्टितिर छिरेर रमाइलो गर्न थालेका छन् । कांग्रेसमा अहिले भट्टिमै गाउँपालिका, नगरपालिका, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको अस्थायी कार्यालय स्थापना भएका
छन् । यी कार्यसमितिका सभापति, उपसभापति, सचिव, उपसचिव, कोषाध्यक्ष र संसदीय समितिका सदस्यहरू बिहान ११ बजेदेखिनै मदिरा सेवनले फिटान हुने र साँझ पखत सडक पेटीमै सुतेको रूपमा भेटिने गरेका छन् । तलाई टिकट दिन्छु भन्दै पैसा उठाउन थालेका छन् । यस्ता बिकृति बढन थालेपछि कांग्रेस केन्द्रले उम्मेदवारका आकांक्षीहरूसँग रकम नउठाउन परिपत्र नै जारी गरेको
छ । कांग्रेसले उम्मेदवार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ । कतिपय जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क लिएको समाचार आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको बताएको छ । केही दिन यता, पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले गत चैत्र २७ गते आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन भनेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् । पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन दिएका छन् । निर्देशनमा भनिएको छ– ‘पार्टीको विधान र नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन÷उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ ।’
केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘कतिपय जिल्लामा उम्मेदवार सिफारिसकै लागि शुल्क लिइएको भन्ने कुरा विधान विपरीत हुन्छ, यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार