दलितको सिर्जनामा बाहुनहरुको विरोध

द्वारा प्रकाशित गरिएको हो |
March 21st, 2022
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

नेपाली समाजको चेतना ‘सेक्स’ भन्दा माथि उठन सकेको रहेनछ । प्राणीका चार स्वभाविक वृत्ति हुन्छन् । जसमा आहार, निद्रा, भय र मैथुन हुन् । पशु चेतना यसभन्दा माथि उठन सकेको छैन र सक्दैन पनि । तर, मानिसमा त्यो क्षमता छ । यौनभन्दा माथि उठनसक्ने क्षमता । काम उर्जालाई राम उर्जा बनाउन सक्ने क्षमता मान्छेमा छ । तर, नेपाली समाज भने काम बासनामै कुन्ठित छ । सेक्सको विषय हरेक क्षेत्रमा बिक्छ । दोहोरो अथ लाग्ने शब्द हिट हुन्छन् । ‘पीर’को उत्कर्ष पनि यौन व्यवसायमै पुग्छ । ‘पल शाह नाबालिक समीक्षा अधिकारी बलात्कार’को मुद्दा कानूनी र अदालतीभन्दा बढी बिकाउ मिडिया, युटुव, अनलाइन र फेसबुक खुराक बनिदिन्छ । ‘हस्तमैथुन गर्नु उचित हो ?’ भन्ने शिर्षकमै हाम्रा युवायुवतीहरू रुमल्लिएका छन् । कसैको व्यक्तित्व खुइल्याउनु छ भने ‘यौन काण्ड पर्दाफास’ हुन्छ, अरु काण्ड हुँदैन । कुनै नायक नायिकाको अभिनयको हिसाब किताब हुँदैन, बस कसको को सँग रिलेशनसीप छ भन्ने कुरा यहाँ तुफानी बिकाउ हुन्छ, छिनभरमा भाइरल हुन सक्छ ।
यो सबैको समष्टिगत निष्कर्ष हो, हाम्रो चेतना त्यही ‘एक चोक्टा मासुको डल्ला’ मै अल्झिएको छ । जबसम्म चेतनाबाट त्यो झुसीलो डल्ला हराउँदैन, तबसम्म उन्नत, उच्च दार्शनीक र महान सिर्जना हुनै सक्दैन । यो प्रकाश सपुत विश्वकर्माको मात्र सवाल हैन, यौनलाई तुच्छ, त्याज्य, घृणित र लज्जाको विषय बनाउने हाम्रो सामाजिक संस्कार र त्यसभन्दा माथि उठन नसक्ने तको दोष हो ।
‘पुटिनले युक्रेन माथि आक्रमण गरेर युक्रेनी जनता र शासकलाई पीर दियो, ऐया ऐया भन्दै छन्, नेपालमा सपुतले माओवादी लडाकुले यौन पेशा अपनाएको दृश्य देखाएर माओवादी कार्यकर्ताहरूमा पीर थपेका छन् ।’
नेपालमा ‘पीर’ गीतले लडाकुलाई यौनकर्मी देखायो भन्ने अहिले ठुलो रडाको छ । यौनकर्मी हुनु आफैमा खराब या ठूलै पीरको विषय हो कि हैन ? भन्ने निर्थक बहस हुँदैछ । तर यो नराम्रो विषय होइन । काम पाइएन, काम दिए पनि पैसा दिएन वा काम अनुसार दाम दिएन र खाली पेट बसेर मर्ने स्थिति आयो भने बाच्नका लागि पनि यौन पेशा गर्नुपर्ने अवस्थामा नेपाली युवती र महिलाहरू छन । नेपालको शहरी क्षेत्रमा यो पेशा यस्तै अवस्थामा अपनाउन विवश भएर पछि राम्रो कमाइ हुन थालेपछि यौन पेशानै बनाएर बस्ने महिलाको संख्या १०–१५ हजार पुगेको नेपाल प्रहरीको अनुमान छ । थाइल्याण्डको बैंककमा त यो पीर हैन, पेशा नै बनेको छ, युरोप अमेरिका जस्ता पुँजीबादी देशमा त सम्मानित पेशा नै बनेको देखिन्छ । हाम्रा देशका नेता, कर्मचारी र उद्यमी व्यापारी युरोप–अमेरिका जादा यौनकर्मीको आंगलनमा परेर फर्किन्छ भन्ने कुरा पनि सुनिएकै हो ।
तर, यूक्रेनबासीको यो पीरका सामु अरु पीरको के कुरा गर्नु ? आकाशबाट मिसाइल खसिरहेको छ, मान्छे मरिरहेका छन्, खाल्डोमा पुरीदैछन् । सैनिक र सरकारी क्षेत्र बाहिर क्षेप्यास्त्र खस्दैछ, बस्ती र घना सहर रूसको आक्रमणमा परेका छन् ।
माओवादी ‘जनयुद्ध’ कसैलाई ठिक लागे पनि बेठिक लागे पनि त्यो अब इतिहास भइसक्यो । त्यसका अनेक पाटाहरूबारे बहस हुनसक्छ । जनयुद्ध ठिक थिएन भन्ने कसैको मत हुनसक्छ, त्यो ‘महान बलिदानी क्रान्ति’ थियो भन्ने क्रान्तिका योद्वाहरूको मत हुनसक्छ । जनयुद्धमा लाग्नेहरुले व्यर्थमै समय खेर फाले भन्ने कांग्रेस र एमालेका नेता र कार्यकर्ताहरूको मत हुनसक्छ, ‘हैन गौरवमय क्रान्तिमा भाग लिएर ठिक गरे’ भन्ने क्रान्तिका यौद्वा र अन्य समर्थकहरुको मत पनि हुनसक्छ ।
कसैले महिला लडाकु ‘यौनकर्मी’ भएको भन्दै म्यूजिक भिडियो बनाउलान्, कसैले महिला लडाकु सभामुख, मन्त्री, सांसद, नेता र नेपाली सेना भएको भन्दै बृत्तचित्र बनाउलान् । सबैको आ–आफ्नो चेतनाले गर्ने कुरा हो । विद्रोहका अनेक पाटाबारे कसैले कुनै सिर्जना गरि
हाल्यो । आफ्नो हेर्ने दृष्टिकोण प्रस्तुत गर्यो भन्दैमा उत्तेजित हुनु हुँदैन भन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जवाफ पनि ठिकै होला ।
अहिले भारतमा ‘द कश्मीर फाइल्स’ चलचित्रबारे दुबै दृष्टिकोणबाट आलोचना र प्रशंसा भइरहेको छ । कश्मीरी पण्डितहरु रुवाबासी गरिरहेका छन् भने अर्को तप्काले अतिरंजनापूर्ण चित्रण भनिरहेका छन् । कुनै पनि सिर्जनाले सबै दर्शक, पाठक र श्रोतालाई चित्त बुझाउन सक्दैन । यसैगरी कुनै पनि राजनीतिक क्रान्ति वा आन्दोलन, दल या विचारले सबैलाई चित्त बुझाउँदैन ।
‘पीर’ गीत प्रकाश सपुतको हो, त्यो सबैलाई मन पर्नैैैपर्छ भन्ने छैन । अरू पनि ‘पीर’ छ नेपालमा, प्रकाश सपुतको ‘पीर’ को सिवाय । एमालेका अध्यक्ष केपी शर्मा ओली युवाहरुका मात्रै होईन बिचार र आस्थाका पनि ‘बा’ हुनुहुन्छ पुर्व माओवादीका महाननेता “रामबहादुर थापा ‘बादल’ एकातिर यसो भन्दैछन्, अर्कोतिर प्रकाश सपुतले ‘पीर’माथि पीर थपिरहेका छन् । विचरा पुष्पकमल दाहाललाई कम्ता ‘पीर’ छैन ! बाबुरामकी छोरी मानुषीले विदेशमा बसेर पढिन । न त उनले जनयुद्धको जोखीम मोलिन । डा. बाबुराम र हिसिला यमी पनि दिल्लीमा लस्सी, समोसा र पानी पुरी खाएर बसे । संभवत यीनकै सुराकीले देव गुरुङदेखि मातृका यादव,सिपि गजुरेल, मोहन वैद्य किरण, अनिल विरही लगायत भारतमा पक्राउ परेको आशंकामा यीनीमाथि पार्टीले कारर्वाही गरेको हो । अहिले आएर संवेदनशील विषयमा प्रचण्डप्रतिको पुर्वाग्रहलाई कमरेड लालध्वजले यसरी वान्ता गर्न हुँदैनथ्यो ।
जनयुद्धको सम्पूर्ण अत्याचार र नरसंहारको मुख्य दोषी डा.बाबुराम भट्टराई पनि हुन् । त्यसैले यदि महिला लडाकु देह व्यापार गर्न बाध्य भएका हुन भने पनि डा.बाबुरामले जसपाको टाङमुनी लुकेर उन्मुक्ती पाउँदैनन् । युद्ध अपराधमा हेगमा जाने हो भने पहिलो नम्बरमा प्रचण्ड र दोश्रो नम्बरमा डा.बाबुरामले नै जानुपर्ने दिन आउन सक्छ । अहिले पानीमाथिको ओभानो हुनखोज्ने डा. साव ? महिला लडाकुको अपमान गर्ने ? उनीहरू बाच्नका लागि यौनकर्मी भए त के विगारे ? उनीहरूलाई रोजगारी तपाईहरू पटक–पटक सांसद, मन्त्री, सभामुख, प्रधानमन्त्री हुँदा किन उपलव्ध गराउनु भएन ? आफू मात्र सांसद, मन्त्री र प्रधानमन्त्री हुने ! लडाकुलाई अलपत्र पार्ने ?
यौन व्यवसायलाई हेर्ने चेतनाको बनिबनाउ चष्मा लगाएर तिनै मानिसहरु यसलाई चरित्रको सवाल बनाईरहेका छन् जसले आफुलाई माक्र्सवादी÷संस्कतिकर्मी भनाउने रहर बेसाउँदै आएका छन् । यौन व्यवसायीका ग्राहक पनि तिनै पुरूष
हुन् । जो गफ एउटा दिन्छन् र काम अर्कै गर्छन् ।
भोकको अत्यासलाग्दो राप समन गर्न नसकेर मानिसहरु अनेकन पेशा व्यवसायमा लागेका छन् । पढ्ने, पढाउने, लेख्ने, चौकिदार, सेल्सम्यान, ड्राइभर, खलासी पाइलट, इञ्जिनियर, डाक्टर, पत्रकार, वकिल, अभिकर्ता, कलाकारिता, तरकारी पसल, चिया पसल, खाजा पसल, मिठाई पसल, भट्टि पसल आदि
इत्यादी । कोही वालुवा चालिरहेका होलान्, कोही इटा र ढुंगा बोकिरहेका होलान, कोही अरबको मजरामा उट चराइरहेका होलान् । कोही यौन व्यवसायमा वीर अस्पताल, रत्नपार्क, विद्युत प्राधिकरण, ठमेल दरवारमार्ग वा नयाँ बसपार्कमा रहेर काम कुरा गरिरहेका होलान् । यौन व्यवसाय गर्नु हद स्तरको वाध्यताको रोजाई होला तर यो अपराध होइन । न चरित्रको बिषय नै हो ।
आजको लडेर, भिडेर ल्याएको, गणतन्त्रात्मक भनिएको व्यवस्थामा पनि हाम्रा महिला दिदीबहिनी÷दाजुभाई÷अन्य तेस्रोलिङ्गी, उभयलिङ्गि, द्विलिङ्गिहरु यौन व्यवसायमा लाग्न विवश छन् । यो व्यवसायमा पूर्व जनसेना पनि होलान्, राजनीति नै नबुझेका पनि होलान् । सबैथोक बुझेका पनि होलान् । तर यथार्थ के हो भने देशमा आज हजारौं हजार महिला–पुरुष÷अन्य लिङ्गीहरु यौन व्यवसायमा रहेका छन् ।
प्रकाश सपुतको गीत÷भिडियो आएपछि महिला छापामारलाई यौन व्यवसायी देखाएर महिला जनसेनाको अपमान गरियो भन्ने कोणबाट प्रश्न उठेको छ । यसो भनिरहँदा समाजमा यौन व्यवसाय चलिरहेको छ, तर त्यो जनसेनाले गरेका छैनन् भन्ने आग्रह प्रकट भएको पाइन्छ । अथवा अरुले गरेपनि जनसेनाले गर्नुहुँदैन भन्ने आसय रहेको पाइन्छ। खास हाम्रो समस्या के मा हो ? धन व्यवस्थाले चिथोरिरहेको मानिसको शरीरमा हो कि त्यो चिथोरिने शरीर कसको हो भन्नेमा हो ? के हामी यति पक्षपाती÷भेदभावको चेतना जम्मा गर्नका लागि त्यत्रो वलिदानीपूर्ण आन्दोलनको पक्षधर बनेका हौं ? प्रश्न हामीले यौन व्यवसाय गरेर राफिलो जिन्दगीको दुःख धुन बिवश परिपाटी निर्माण गरिरहेको पैसा व्यवस्थाको रछ्यानमा लगेर रगतले निर्माण गरेको बाटो विसर्जन गराउनेहरुमाथि गर्ने हो कि त्यो व्यवस्थामा यौनको उन्माद मेटाउन चिथोरिइरहेको शरीर कसको हो भन्नेमा ?
नेपालका नेताले भाषण गरिरहेका हुन्छन्– हाम्रो देशका छोरीचेली विदेशका कोठीमा बेचिन्छन् भनेर । के देशका सबै छोरीचेली बेचिन्छन् विदेशको कोठीमा ? सबै ज्यान बेच्न विदेशी कोठी पुग्छन् ? तपाईको नेताले यसो भन्दा कहिल्यै नेपाली छोरीचेलीलाई बिदेशी कोठीमा गएर ज्यान बेच्ने भन्यो भनेर प्रश्न गर्नुभयो कहिल्यै तपाईले? कहाँ थियो तपाईंको आज एकाएक उम्लिरहेको मार्क्सवादी सांस्कृतिक चेतना ?
खासमा त्यसो भन्ने नेताले सबै छोरीचेली त्यसो गर्न विवश छन् भनेको पनि होइन । त्यसो गर्न विवश बनाइएकाहरु पनि छन् भनेका हुन् । प्रकाश सपुतले सबै महिला पूर्व जनसेना वेश्यावृत्तिमा छन् भन्ने न्यारेट दिएकै छैनन् । कोही विदेशिन विवश छन्, कोही नेताको चाकरी बजाएर जीवन उजिल्याईरहेका छन्, कोही मासु पसल चलाईरहेका छन्, कोही ट्याक्सी चलाइरहेका छन्, कोही यौन व्यवसाय गर्न विवश छन् भनेर भिडियोमा देखाएका छन् । यद्यपि गीतको जो भाष्य छ त्यसका लागि यी दृश्य किन राखे भनेर श्रोताहरूले रत्तिभर भेउ पाउन सकेको अवस्था छैन । निहुँ खोज्ने हो भने– विदेश पुगेको महिला बन्धक बनेको दृश्य छ । के विदेश पुगेका सबै बन्धक बनेका छन् ? विदेशबाट कफिनमा लास आएको देखाईन्छ । के सबै विदेश पुगेका दिन दुःखियाहरु कफिनमा सुतेर मात्रै नेपाल फर्कन्छन् ? कि यसलाई सबै त्यस्तो मात्रै हुँदैन तर त्यसो पनि त भईरहेको छ नि भन्ने बिम्बमा बुझ्ने
हो ?
के आज एकजना पनि पूर्व जनसेना (महिला÷पुरुष÷अन्य) कोही पनि यौन व्यवसायमा छैन भन्ने किटानी हो तपाईहरुको ? कि एकाध भएपनि सबै छैनन् भन्ने हो ? सवाल के हो ? अरु भएपनि हाम्रा छैनन् भन्ने हो ? अरुले गर्न विवश पेशा हाम्राले गरिरहेको किन देखायौ भन्ने हो ? कि के हो ? यसमा उनीहरूले जनतालाई जवाफ दिनु
पर्दछ । यसो हेर्दा र बुझ्दा एउटा पिछिडिएको दलित समुदायको केटाले पढे बुझेर एउटा गीत सिर्जना गर्याे । दलितको गीत र भिडियो चल्यो, लोकप्रिय भयो, चर्चित र भाइरल बन्यो, दर्शक र श्रोताले मन पराए भनेर बाहुनहरूले सहन सकेनन र आज व्यापक विरोध गर्दैछन् । यो विरोधमा पुष्पकमल दाहाल प्रचण्ड देखि जनार्दन शर्मा, पम्फा भूषाल, खेम थपलिया सम्मका बाहुनहरू छन् । के हिट हुने गीत बाहुनका मात्र हुनुपर्ने? कुनै दलित लेखक, गीतकार भएर हिट हुन नेपालमा नहुने हो भन्न खोजेका हुन् यी ताघाधारी बाम्ह्रणहरूले ? आज सडकमा दलित, भूमिपुत्र आदिवासी समुदायका यौन कर्मी नै धेरै
देखिन्छन् । यसरी उनीहरूलाई यौनकर्मी हुन बाध्य पार्ने प्रचण्ड, डा.बाबुराम भट्टराई, झलनाथ खनाल, माधव कुमार नेपाल, केपी शर्मा ओली, गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, सुशील कोइराला, सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, किर्तिनिधि विष्ट, नगेन्द्र प्रसाद रिजाल, डा.तुलसी गिरी जस्ता शासक बाहुन क्षेत्रीहरू नै हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार