युवाहरुद्वारा अटेरी अभियान गर्ने

द्वारा प्रकाशित गरिएको हो |
March 21st, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । आगामी स्थानीय निर्वाचन देखिनै युवाहरूले अटेरी अभियान सञ्चालन गर्ने बताएका छन् । राजनीतिक दल र तिनका नेताहरूले जनताका समस्याप्रति बेवास्ता गरेको भन्दै एउटा युवा समुहले निर्वाचनप्रति व्यङ्ग्य गर्दै सुधार्न अटेरी अभियान चलाउने भएका छन् । केही युवाहरूले निर्वाचन जित्ने कन्फिडेन्स प्रति पनि व्यङ्ग्य गर्न थालेका छन् । ’चुनाव’ जित्ने नेताहरूको कन्फिडेन्स देखेर मान्छेहरू हाँस्छन्, केहीले होच्याउँछन्, केही थोरैले मात्रै नेताहरूको कन्फिडेन्सको कारण खोज्छन् र सिरियस हुन्छन् । कारण सिम्पल छन् ।
किनभने राजनीतिक दलको झोला भिर्नेभन्दा आफ्नो विवेकको भारी बोक्ने स्वतन्त्र मतदाताको संख्या धेरै छ यो सहर र गाउँमा । आफ्नै दलबाट चुनाव जितेर गएकाबाट भ्रष्टाचार बाहेक केही हुन नसकेको देखेर आजित भएका कार्यकर्ता हरेक पार्टीभित्र छन् जो यसपटक आफ्नै नेतृत्वलाई सबक सिकाउन ’अटेर’ गर्न चाहन्छन् ।
करिव ५० प्रतिशत मतदाता १८ देखि ४५ बर्षको युवा छन् जसलाई राजनीतिक दलका नेताको नाम सुन्नेबित्तिकै कन्सिरी तात्छ । जो आफ्नो मताधिकार मार्फत कथित नेताको गालामा कसिलो झ्यापु हान्न चाहन्छ ।
अटेरी अभियानका युवाहरूसँग शिक्षा, स्वास्थ्य, सुरक्षा (लैङ्गिक, सामाजिक, आर्थिक समेत), महिला तथा युवा केन्द्रित यस्ता सजिला र परिवर्तनकारी कार्यक्रम छन् जुन कुरा राजनीतिक दलको योजनामा कहिल्यै परेनन र अब पनि पर्दैनन । युवासँग रोजगारी बृद्धि गर्ने, पोखराको पर्यटनलाई कायापलट गर्ने यस्ता नवीन र सिर्जनात्मक योजना छन। जुन कुरा दलको घोषणापत्र लेख्ने झोले बौद्धिकको दिमागमा कहिल्यै फुर्दैन । कदाचित फुरिहाले पनि त्यसलाई कार्यान्वयन गर्ने दायित्व लिने फटाहा नेताले बुझ्नै
सक्दैन । राजनीतिक दलका भ्रष्ट नेताबाट वाक्क दिक्क भएको, डिप्रेशनको सिकार मात्रै हुन बाँकी रहेका युवाहरूको अन्तिम झटारो हो अटेरी अभियान । राजनीतिक दलका संभावित उम्मेदवार कै घरमा अब ‘अटेरी’ युवाहरू छन् । जो चुपचाप यसपटक राजनीतिक दलको मनपरीतन्त्रलाई दनक दिनेवाला छन् ।
भ्रष्टाचारको पहाड यसरी ढल्नेछ कि राजनीतिक दलका झोलेहरूले आफ्नो पहाड कसरी ढल्यो भनेर अत्तोपत्तो पनि पाउने छैनन् । “विकासका फोस्रा सपना देखाएर, भ्रष्टाचार गरेको पैसा बाँडेर, रक्सी र मासु खुवाएर चुनाव जित्ने दिन सकिए” भनेर सूचना दिन अब जम्मा ५२ दिन मात्र बाँकी रहेको अटेरी अभियानका युवाहरूले बताएका
छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार