गोर्खा सैनिक वार्ता अन्यौलमा

द्वारा प्रकाशित गरिएको हो |
March 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

लन्डन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको जनाएको छ । नेपाली दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको छ । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ताले जानकारी दिएका छन् ।
गोर्खा सैनिकको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रह स्रोतले बताएको छ । वार्तामा अन्य थप प्रतिनिधि को–को सहभागी हुने भन्ने विषयमा विषय विज्ञहरू छानिने जनाइएको छ । दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने नेपाली दूतावासले जनाएको छ ।
दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएशन (नेसा) र गोर्खा जस्टिस ग्रुपआबद्ध गोर्खा अभियानकर्मीका प्रतिनिधिहरू सहभागी भएका थिए। दूतावासबाट राजदूत ज्ञानचन्द्र आचार्यसँगै वार्ता समितिमा सदस्यसमेत रहेका उपनियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता रहेको थियो ।
नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यका नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको
थियो । राजदूत आचार्यको पहिलो प्राथमिकता गोर्खाको समस्या समाधान गर्न पहल गर्ने रहेको दूतावासले जनाएको छ । बेलायतमा कार्यरत नेपाली गोर्खा सैनिकलाई बेलायती नागरिक सरह सेवा सुविधा दिलाउन माग गरिदै आएको
छ । भुतपुर्व गौर्खा सैनिकलाई पनि गोरा सैनिक सरह अवकाश सुविधा र पेन्सन सुविधा र वसोवासको सुविधा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार