सामाजिक सञ्जालमा भ्रामक सुचना प्रेसित गरे कारवाही हुने

द्वारा प्रकाशित गरिएको हो |
March 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गरिने समेत प्रहरीको साइबर व्युरोले जनाएको छ ।
विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई समेत प्रभावित गर्ने उदेश्यबाट भ्रामक सूचना फैलाएको आरोप प्रहरीको साइबर व्युरोले लगाएको छ ।
यस्ता क्रियाकलापले समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सदभावमा खलल पुर्याउने, पिडितको गोपनीयताको हक हनन् गरेको प्रहरीको साइबर व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार