चुनावको मुखैमा प्रहरीमा ठूलो रिक्तता

द्वारा प्रकाशित गरिएको हो |
March 7th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । आगामी २०७९ वैशाख ३० गतेको स्थानीय निर्वाचन भन्दा १२ दिन अगाडि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । आगामी २०७९ वैशाख १८ गते नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा भएर अनिवार्य अवकाशमा जादैछन् भने उनीसँगै तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि वहादुर पाल, प्रद्युम्न कुमार कार्की र निरजबहादुर शाही पनि अनिवार्य अवकाशमा हुनेछन् ।
तीन जना एआईजीसमेत अनिवार्य अवकाशमा गइरहँदा सरकारले नेपाल प्रहरीमा तीन जना एआईजी दरबन्दी थप गरेको छ। आईजीपी थापा क्षेत्री, तीन जना एआईजीलेसँगै नेपाल प्रहरीबाट २०७९ बैशाख १८ गते एक दर्जन नायव प्रहरी महानिरीक्षक(डीआईजी)हरुको पनि ३० वर्षे सेवा अवधि पूरा भएर अनिवार्य अवकाश हुनेछन् ।
यसरी अवकाश पाउने डीआईजीपी हरुमा प्रधान कार्यालयमा कार्यरत ईश्वरबाबु कार्की, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत बसन्त पन्त, मधेश प्रदेशमा कार्यरत उमेश रञ्जितकार, बाग्मती प्रदेशमा कार्यरत प्रकाशजंग कार्की, लुम्बिनी प्रदेशमा कार्यरत प्रकाश अधिकारी, कर्णाली प्रदेशमा कार्यरत गणेशबहादुर ऐर, सुदूरपश्चिम प्रदेशमा कार्यरत पुरुषोत्तम कँडेल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत देव बहादुर बोहरा र रामकृपाल शाह लगायत अनिवार्य अवकास हुने छन् । त्यसैगरी, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठले पनि आगामी २०७९ वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएका छन् ।
सरकारले दरबन्दी थप गरेका तीन एआईजीका लागि धिरजप्रताप सिंह, रविन्द्र धानुक र उत्तमराज सुबेदी प्रमुख दावेदार रहेका छन् । त्यसैगरी डीआईजीहरु अरुण बिसी, बसन्त लामा र दिवेश लोहनी पनि एआईजी बढुवाको प्रस्तिपर्धामा रहेका छन् । यधपी दरबन्दी थपिएका एआईजीको बढुवामा सत्ता घटकका प्रमुख दलले राजनीतिक भागवण्डा गर्ने सम्भावना रहेको छ । बढुवा भएपनि ११ महिनापछि २०७९ चैत्र महिनामा यी सबै उच्च प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधि पूरा भएर कारण अनिवार्य अवकाश हुनेछन् ।
३० वर्षे सेवा अवधिका कारण आईजीपी थापा, एआईजीपी पाल कार्की, शाही डीआईजीहरु कार्की, पन्त, रञ्जितकार, जंग कार्की, अधिकारी, ऐर, कडेल, बोहरा, साह र एसएसपीहरू चौधरी, श्रेष्ठ आदिले अनिवार्य अवकाश लिएपछि ती पदहरुमा बढुवा हुन डीआईजी र एसएसपीहरुबीच तिव्र प्रतिस्पर्धा हुने अवस्था रहेको छ । वरिष्ठ एसएसपीहरुमा नलप्रसाद उपाध्याय, मोहन आचार्य, महसुद आलम खाँड डिआईजी बढुवाको प्रतिस्पर्धामा अगाडि रहेका छन् ।
त्यसैगरी डीआईजी बढुवाको लाइनमा एसएसपीहरु सञ्जीव भण्डारी, टंकप्रसाद राई, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पौडेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीमप्रसाद ढकालले रहेका छन। यिनीहरू २०७९ जेठभित्रै बढुवा हुने छन् ।
प्रहरीमा स्थानीय निर्वाचनको सम्मुखमै ठूलो संख्यामा उच्च अधिकृतहरु रिक्त भएसँगै पदपूर्तिमार्फत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले नेपाल प्रहरीको माथिल्लो तहमा स्थानीय निर्वाचनलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने भन्ने समस्या छ। निर्वाचन अगाडि अनुभवी र सक्षम आईजीपी, एआईजी,डिआईजी र एसएसपी ठुलो संख्यामा घर जाने भएपछि प्रहरीमा अहिले देखिनै निर्वाचन सुरक्षाको जिम्मेवारी अवकासमा जाने एआईजी, डिआईजी र एसएसपीलाई दिनु हुदैन भन्ने आवाज देखिएको छ तर सरकारले भने तिनै अवकासमा जाने उच्च अधिकारीलाई जिम्मेवारी दिन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार