माओवादी केन्द्रमा भाडभैलो

द्वारा प्रकाशित गरिएको हो |
March 7th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै नेकपा (माओवादी केन्द्र) विभाजनको खतरासम्म पुगेको छ । अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बीचमा एमसीसी पारित गर्ने र नगर्ने पक्षमा व्यापक असहमति हुँदा नेता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन गरेर नै जान सक्ने खतरा माओवादी केन्द्रमा रहेको छ । श्रेष्ठले शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा लिखित रुपमा राजनीतिक प्रतिवेदन ल्याइ राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न भूमिका खेलेको,व्याख्यात्मक घोषणा गराएर जनतामा भ्रम पार्न खोजेको, एमसीसीको विरोध गर्नेलाई पार्टी छाडेर जान धम्की दिएको भन्दै कडा कुरा राखेपछि पार्टी फुटने भयो भनि माओवादी केन्द्रभित्र तरंग छाएको छ ।
माओवादीका केन्द्रका नेता श्रेष्ठले फागुन २० गतेको बैठकमा लिखित राजनीतिक प्रतिवेदन ल्याएर असहमति राखेका छन् । पार्टीभित्र उत्पन्न विवादका कारण गत शुक्रबारको केन्द्रीय कमिटीको बैठक पनि निर्धारित समयमा हुन सकेको थिएन र शनिबार बैठक नबसि बैठक लम्व्याउने गरिएको छ । बैठकमा श्रेष्ठनिकट नेताहरु कृष्ण बहादुर महरा, देव प्रसाद गुरूङ, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल लगायत अहिले आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् । र, निरन्तर गोप्य छलफल गरिरहेका
छन् । अध्यक्ष प्रचण्डमाथि दबाब बढाउने रणनीतिमा देखिएका नेता श्रेष्ठले अन्तिम विकल्प पार्टी विभाजनसम्म गर्ने सोचमा रहेको चर्चा छ ।
उस्तै परे पार्टी विभाजन गर्नुपर्ने भएमा त्यसका लागि परिस्थिति बनाउन पनि आधार खडा गर्न नेता श्रेष्ठले लिखित दस्तावेज ल्याएका छन् । गत फागुन १७ गते देखि लगातार श्रेष्ठ समूहका नेताहरु छलफलमा जुटदै आएका छन् । उक्त छलफलमा प्रचण्डको विकल्प खोज्नुपर्ने निष्कर्षमा पनि निकालेको बताइन्छ । पहिलो विकल्प प्रचण्डलाई अध्यक्षबाट हटाएर नयाँ अध्यक्ष बनाउने रहेको
छ । त्यो नभएमात्र पार्टी विभाजनसम्मको दोस्रो विकल्प खोज्ने श्रेष्ठ समुहको तयारी छ। श्रेष्ठ समुहले एमसीसी राष्ट्रघाती नै रहेको, नेपालको भूराजनीतिमा यसले असर गर्ने, चीनलाई अमेरिकाले घेर्ने, नेपाल असंम्लग्न परराष्ट्र नीति छाडेर अमेरिकाको पिछलग्गु हुन थालेको, व्याख्यात्मक घोषणाको कानुनी हैसियत नरहने जस्ता असहमति राख्दै आएको
छ । प्रचण्डमा सुधार नहुने निष्कर्ष निकालेका उनीहरुले श्रेष्ठलाई लिखित दस्तावेज लैजान उकासेका थिए । माओवादी केन्द्रभित्र श्रेष्ठले लिखित दस्तावेज ल्याएपछि तरंग नै गएको
छ । श्रेष्ठले राजनीतिक प्रतिवेदन ल्याएर प्रचण्डमाथि दबाब बढाएमा २०७२ साल असोज २ मा संविधान जारी गरेलगत्तै नेता डा.बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेपछि प्रचण्डलाई फेरि त्यस्तै सकस पर्ने अवस्था देखा परेको छ । माओवादी केन्द्रमा डा.बाबुराम भट्टराई, मोहन बैद्यमात्रै त्यस्ता नेता थिए, जसले प्रचण्डलाई राजनीतिक प्रस्ताव पेश गरेर हैरानी बनाउथे, झुकाउन बाध्य हुन्थे । पार्टीभित्र अन्तरसंर्घष चलाउँथे । तल्लो तहसम्म बहस चलाउथे ।
एक हिसाबले पार्टीलाई चलायमान त बनाउथे त्यतिमात्र होइन, विभाजनको बिउ पनि त्यस्तै राजनीतिक प्रतिवेदन नै बन्ने गरेका थिए । कम्युनिष्ट पार्टीभित्र जब राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत हुन्छ, त्यसैले विभाजनको बिऊ
रोपिन्छ । वैमनस्यताको पर्खाल खडा गरिदिन्छ । संभवतः नारायणकाजी श्रेष्ठको हकमा पनि त्यही हुने अवस्था उत्पन्न हुन लागेको छ । नेता श्रेष्ठले माओवादी केन्द्रसँग एकता गरेपछि पहिलोपटक राजनीतिक दस्तावेज पेश गरेका हुन् । त्यसले गर्दा पनि अवस्था गम्भीर बन्दै गएको बताइन्छ । माओवादी केन्द्रका तलका नेता कार्यकर्ता पनि एमसीसी पारित भएपछि निकै असन्तुष्ट छन, पार्टी नेतृत्व अमेरिकासँग बिकेको चर्चा हुन गरेको छ,यसले पार्टीमा अब अरू अवसरवादी,भष्ट र द्वैत चरित्र देखा
पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार