फोहरमैलाले काठमाडौं उपत्यका दुर्गन्धित

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौ । छसस । काठमाडौं महानगरपालिका सहित काठमाडौं उपत्यकाका १६ वटा नगरपालिकाको फोहोर विगत दुई सातादेखि उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि सहर दुर्गन्धित बनेको छ ।
चोक–चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाडौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेको छ तर यो सडक निर्माण समयमा हुन सकेको छैन। स्थानीयको अवरोधका कारण फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
सो क्षेत्र जाने सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक÷दुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको डंगोलले बताएको छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानिय बासिन्दाले गत फागनु १ गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् । बन्चरेडाडा ल्याण्डफिल्ड साइड बनिरहेको छ,तर निर्माण कार्य सुस्त छ । बन्चरेडाडा ल्याण्डफिल्ड साइड छिटो बनाउन सकिए आगामी ५० वर्षसम्म फोहर विसर्जन गर्न सकिन्छ ।
काठमाडौं महानगरपालिका सहित १६ वटा नगरपालिकाले रकम लगानी गरेर सो क्षेत्र जाने फुटपाथ सहितको दुई लेनको सडक निर्माण, त्यस क्षेत्रमा १५ वेडको स्थायी रूपको गाउँस्तरिय अस्पताल, खानेपानीको व्यवस्था र एउटा माध्यमिक विधालय भवन निर्माणमा सहयोग गरि तदारुकताका साथ काम गरेमा ल्याण्डफिल्ड साइडको दिर्घकालीन समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार