रेमिट्यान्स किन घट्दैछ?

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स आप्रवाह घट्दै भएको छ । यो मुलुकको स्थिर अर्थतन्त्रको लागि निकै चिन्ताको बिषय हो । यसमा सरकार गम्भीर बन्नुपर्ने देखिन्छ । रेमिट्यान्स आप्रवाह बढाउन सरकारले अन्य मुलुकको अनुभव हेरेर सेवा शुल्क निशुल्क गर्ने लगायतका आकर्षक प्याकेज ल्याउनुपर्ने हुन्छ ।
संकट उन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान गर्न आवश्यक भैसकेको छ। पाकिस्तानले विगतमा १५० अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स पठाउनेको सेवा शुल्क आफैं बेहोर्ने व्यवस्था लागू गर्दा वैधानिक च्यानलबाट रेमिट्यान्समा आउने क्रम बढेको देखिन्छ ।
विगतका वर्षहरुमा सरकार र केन्द्रीय बैंकको मेहनतबिनै रेमिट्यान्स बढे पनि कोभिडपछि विदेश जाने नेपालीको संख्या घटेको र विदेशमा कतिपय कम्पनी बन्द हुँदा वृद्धिदर रोकिएको धारणा राखेका छन् । रेमिट्यान्स विगतका वर्षहरुमा आफैं बढेको थियो । खासगरी निजी क्षेत्रलाई संलग्न गराएपछि नै रेमिट्यान्स बढेको हो । विगतमा प्रत्येक वर्ष सरकार र राष्ट्र बैंकको बिना प्रयास स्वतः बढेको रेमिट्यान्स कोभिडका कारण नागरिक फर्केका कारण घटेको छ । विदेशमा पनि उद्योगधन्दा बन्द भएका छन् । त्यसैले अब यसलाई बढाउन इन्सेन्टिभ प्याकेज ल्याउन ढिला गर्नु हुँदैन ।
विदेश जाने हरेक नेपालीको बैंक खाता अनिवार्य गर्दै भिसा नवीकरण, पुनः श्रम स्वीकृति, ट्राभल डकुमेन्ट लगायतका सरकारी कामका बेला वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको छ कि छैन भनेर ‘ट्रयाक’ गर्नुपरे पनि गर्न पछि पर्नु
हुन्न । रेमिट्यान्स घट्दा मुलुकको शोधनान्तर स्थिति समेत छ महिनामै २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ ।
तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने देखिन्छ । संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुने कारणले तरलता संकट हुने गरेको छ । यसका निमित्त खर्च गर्नैपर्ने प्रणालीको विकास गर्दै राजनीतिक र प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाइनु पर्ने देखिन्छ । यस्तै, सरकार फेरिएसँगै बजेट र कार्यक्रम संशोधन हुने नीतिगत अस्थिरता पनि समस्याका रुपमा रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार