स्काउटमा लोकबहादुर भण्डारीको लुट

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा गत मंगलबार दिउँसो एक समूहले तोडफोड र चोरी गरेको भन्दै स्काउटका पदाधिकारीहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । तोडफोडका क्रममा स्काउटका कर्मचारीलाई हातपात पनि गरेको स्काउटका संयोजक नेकपा(एमाले)का नेता लोकबहादुर भण्डारीले दावी गरेका थिए । संयोजक भण्डारीले यो घटनामा नेपाली कांग्रेसका संखुवासभाका सभापति दीपक खड्काको ‘खड्का ल्याण्ड डेभलपमेन्ट’ नामक कम्पनीले स्काउटको जमिन भाडामा लिएको, नियमित रूपमा भाडा नतिरेको र सोही कम्पनीका मानिसहरूले उक्त तोडफोडको घटना गराएको आरोप लगाएका थिए । संयोजक भण्डारीको दावी र तथ्य केलाउदा प्रयास तथ्य केही फरक पाइएको छ ।
स्काउटका संयोजक भण्डारीले दीपक खड्काको कम्पनीले स्काउटको जमिन, भवन कब्जा गरेको भन्ने आरोप लगाए पनि तथ्य केही फरक छ । नेता खड्काको कम्पनीले सुरुमा १० वर्ष र पछि तीन वर्षका लागि स्काउटसँग कानुनी रुपमा वैधानिक सम्झौता गरेर त्यहाँको जमिन भाडामा लिएको दुई पक्षबीचमा भएको कागजी सम्झौताले
देखिन्छ । भण्डारीले स्काउट परिसरमा अवैध संरचना बनाएको भन्ने अर्को आरोप पनि लगाएका छन् । खड्काको कम्पनीले स्काउटको भवन र जमिन भाडामा लिँदा सम्झौता कागजमा त्यसलाई व्यवसायिक प्रयोगमा अरुलाई पुनः भाडामा दिन सक्ने भनेर उल्लेख गरिएको थियो । जसअनुसार बनेका संरचनालाई स्काउट संयोजक भण्डारीले अवैध भएको जिकिर गरेका छन् । स्काउटको जग्गा भाडामा लिएर खाली जग्गा प्रदर्शन गराउन कसैले लिन्छन कि त्यहाँ केही भौतिक संरचना बनाएर व्यापार व्यावसाय गर्न जग्गा भाडामा लिन्छन साम्यवादी आदर्श बोकेका भण्डारीले बुझ्न सकेका छैनन् ।
नेता खड्काको कम्पनीले स्काउटलाई ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ तिर्न बाँकी रहेको दावी भण्डारीले गरेका
छन् । तर कांग्रेस नेता खड्का भन्छन्, ‘तिर्न बाँकी होइन, तिर्नु पर्नेभन्दा बढी रकम बुझाएका
छौं । सबै हिसाबसहित पत्रकार सम्मेलन गरेर छिट्टै यो विषय स्पष्ट पार्छौैं ।’
नेता खड्काको कम्पनीले बुझाउनु पर्ने रकम पहिले स्काउटकै खातामा जम्मा हुने गर्दथ्यो । पछि संयोजक भण्डारीले १५ प्रतिशत कमिशन खान बैंक खाता बन्द गराएर सोझै नगदमै भाडा लिने थिति बसाए । यस्तो गैरकानुनी शैलीको महालेखा परिक्षण विभागले समेत विरोध गरि बैंक खाताबाटै आर्थिक कारोवार गर्न सुझाव दिएको र स्काउटका प्रशासन र लेखा शाखाका कर्मचारी समेतले आफुहरू फस्ने भन्दै विरोध गरेपछि डेढ वर्षयता फेरि आर्थिक कारोबार बैंकबाटै गर्दै आएका छन् ।
स्काउटका संयोजक लोकबहादुर भण्डारी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निकटका कार्यकर्ता हुन् भने स्काउटको जमिन र भवन उनी आउनु भन्दा धेरै वर्ष अगाडि कानुनी रूपमा वैध सम्झौता गरि कांग्रेसी नेता खड्काको कम्पनीले लिएको हो । फरक राजनीतिक आस्थाका कारण स्काउटको संयोजक भएदेखि नै भण्डारीले खड्काले गरेको सम्झौता तोडेर करोडौ कमिशन खाएर अरूलाई दिन निर्माण गरेका संरचनामा डोजर लगाएर हटाउन खोजेका थिए,तर खडकाको कम्पनीले त्यसो गर्न दिएन र कडा प्रतिवाद गर्दै आएको थियो ।
कहिले पाँच सय प्रहरी बोलाएर बलजफ्ती जग्गा र भवन खोस्न खोजे । लिजमा लिएको जग्गा र भवनको राति २ बजे बिद्युतलाइन काटिदिए । नौ महिनासम्म विद्युत आपूर्ति नगराएर अन्धकारमा राखेपछि त्यहाँमा व्यावसायी अति ठुलो मारमा परे, कतिले व्यवसाय डुवाएर गए । विद्युत लाइन जोडिदिन खडकाको कम्पनीले बारम्बार अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएन । त्यसपछि खड्काको कम्पनीले नौ महिनापछि जेनेरेटर प्रयोग गरेपछि त्यहाँका व्यापारीहरुले व्यापार गर्न थाले ।
यतिमात्र होइन भष्ट र घुस्याहा भण्डारीले पार्किङमा समेत समस्या सिर्जना गरेका थिए । अनेक प्रकारले दुःख दिन थालेपछि खड्काको कम्पनी नेपाल स्काउटले गरेको सम्झौता कार्यान्वयन गर्न उच्च अदालत पाटन जान बाध्य भयो र अदालत पनि गयो । उच्च अदालतले दिएको आदेश भण्डारी एण्ड माफिया कम्पनीले पालना गरेनन् । उच्च अदालतले पनि खड्काकै पक्षमा फैसला गर्यो । स्काउटको जमिन र सटरमा सञ्चालन भएको मेलालाई पनि धेरै भाडा उठाउने दाउमा संयोजक भण्डारीको गिरोह समूहले लखट्यो । पुनः टेण्डर गर्दा चलेको भाउभन्दा तीन दोब्बरमा टेन्डर माग्यो । कसैले पनि बिड नगरेपछि जमिन वर्षाैसम्म खाली नै रह्यो । जसका कारण नेपाल स्काउटलाई चार करोडको आर्थिक क्षति भयो । यो क्षतिका मुख्य कारक संयोजक भण्डारी नै हुन । उनकै अदुरदर्शी नेतृत्व र स्काउट विरोधी हर्कतले आज स्काउटको साख देशभर गिरेको छ, अन्तर्राष्ट्रिय जगतले पत्याउन छाडेका छन। अब यो क्षतीको रकम उनीबाट राज्यले असुल उपर गराउनु पर्दछ ।
गत मंगलबार स्काउटमा तोडफोड चोरी भएको र त्यो कार्य दीपक खड्काको नेतृत्वमा भएको भन्ने नक्कली आरोप आर्थिक अपराधी संयोजक भण्डारीले लगाएका छन् । तर कांग्रेस नेता खड्का गत मंगलबार घटनास्थलमा पुगेकै
थिएनन् । नेता खड्का भन्छन् ‘भण्डारी आफैंले गुण्डा परिचालन गरेर त्यो घटना गराएको हुन सक्छन् । छानविन गर्न गृह प्रशासन र नेपाल सरकारसँग माग
गर्दछु ।’
लोकबहादुर भण्डारी संखुवासभाका हुन् । पछि झापाको महारानी झोडा मझुवामा बसाइ सरेका थिए । झापाका एमाले नेता हिक्मत कार्की, चर्चित कानुन व्यवसायी टिकाराम भट्टराई र पत्रकार शिव गाउँलेको भान्से बनेर काठमाडौमा टिकि रहेका थिए । बालसखा बालकृष्ण भेटवालको बागवजारको श्रेष्ठ टेलरिङ अगाडिको क्याम्ब्रिज इन्स्टिच्युट उधारोमा हत्याएपछि एमाले नेताहरूको लगानी भित्राउदै जेभियर्स कलेज स्थापना गरेर महंगो शुल्क लिएर अभिभावक र विद्यार्थी ठग्दै अर्बपति बनेका छन् । नेपाल ल क्याम्पसको विद्यार्थी रहदा पनि उनी अखिलका गुण्डाका रूपमा परिचित
थिए । स्काउटको संयोजक हुँदा समेत उनी त्यही गुण्डाको भूमिकामा देखिएका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा संखुवासभाबाट दीपक खड्का बिजयी भएपछि त्यहाँका एमाले नेता राजेन्द्र गौतम, तुलसी न्यौपाने लगायतका कम्युनिष्टहरुको आँखाको कसिंगर खड्का बन्दै आएका छन् ।
स्काउट पृष्ठभूमि नभए पनि भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा ५ करोड चन्दा बुझाएर स्काउटको संयाजक तहमा पुगेका छन् । उनको यस्तै गुण्डागर्दी कार्यशैली, अभिभावक र विद्यार्थी ठग्ने, हरेक क्षेत्रमा कमिशन खोज्ने कार्यशैलीका कारण नेपाल स्काउटको शाख गिर्दै गएको मात्र छैन,अन्तराष्ट्रिय जगतमा नेपाल स्काउटको छवि धुमिल हुँदै गएको छ । स्काउटमा लोकतान्त्रिक ढंगले नेतृत्व छान्ने होइन एकैपटक ७५३ पालिकामा संयोजक छानेर तानाशाही प्रवृत्ति भित्राएका छन् । यसले स्काउटमा तानाशाही र निरंकुश नेतृत्वको विकास हुँदै गएको छ । स्काउटमा भष्ट शैली र निरंकुश प्रवृत्ति देखाएका भण्डारीले खडका कांग्रेस भएकै कारण उनको कम्पनीविरुद्ध क्रियाकलाप गर्न थालेका हुन् । नेता खड्काको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले नै यो सबै क्रियाकलाप भइरहेको जस्तो पनि देखिन्छ । एमाले अध्यक्ष ओलीको आडमा अदालतको आदेश समेत लत्याउदै आएका भण्डारी विरूद्व खडका पुनः अदालत जाने तयारी गरिरहेका
छन् । साथै पत्रकार सम्मेलन गरेर यथार्थ सार्वजनिक गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार