लिभिङ टुगेदर कानून बन्ने

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपालमा केही वर्षयता देखि कानुनी रूपमा विवाह नगर्ने तर श्रीमान–श्रीमती जस्तै भएर आपसी सहमतिमा यौन समागम गरि एकै ठाउँमा बस्ने युरोप, अमेरिका र विदेशमा जस्तो “लिभिङ टुगेदर”को समस्या बढ्दै गएको छ । मन मिलुञ्जेल लिभिङ टुगेदर बसेर यौन सम्पर्क कायम राख्ने र मन नमिल्ने बित्तिकै बलात्कार गर्याे भन्दै प्रहरीमा जाने युवतीको संख्या बढदै छ । यसै समस्यालाई समाधान गर्न दर्ता गरि लिभिङ टुगेदर बस्न सकिने र त्यस समयमा गर्भ रहेर बच्चा जन्मिए दुबैले कानुनी ढंगले जन्म दर्ता, पालनपोषण र दीक्षा दीक्षा सहित नागरिकता दिलाउनु पर्ने कानुनी व्यवस्था सहितको लिभिङ टुगेदर कानुन ल्याउन पहल भैरहेको
छ । त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका
छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको केही दिन अघि सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका थिए । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाईएको बताएका
छन् । उनले दोस्रो विवाह गर्न नपाउने कानूनी व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको भन्दै देवानी संहिताको आलोचना गरेका छन् । घटनाक्रम हेर्दा लिभिङ टुगेदरको समस्याबाट महिलाहरुमा बढी पीडित देखिएको तर्क उनले गरेका थिए ।
अधिवक्ता आचार्यले भने– “विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्ध बिच्छेदको आधारमा मात्रै बनाइएको छ। लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ। दोस्रो विवाह गर्न नपाउने कानूनी व्यवस्था गरिएको छ । तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने यस्तो समस्या समाजमा बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएको छ । विवाहित पुरुषले अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै छन् । यसबारे स्पष्ट ऐन बनायो भने सहज हुन्छ ।”
अहिले ठुला अपार्मेन्ट, हाउजिङहरूमा धनीमानीहरूले कान्छी ल्याएर लिभिङ टुगेदर बस्दै आएको चर्चा हुने गरेको
छ । त्यस्ता कान्छी महिलासँग स्वदेश र विदेश सयर गरि रमाइलो गर्दै आएको चर्चा भैरहेको छ । पुरूष वा महिलाले सम्बन्ध विच्छेद नगरि अर्काे विवाह गर्न पाइदैन तर नेपाली समाजमा २०७४ भदौ देखि युवा र युवतीहरू कानुनी रूपमा विवाह नगरि लिभिङ टुगेदर बसेर बच्चा जन्माइ रहेका छन् । ती बालबच्चाको जन्म दर्ता हुन सकेको छैन, बच्चा जन्मे पछि महिलालाई पुरूषले छाडेर अलपत्र पारेका घटना बढेका छन् । यस्ता पिडित महिलाले सम्पति माथिको हक र बच्चाको जन्म दर्ता, पालनपोषण, शिक्षा दीक्षा, नागरिकताको हक र न्याय खोज्न जबरजस्ती करणी गर्याे भनी उजुर गरेर न्याय खोज्नु पर्ने विकृति समाजमा बढदै गएको छ । यसलाई सम्बोधन गर्न पनि लिभिङ टुगेदर कानुनको आवश्यकता परेको छ । अर्काेतिर नेपालको जनसंख्यामा पुरूषको भन्दा महिलाको जनसंख्या ५ लाख भन्दा बढी छ । पुरूषले एक जना भन्दा बढी महिला विवाह गर्न नपाउने कानुनी व्यवस्थाले पुरूषको संख्या भन्दा बढी रहेका महिलाको विवाह हुन नसक्ने भएको छ । उनीहरूले यौन सम्बन्धको अनुभव लिन कि त विवाहित पुरूषसँग अवैध लिभिङ टुगेदर कायम गरेर बस्नुपर्ने हुन्छ, कि त वेश्यागमन गर्नुपर्ने हुन्छ वा विवाह नगरि बुढी कन्या बस्नु पर्ने बाध्यता हुन्छ । यश समस्याको पनि सम्बोधन हुने गरि कानुन बनाउनु पर्ने आवश्यकता खड्किएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार