देशभर महाशिवरात्री पर्व मनाईदै

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । आज फागुन १७ गते महाशिवरात्री पर्व देशभर धुमधामसाथ मनाइदै छ । भूमीपुत्र आदिवासीकी पुत्री सुम्निमा(पार्वती)का पति पारुहाङ(महादेव) जगतका कल्याण कर्ता, पालक हुन् । यिनै भगवान सुम्निमा–पारुहाङ (शिव–पार्वती)को सम्झनामा महाशिवरात्री पर्व मनाइदै आएको छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिजोदेखिनै ठुलो भिडभाड लागेको छ । स्वादेशसँगै भारतबाट लाखौं दर्शनार्थी भक्तजन पशुपतिनाथ आएका छन् । भगवान पशुपतिनाथको दर्शन गर्न भारतबाट नाङ्गाबाबा देखि साँघु–सन्त, जोगी काठमाडौं आएका छन् । किरात शासनकालमा पशुपतिनाथ मन्दिर स्थापना भएको मान्यता रहि आएको छ । काठमाडौंको दहमा रहेको पानी चोभारको डाडा काटी दहको पानी खोल्ने मञ्जुश्री नै किरात रहेको जनविश्वास छ । उनीसँगै काठमाडौं आएका समुदाय नै किरात रहेको र काठमाडौं उपत्यकाको तालको पानी काटेर पठाई यहाँ मानव बसोबास गराउने, खेतीपाती गर्न पशुपालन गर्न सिकाउने समुदायनै किरात जाती रहेका थिए । यो भूमीपुत्र आदिवासी समुदायलाई आज ६ सयवर्ष अगाडि भारतको उत्तराखण्ड, उत्तर प्रदेशबाट खान नपाएर आर्थिक आप्रवासीका रूपमा पश्चिम नेपाल हुँदै नेपाल आएका बाम्हण, क्षेत्री, जैसी, ठकुरी, गिरी पुरी, दशनामीहरूले दमन, शोषण, उत्पिडन र विभेदमा पार्दै आएका छन् । आज भूमीपुत्र आदिवासीहरू आदिमभूमीमै दोस्रो दर्जाका नागरिक सरह नरकपुर्ण जिवनजिउन बाध्य छन् । राज्यका सबै निकायमा उनीहरूलाई विभेद गरिएको छ । समान प्रतिनिधित्व हुन सकेको
छैन । भूमीपुत्रहरूको परम्परागत भूमी, धर्म, संस्कृति, भाषा, भेषभूषा अतिक्रमण गरिएको छ । किरातका भगवान महादेवको हिन्दुहरूले पुजा आजा गर्छन् तर दुर्भाग्य तिनै महादेव र पार्वतीको पुर्खा किरात समुदाय माथि ब्राह्मणवाद र राज्यसत्ताले दमन, शोषण, उत्पिडन गर्दै आएको
छ । विभिन्न जातजाति समुदायको जातीय पहिचान, धर्म, भाषा, संस्कृति र भेषभूषालाई स्वीकार गरिएको छैन ।
यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवान महादेव र पार्वतीको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको कोषका सदस्य सचिव डा. मिलन कुमार थापा बताएका छन् ।
यसअघि गत माघ २५ गते महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ जनाको मूल समारोह समिति गठन गरेको थियो । जसमा मूल समिति अन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको
थियो । जसमा सुरक्षा व्यवस्था अनुगमन, प्रचार–प्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरि महाशिवरात्री पर्वलाई सहज बनाइएको छ ।
यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्यांक तथा मूल्यांकन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको दर्शनलाई सहज बनाइएको छ । यस्तै यस वर्ष पशुपतिनाथको मुख्य आकर्षण मन्दिर परिसर, भित्र आकर्षक गेट र मन्दिरको क्षेत्रभित्र मालाहरुले विशेष सजावट गरिएको छ । मन्दिर परिसरलाई सुन्दर तथा सुसजित बनाउन डिजिटल बत्तीहरुको व्रुयवस्था गरि सिगारिएको छ । यसैगरी पशुपतिभित्र बनाइएका चित्रकलाहरु पनि महाशिवरात्रिको आकर्षणको केन्द्र रहेका छन् ।
पशुपतिनाथ दर्शनका लागि भारतबाट आएका साधुसन्त तथा मेला भर्न आएका दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करीब १० हजार सुरक्षा व्रुयवस्था परिचालन गरिएको छ । महाशिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचलान गरिएको छ । यसबाहेक सबै सुरक्षा अंगहरुसँग गत फागुन ११ गते छलफल गरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ । कोरोनाको तेस्रो लहर सकिएसँगै पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोलिएको थियो। यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परे पनि यसको एक–दुई दिन अघि देखिनै महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको छ ।
कोषले शिवरात्रिमा आउने साधुसन्तलाई २८ लाख दक्षिणा दिने भएको छ । यस्तै महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने लगायत स्वागत सत्कार व्यवस्थापनका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३ सय ७६ रुपैयाँ माग गरेको छ । शिवरात्रिको तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको जनाएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताएकी छिन ।
यस वर्ष ९५१, ७५१, ५५१, ३५१, २५१ र १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी रहेको छ । साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिर लगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिएको छ ।
संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा रहि आएको छ । औँसीका दिन दक्षिणासहित बिदा गर्ने गरिन्छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन १५ गते फागुनकृष्ण एकादशीदेखि फागुन १९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिने कोष स्रोतले बताएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूमिपुत्र आदिवासी समुदायका मन्त्री आलेले अदालतले समेत बाटो खोलिदिएकाले अब छिटै धर्मशाला फिर्ता ल्याउने बताएका हुन् ।
भारत सरकारको २५ करोड अनुदान सहयोगमा निर्माण गरिदिएको उक्त धर्मशाला विगतका ब्राह्मण संस्कृति मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका तात्कालिक बाम्हण सदस्य सचिव डा. प्रदिप ढकाल, क्षेत्री कोषाध्यक्ष मिलन कुमार थापा, कार्यकारी निर्देशक ब्राह्मण डा. घनश्याम खतिवडाले बतास समुहबाट करोडौ घुस रकम लिएर आनन्द बतासलाई कौडिको भाउमा भाडामा दिएका थिए । भारतले टाढा–टाढाबाट पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई अति सस्तो रू ५०–१०० मा एउटा कोठा भाडामा लिएर प्रतिदिन बस्न र रू. २०–२५ मात्र एकछाक रोटी र दालभात खान पाउने व्यवस्थामा सहयोग पुगोस भनी बनाइ दिएको धर्मशालालाई संस्कृत मन्त्रालय र कोषका अपराधी ब्राह्मण समुदायका अधिकारीहरूले मुनाफाखोर व्यापारीलाई भाडामा दिएर करोडौ रकम असुलेर पशुपतिनाथ दर्शनार्थ आउने भक्तजनको अधिकार माथि हनन गरेका छन् । यस्ता ब्राह्मण समुदायका अपराधीहरूलाई राज्यले छानवीन गरि मुद्दा चलाएर कडा भन्दा कडा कारवाही गर्नुपर्ने जनताले माग गर्दै आएका
छन् । जिम्मेवारी पाएका ब्राह्मणवादी प्रतिनिधिले धर्मशाला व्यापारीलाई बेच्ने काम गरेको र अब धर्मालम्बी तथा तीर्थ यात्रामा निस्केका भारतीय तथा नेपालीहरुलाई काठमाडौं सस्तोसँग बस्न बनाइएको बताउँदै अब त्यस्तो काम हुन नदिने मन्त्री आलेले पनि बताएका
छन् ।
त्यस्तै मन्त्री आले धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा बृद्धबृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको बताउदै यस बर्षको महाशिवरात्रीलाई भव्य र सव्य बनाउनका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिएका थिए ।
कोषका भ्रष्ट र घुस्याहा सदस्य सचिव डा. मिलन कुमार थापाले यस बर्ष महाशिवरात्रीमा करिव १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताएका छन । महाशिवरात्रीको सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी तैनाथ गरिएको उनले बताए ।
महाशिवरात्रीमा गाँजा लगायतका लागुपदार्थलाई विशेष कडाइ गरिएको बताएपनि गाँजा र भाङ जताततै पाइने गरेको छ । महाशिवरात्रीमा विद्युतीय शवदाह गृह, किरियापुत्री क्षेत्र सञ्चालनमा कुनै बाधा नपुग्ने गरि कोषले व्यवस्था मिलाएको छ । क्षेत्र विकास कोषले सो पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र बिभिन्न १० उपसमिति गठन गरि व्यवस्थापन गर्न खोजेको
छ । तीनतिरबाट पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइ दर्शनार्थीहरूको लाइनको व्यवस्था समेत गरेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार