पर्यटन बोर्डमा भाले जुधाइ

द्वारा प्रकाशित गरिएको हो |
February 21st, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल पर्यटन बोर्डमा पर्यटन व्यवसायीलाई बोर्ड सदस्य बनाउन सिफारिश गरिएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आले फेरि बिबादमा तानिएका छन। सिफारिश कमिटीले लाजिम्पाटको ’भौडे’ क्याफेका सञ्चालक लीला लामालाई बोर्ड सदस्यमा सिफारिश गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बारे विज्ञता र कुरै अनुभव नभएका क्याफे सञ्चालक लामालाई नियुक्त गर्न सिफारिश गरेको भन्दै बाम्ह्रणवादी व्याक्तिहरूले बिबाद निकालेका छन् । सिफारिस समितिले मन्त्री आलेकै निर्देशनमा क्याफे व्यावसायीलाई सिफारिश गरेका छन् । सिफारिस समितिले गत फागुन ६ गते लामाको नाम सिफारिश गरेका छन् ।
लामाको सिफारिशमा उपाध्यक्ष चन्द्र रिजालको भूमिका रहेको बताइन्छ । रिजाल र लामा पुरानो सम्बन्ध भएका व्याक्ति हुन् । रिजाल स्याङजाका पुर्व नेकपा(एमाले) नेता ढकालका छोरी ज्वाइँ हुन् । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भुक्तानीका लागि बोर्डमा पठाएको रू. ७२ हजारको कफी पिएको विल पनि लामाको क्याफेको रहेको बताइन्छ ।
बोर्डको अर्को सदस्यमा मदन आचार्य सिफारिश भएका छन् । उनी नेकपा
(एकीकृत समाजवादी)निकट पोखराका पर्यटन व्यवासयी हुन् । उनको सिफारिश रोक्न उपाध्यक्ष रिजालले प्रयास गरेको भएपनि मन्त्री आलेमाथि अध्यक्ष माधव कुमार नेपालको दबाब परेका कारण आचार्यको नाम भने सिफारिशमा परेको बताइएको छ ।
रिजालले आफ्नो मान्छे नियुक्त गराउनका लागि सिफारिश कमिटीमा राजेन्द्र सापकोटालाई पारेका थिए । रिजालकै सिफारिशमा सिफारिश कमिटीमा सापकोटाको नाम परेको थियो ।
रिजालकै डिजायनमा सिफारिश कमिटी बनाउने अनि सिफारिश कमिटीले पनि रिजालकै मान्छेलाई बोर्ड सदस्य बनाएपछि एकीकृत समाजवादीनिकट पर्यटन व्यवसायीहरु भने आक्रोशित भएका
छन् । एकीकृत समाजवादीमा मन्त्री आलेमाथि एमालेलाई बोकेर एकीकृत समाजवादीको कोटा कटौती गरेको आरोप लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार