सेनामा एनडीसी गर्न लर्काे

द्वारा प्रकाशित गरिएको हो |
February 21st, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाली सेनाका रथी र सेनानी अधिकृतहरूको वृत्ति विकास र प्रधानसेनापति बन्नका लागि समेत फलामे ढोका खुल्ने अति महत्वको मानिने नेशनल डिफेन्स कोर्ष(एनडीसी) वा सो सरहको तालिमका लागि नेपाली सेनाले सन् २०२२÷२०२३ का लागि सैनिक नियम र एनडीसी कार्यविधिका आधारमा १३ जना प्रशिक्षार्थीहरूको छनोट गरिएको बुझिएको छ ।
विभिन्न मित्र राष्ट्रहरूबाट प्राप्त हुने एनडीसी वा सो सरह तालिमको लागि नेपाली सेनालाई प्राप्त हुने कोटाहरूमा सैनिक नियमावली २०६९ को नियम ४६ को (२) र एनडीसी वा सो सरहको तालिमका लागि प्रशिक्षार्थी मनोनयन सम्बन्धी कार्यविधि २०७३ को अनुसूची २ बमोजिम छनोट भएको नेपाली सेनाको छनोट बोर्डद्वारा उम्मेदवारहरूको मूल्यांकनको आधारमा सहायक रथी र महासेनानीहरूको मनोनयन गरिएको छ । स्रोतका अनुसार एनडीसीका लागि छनौटमा परेका भाग्यमानी महा सेनानीहरूको मेरिट लिष्ट निस्केको छ। मेरिट लिष्टको अग्रपक्तिमा नाम निकाल्न सफल हुने अधिकृतहरूले प्राथमिकता पाउने र त्यसपछि क्रमशः तालिममा जान पाउने भएकाले एनडीसीका लागि छनौट हुँदा कति नम्बर नाम छ भन्ने कुराको निकै ठुलो अर्थ हुन्छ ।
साथै एक नम्बरमा अमेरिका, दोस्रोमा बेलायत, तेस्रोमा भारत र चौथोमा चीन, पाचौंमा पाकिस्तान, छैठौंमा बंगलादेश जस्ता देशमा जान पाए हुन्थ्यो भन्ने चाहना एनडीसीका लागि छनौटमा परेका सेनाका अधिकृतहरूलाई हुन्छ ।
एनडीसीका लागि छनौटमा परेको प्रशिक्षार्थीको कोटाको प्राथमिकताको एक नम्बरमा परेका छन् महासेनानी
(कर्नेल)पुरन घले । घले एनडीसी कोटा प्राप्त हुनासाथ सो तालिमका लागि जाने पहिलो पंक्तिमा पर्न सफल भएका
छन् । दोस्रो नम्बरमा परेका छन्, महासेनानी सरोज प्रताप ज.ब.रा. र तेस्रो नम्बरमा परेका छन् राजाराम बस्नेत ।
उल्लेखित तीन जना महासेनानीहरू एनडीसीका लागि उडेपछि मात्रै अन्य महासेनानी र सहायक रथीहरू पनि एनडीसी कोटा प्राप्त हुनासाथै क्रमशः जाने अवसर पाउने नियम छ ।
एनडीसी कोटामा छनौट हुन सफल चौथो नम्बरमा रहेका छन्, सन्जय देउजा र पाँचौ नम्बरमा परेका छन् श्रवणकुमार विष्ट । त्यसैगरि मेरिट लिष्ट अनुसार, क्रमश महासेनानीहरू गौरव गुरूङ्ग, रामकाजी थापा, बालकृष्ण कार्की, राजेन्द्र श्रेष्ठ, प्रकाश वहादुर चन्द रहेका छन् ।
यसका साथै महासेनानीकै पंक्तिमा सहायक रथी मधुकर सिंह कार्की पनि परेका छन् । एनडीसीका लागि अन्य महासेनानीहरूमा सुवास जंग थापा र ध्रुव कुमार कार्की पनि छनौट भएका
छन् । नेपाल सेनाका लागि सन् २०२१÷२०२२ मा प्राप्त भएको कोटालाई आधार मानेर सन् २०२२÷२०२३ का लागि प्राप्त हुन सक्ने एनडीसी तालिमका लागि छनौट भइसकेका सहायक रथी भोला थापालाई एक कोटा छुट्टयाइ बाँकी हुन आउने कोटामा एनडीसी तालिमका लागि प्रशिक्षार्थीहरू मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार