मेलम्ची आयोजनामा करोडौं भ्रष्टाचार

द्वारा प्रकाशित गरिएको हो |
February 21st, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको उप–आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) मा भएको करोडौ भ्रष्टचारविरुद्ध छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ । आफू जोगिनको लागि चतुर बनेर भ्रष्टचारमा संलग्न कर्मचारीले नै आयोगमा उजुरी दर्ता गरेको बताइएको छ तर आयोगले उल्टै तीन आर्थिक वर्षको बिल भपाई माग गरेपछि अनियमिततामा संलग्न कर्मचारी फसिने भइयो भनेर झस्किएका छन् ।
कार्यालयले खरिद गरेका कार्यालय सामाग्री, प्रयोजनार्थ प्रचारप्रसार, इन्धन, मर्मत र कार्यालय सामान खरिद लगायत प्रक्रियासहितको कागजपत्र र बिल भर्पाइ आयोगले माग गरेपछि उजुरीकर्ता बिलखबन्दमा परेका छन् । जसले उजुरी हाल्यो त्यही व्यक्ति छ वर्षसम्म उक्त कार्यालयमा जनसम्पर्क अधिकृतको रुपमा रहेर सामान खरिद र भुक्तानीमा संलग्न रहेको अख्तियारको आशंका छ ।
उनीहरुले तीन करोडको सामान खरिद गरेको बिल भर्पाइ तयार पारेर स्टोरमा सामान नै दाखिला नगरी कागजात मिलाएर लेखाबाट भुक्तानी दिए÷लिएको अनियमिता गरेका थिए । सो काण्डबाट जोगिन उनीहरुले नै आयोगमा उजुरी दिएको अख्तियार स्रोतले बतायो ।
अख्तियारका आयुक्त जयबहादुर चन्द सुदूरपश्चिमकै भएका कारण कारवाहीबाट जोगिने अपेक्षा उनीहरुले गरेका छन । तर, घटनाले उल्टो मोड लिएपछि हाल केयुकेएलका प्रवक्तासमेत रहेका प्रकाश राई र राजेन्द्र बमहरुको निदहराम हुन पुगेको छ । कांग्रेस निकट रहेका उनीहरूले पिआइडीमा रहदा ठेकेदारसँग मिलेमतो गरि ठेक्का मिलाउन र कमिशनको प्रतिशत मिलाउने काम गरेको आरोप लाग्दै आएको छ ।
मन्त्रीको अगाडि पछाडि लाग्दै ट्रेड युनियनको नाममा भ्रष्ट कर्मचारीलाई जोगाउन लागि परेका तेजेन्द्र कार्की पनि आयोगले चालेको कदमबाट फसिने भयो भन्दै जोगिन शक्ति केन्द्र धाउन थालेका छन् । बमको पालामा ७६ लाख दैनिक कार्यालय संचालनमा खर्च भएको देखाएको भएपनि उक्त रकम बास्तविक नभएर बनावटी रहेको स्रोतको दाबी छ ।
गत आर्थिक वर्षको तुलानामा यो वर्ष १३ लाख रकम कम खर्च भएको देखाइएको छ । बिग्रिएर ग्यारेजमा थन्काइएको गाडीमासमेत मर्मत र इन्धनको खर्च देखाएर बमको टिमले व्यापक अनियमितता गरेको आरोप थियो । छ वर्षसम्म आयोजना कार्यान्वयन कार्यालयमा खर्च भएको कार्यालय सामग्रीको हिसाबकिताब उतार्नका लागियतिखेर बिहान बेलुकी ओभरटाइम दिएर कर्मचारी खटाइनुले पनि अनियमिततालाई थप पुष्टि गरेको स्रोतको दाबी छ ।
हाल खानेपानी तथा ढल व्यवस्थापन विभागमा महानिर्देशक रहेका तिरेश खत्री यही आयोजनाको प्रमुख भएकै बखत यी अनियमितता भएका हुन् । उनी पुर्व महालेखा परिक्षक विष्णु बहादुर खत्रीका छोरा हुन। यस अघि पनि महानिर्देशक खत्रीले कोइराला थरका सिनियर इन्जिनियरलाई वाइपास गरेर तत्कालीन खानेपानी मन्त्री रहेकी विना मगरका साथै मन्त्रालयका पदाधिकारी हरुलाई शुभलाभको व्यवस्था मिलाएर महानिर्देशक बन्न सफल भएका थिए ।
उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्तर्गतको ललितपुर शाखामा कार्यरत सिनियर प्लम्बर विकास महर्जनले नयाँ चावी र पानीको मिटर जडानको नाममा पुरानोलाई रङ्गरोगन गरेर नयाँ खरिद गरेको बिल भर्पाइ बनाएर अनियमितता गर्ने गरेको शाखाका स्टोर किपरले बताउदै हिडेका छन् ।
श्रीमतीको नाममा कम्पनी खडा गरेर मिलेमतोमा ठेक्का पारेर खानेपानी पाइपको मर्मत गरेर राम्रो आर्जन गरेमा महर्जनले यस्ता अनेकौं अनियमितता गर्दै आएका छन् । २० इन्च चावीको बजार मूल्य रु. ३ लाखदेखि तीन लाख ५० हजार पर्ने गर्दछ तर महर्जनले चार लाख देखि रु. ५ लाख मूल्यमा खरिद गरेको बिल भर्पाइ बनाएर पेश गर्दै आएका छन् । उनको यो भ्रष्ट धन्दामा शाखा कार्यालयका इन्जिनियर बिजय विश्वकर्माले साथ र सहयोग गर्दै आएका छन् । प्लम्बर तथा सुपरभाइजरलाई परिचालन गर्नको लागि कार्यालय प्रमुख डोलप्रसाद चापागाईंसँग मिलेमतो गरी महर्जन आफैं साइड इन्चार्ज बन्दै आएका छन् । श्रीमतीको नाममा नेपा र पिएस नामका दुई कम्पनी खडा गरेर उनले केयूकेएलको जावलाखेल शाखाका सबै ठेक्का हत्याउदै आएका छन् ।
केयुकेएलका शाक्य कमजोर प्रशासक
उपत्यका खानेपानी लिमिटेड केयुकेएलको सिइओको भूमिकामा मिलन शाक्य यतिवेला शोकमा छन् । केयूकेएलको सम्पूर्ण काम कारवाही‘संचालन विभाग’बाट हुने गर्दछ । उक्त विभागबाट स्वीकृत नभइकन विकास निर्माण, खरिद र भुक्तानी लगायतको काम सिइओ शाक्यले चाहँदैमा गर्न सक्दैन । उक्त ‘संचालन विभाग’ प्रमुखमा जावलाखेल शाखा प्रमुख चापागाईंलाई लैजानका लागि खाने मन्त्री उमाकान्त चौधरीलाई पाँचलाख रकम महर्जनले बुझाएको चर्चा छ ।
आफूले सम्पूर्ण विषयहरु मुख्य कार्यालयमा मिलाइसकेकोले राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहेर पनि कारवाही गर्न नसक्ने भन्दै महर्जनले हिडने गरेका छन् ।
महर्जनले पानी लिक भएको पुरानो पाइपमा जरी सिसा जस्तो एक किसिमको धातुलाई तताएर टाँसेर नयाँखरिद गरेको भन्दै कार्यालय र उपभोक्ताको आँखामा छारो हालेर नयाँ पाइपको बिल भपाई बनाएर रकम असुल्ने गरेका छन् । फुटेको चावी ग्यास वल्डिङ गरि मर्मत गर्ने र नयाँ खरिद गरेको देखाएर रकम भुक्तानी लिने गरेका छन् ।
केयुकेएलको बोर्डमा कम्पनी सचिवसहित नौ जना व्याक्ति रहन्छन् ।
काठमाडौं महानगरपालिकाको दुई र ललितपुरको महालक्ष्मी नगरपालिकाले १ जना प्रतिनिधि नपठाउँदा बोर्डले पूर्णता पाउन सकेको छैन । तर, केयुकेएलको वेभ साइडमा भने नौ जनाको नै नाम उल्लेख गरिएको छ । यस्तो बेथिति केयूकेएलमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार