अन्ततः एमसीसी सदनमा टेबल हुनेनै भयो

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले ल्याएको प्रस्ताव सभामुखले रोक्न नमिल्ने बताएका छन् । २७ ओै जनयुद्व दिवश फागुन १ गतेको अघिल्लो दिन अध्यक्ष प्रचण्डले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भनेका थिए– ‘सभामुखको मत हुन सक्छ तर सरकारले प्रस्ताव ल्याएको बिषय उहाँले अघि बढाउनुपर्छ । उहाँले रोक्न
मिल्दैन । मान्नै नसक्ने हो भने सभामुख अग्नि सापकोटाले राजीनामा दिएर हिँड्नुपर्छ । सरकारले ल्याएको प्रस्ताव रोक्नै मिल्दैन । साह्रै चित्त बुझेन भने राजीनामा दिएर छाडिदिनुपर्छ । सरकारले ल्याएको प्रस्ताव रोक्नुहुँदैन ।’
प्राइम टेलिभिजनसँग कडा ढंगले कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा एमसीसी परिमार्जनविना पारित गर्न नसकिने पनि स्पष्ट पारेका छन् । साथै प्रधानमन्त्री शेर बहादुर देउवाले यही अवस्थामा प्रस्ताव ल्याएमा आफूहरु सरकारमा नरहने पनि स्पष्ट पारेका छन् । उनले त्यहाँ भनेका छन्– “हाम्रो चाहना सहमति होस् भन्ने हो । तर प्रधानमन्त्रीले चाहानुभयो भने टेबुल हुन्छ । सहमति र संशोधनबिना टेबुल नगरौँ भन्ने हाम्रो मत हो । तर प्रधानमन्त्रीले टेबुल गर्छु भन्नुभयो भने हुन्छ । तर हामी पक्षमा जान सक्दैनौँ । त्यसपछि विरोधमा बहस गर्छौँ ।”
त्यो अवस्थामा के हुन्छ भन्ने प्रश्नमा उनले भनेका छन– “हामी नैतिकरुपले सरकारमा बस्न मिल्दैन । हामीले गठबन्धन छोड्नुपर्ने अवस्था आउन सक्छ । यहाँ अर्को ढंगले समीकरण बन्न पनि सक्छ ।” उनले त्यसअघि सभामुखले पनि सर्वदलीय बैठक राखेर निकास निकाल्ने प्रयास गर्ने बताएका छन् ।
प्रचण्डले भने “त्यस्तो अवस्थामा हामी विपक्षमा मतदान गर्छौँ, त्यो अवस्थामा हामी सरकारमा रहँदैनौ। हामी अहिले कुनै हालतमा पक्षमा उभिदैनौँ । विरोधमा रहन्छौँ ।”
एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा पहिले जे थियो, त्यही रहेको र आफूहरुको धारणा पनि पहिलेदेखि अहिलेसम्म एउटै धारणा रहेको प्रचण्डले बताएका छन् । उनले त्यसबेला गठबन्धन जोगाउन पनि कूटनीतिकरुपमा पत्र लेख्नु परेको दाबी गरेका छन । प्रचण्डले एमसीसी पारित गर्न भनेर पाँच दलिय गठबन्धन नबनाएको पनि बताएका छन् ।
उनले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर पारित गरे आफूहरुलाई कुनै समस्या नहुने पनि बताएका छन् । तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि आफूले यसबारेमा त्यो धारणा राखेको उनले दाबी गरेका छन् ।
“तपाईंहरु दुई जनाको मत हिजोदेखि नै मिलेको छ, अहिले पारित गर्नुस् भनेका छौँ,” प्रचण्डले प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा भनेका छन् । उनले निर्वाचनको बेला एमसीसी सम्झौता पनि मुद्दा बन्ने बताएका छन् । त्यसबेला जनताले नै फैसला गर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार