तागाधारीहरु पवित्र हिन्दूग्रन्थ गीताको ‘कसम’ तोड्छन् बरु मतुवाली नेतृत्व कदापी स्वीकार्दैनन्

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । पूर्व महापञ्च कमल थापाले २०७८ पुसको राप्रपाको एकता महाधिवेशनको परिणाम स्वीकार गर्न सकेनन् र राप्रपाबाट अलग भएका छन् । ०४७ सालदेखि राप्रपामा तागाधारी ब्राह्मणजातिको नेतृत्व रहदै आएकोमा गत पौषमा भएको महाधिवेशनबाट भूमीपुत्र आदिवासी समुदायका राजेन्द्र लिङदेनले अध्यक्षमा अत्याधिक मतले चुनाव जितेपछि अनेकौ बहाना बनाएर थापा काजीले राप्रपा छाडेका छन् । यो देशका भूमीपुत्र आदिवासीलाई मानवका रूपमा स्वीकार गर्न नसक्ने र सधैभरि आफ्ना हरूवा, चरूवा, बधुवा मजदुर र नोकरचाकर मात्र सम्झने, युद्व र लडाईमा सँधैभरि अगाडि सारेर सहिद बनाउने, घाइते र अंगभंग बनाएर उनीहरूको समुदायलाई सिध्याउने, तहसनहस बनाउने, बेलायत, भारत, हङकङ र सिंगापुरको भाडाका सिपाही मात्र बनाउने कथित तागाधारी वर्गले लिङदेनको नेतृत्व स्वीकार गर्न नसकेर अगल भएका छन् । राप्रपामा लिङदेनको अध्यक्षमा विजयसँगै पुस्तान्तरण मात्र भएको छैन, अग्रगामी र युगान्तकारी नेतृत्व परिवर्तन समेत भएको छ । राजतन्त्रमा जस्तै बाचुन्जेल राजा भएजस्तै जीवनभरि राप्रपाको अध्यक्ष हुने सपना थापाले देखेका थिए । उनी मरेपछि पनि नेतृत्व थापाका छोराहरूमा सार्ने निरंकुश राजतन्त्रको चलन राजतन्त्रलाई स्वीकार गर्ने नाममा थापाले सार्न चाहेका
थिए । त्यसमा एकाएक ब्रेक लागेपछि मण्डले चरित्रका थापाले लिङदेनलाई जिताउन निर्मल निवास र पुर्व राजाका सचिवहरू लागेर मलाई हराए भन्दै हरूवा गोरूको छेरूवा दाउ भन्ने नेपाली उखान गर्दै राप्रपाबाट अलग भएका छन् । उनीसँगै राप्रपाका पुर्व कोषाध्यक्ष उद्वव पौडेल, चन्द्र बहादुर गुरूङ लगायतले राप्रपा छाडेका छन् । महाधिवेशनबाट छानिएको नेतृत्वलाई स्वीकार गर्न नसक्नु भनेको थापाको निरंकुश, स्वेच्छाचारी, अलोकतान्त्रिक मण्डलेपन हो । यस्तो मण्डले प्रवृत्ति उनमा अझै रहेको यो घटनाबाट प्रमाणित हुन्छ । उनले दुई वर्षअघि राप्रपा एकता हुँदा अब राप्रपा टुक्रिदैन, बिभाजित हुँदैन भन्दै गीताको कसम खाएर पार्टी नफुटाउने र राप्रपालाई एक बनाइ राख्ने बताएका थिए । उनको गिता कसम ठग, ढाँट, छल, तिकडम र व्याक्तिगत स्वार्थले भरिएको पुलिन्दा रहेछ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । यस्ता राजनीतिक संस्कार नभएका अलोकतान्त्रिक मान्छेलाई अब कसले नेता मान्छ भन्ने कुरा देखिइ सकेका
छ । उनका पछाडि जनाधार भएका राप्रपाका कुनै नेता सति नजाने भएका छन् । थापा अब डा.तुलसी गिरी, किर्तिनिधि विष्ट र मरिचमान श्रेष्ठझै राजनीतिक क्षितिजबाट ओझेलमा पर्ने निश्चित
छ । घमण्ड, अहमता, अराजनीतिक चरित्र, स्वेच्छाचारीता, निरंकुशता, आत्मकेन्द्रीत र मण्डलेचरित्र भएका थापाले छुट्टै पार्टी खोल्ने कोसिस गरेपनि त्यो उनको आत्मरति मात्र हुनेछ । इतिहासमा यस्ता सन्की र घमण्डी धेरै शासकको ईतिहास नामेट भएका दर्जनौ घटना भएका छन् । उनी पनि त्यही लाइनमा सामेल हुन पुगेका छन् ।
पार्टी एकताको बेलामा गिताको कसम खाएर पार्टी नफुटाउने भनेका भनेका थापाले महाधिवेशनको उदघाटनमा पनि त्यही भनेका थिए । तर, उनी दुई महिना पूरा हुनेवित्तिकै अर्को पार्टी गठनको तयारीमा लागेका छन् । अब नेपालका राजनीतिक दलहरूको नाङ्ले पसलको इतिहासमा अब अर्काे एउटा नाङ्ले दल पनि थपिने निश्चित भएको छ ।
पार्टी फुटाउदिन भनेर गीता हातमा लिएर कसम खाएपनि पहिला दिनदेखि नै राप्रपाका नवनिर्वाचित अध्यक्षमा राजेन्द्र लिङ्देनलाई स्वीकार नगरेका थापाले यही फागुन महिनामा नयाँ पार्टी घोषणा गर्ने साइत जुराउने बताउदै पुर्वतिर हिडेको जानकारी हुन आएको छ । ज्योतिषीय साइत जुराएर थापाले २०७८ फागुन ७ गते राष्ट्रिय एकता पार्टी घोषणा गर्ने चर्चा छ ।
जति सकिन्छ छिटो दल दर्ता गरेर स्थानीय निर्वाचनमा सहभागी हुने अवसरको खोजी रहेका स्वेच्छाचारी र निरंकुश चरित्रका थापाको पार्टीमा राप्रापाबाट कसकसले साथ दिन्छ भन्ने चासोको विषय बनेको छ । अहिले राप्रपामा रहेका निर्वाचित पदाधिकारीमध्ये अधिकांश थापाको प्यानलबाट निर्वाचित भएकाहरू भएपनि ती कसैले पनि उनलाई साथ र समर्थन नगर्ने भएका छन् । त्यसैले चुनाव नजितेका, चुनावमा नउठेकालाई तान्न खोजिरहेका छन् ।
उपाध्यक्ष धुव्रबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की, महामन्त्री भुवन पाठक, कुन्ती शाही लगायतका पदाधिकारीमा कमल थापाको प्यानलबाट निर्वाचित भएका थिए । ती पदाधिकारीमध्ये थापाको नयाँ पार्टी राष्ट्रिय एकता पार्टी गठनमा कसैले पजि साथ नदिने भएका छन । थापानिकट स्रोतका अनुसार, धुव्रबहादुर प्रधान र कुन्ती शाहीले साथ दिने अनुमान गरिएपनि उनीहरू पनि थापाबाट टाठा भएका छन् ।
२०७८ माघ २४ गते सोमबार कमल थापाले बोलाएको भेलामा रोशन कार्की र बुद्धिमान तामाङ पनि सहभागी थिए । तर, भुवन पाठक भने गएका थिएनन् । त्यसवेला भेलामा गएपनि बुद्धिमान तामाङ, धुर्व बहादुर प्रधान र भुवन पाठकले भने नयाँ पार्टीलाई साथ नदिने बताइसकेका छन् । राप्रपाको राजनीतिमा चर्चा कमाएका व्यक्तिमध्ये अहिलेसम्म जयन्त चन्द, उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ र भरत पाठकले मात्रै थापाको नयाँ दललाई साथ दिने भएको चर्चा छ ।
पौडेल थापाले नेतृत्व गरेको बेला राप्रपा पार्टीमा कोषाध्यक्ष थिए । थापाको अबको पार्टीमा भने पदाधिकारीबाट कुन्ती शाहीको झिनो साथ दिने संभावना भएपनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने साथ नदिने लगभग निश्चित जस्तै भएको छ । पुराना नेता पशुपति शमशेर राणालाई फकाउन थापा गएपनि राणाले थापालाई खासै महत्व दिएनन् । उनले थापालाई सहयोग गरेर पार्टी बनाउने कुरामा मुख खोलेका छैनन् । २०७८ माघ २६ गते बुधवार विहान आफूनिकट केही नेतासँग निवासमा छलफल गर्ने क्रममा राणाले थापा र लिङ्देनलाई मिलाउनुपर्ने उल्लेख गरेका थिए ।
सधैं आफुलाई राजनीतिको केन्द्रविन्दुमा राखेर जुन सरकारको नेतृत्वमा पनि मन्त्री पद पाउन सफल हुँदै आएका कमल थापा जब आम निर्वाचनमा हेटौंडाबाट पराजित भए तब सरकारमा सहभागी हुनबाट बञ्चित भए । त्यहीबेला देखि उनले राजनैतिक असन्तुष्टि देखाउँदै आएका थिए । मन्त्री बन्नका लागि जस्तोसुकै नाजायज हर्कत मरिहत्ते गर्न पछि नपर्ने थापा आफ्नो स्वार्थ पुर्ति गर्न पार्टीको सिद्धान्त र विचार मिल्ने, नमिल्ने सबै राजनीतिक दलको सरकारमा सहभागी रहेका छन् । थापाको यस्तो प्रवृत्तिलाई मकवानपुरका स्थानीय मतदातालेसमेत मन पराएका थिएनन् ।
सधै राजसंस्थाको वकालत गर्दै राजसंस्थाको नाममा मन्त्रीपद हत्याउन सफल भएका थापा मन्त्री हुञ्जेलसम्म पुर्व राजा ज्ञानेन्द्र शाहसँग निकै नजिक भएका थिए । पार्टीको एकता महाधिवेशबाट अध्यक्ष पद गुमेको र सरकारमा जान पनि नपाएपछि निकै मुर्छितभई तनावमा परेका थिए । महाधिवेशनबाट पुस्तान्तरणमा प्रवेश गरेको राप्रपाको राजनीतिक विरासत खुम्चिएर आफ्नो हातबाट नेतृत्व फुत्केपछि थापाको हिमचिम नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बढ्दै गएको
देखिन्छ ।
यसरी ओलीसँगको दिनदिनै बढ्दै गरेको हिमचिमले थापा कतै एमाले तिर लम्केका त होइनन् भन्ने राजनैतिक बृतमा चर्चा पनि चलेको छ । त्यस्तै दोस्रो जनआन्दोलनका बेला तत्कालीन ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा गृह मन्त्री बन्न सफल थापाले जनआन्दोलन दवाउन ठाउँठाउँमा गोली हान्नसमेत आदेश दिएका थिए ।
थापा पटक–पटक मन्त्री भएका थिए। मुसा प्रवृत्तिका थापाले विगतमा पटक– पटक राप्रपा विभाजित गर्दै मन्त्री पद खाएका थिए। पञ्चायतकालमा सञ्चार राज्यमन्त्री भएका थापा प्रजातन्त्र र लोकतन्त्र कालमा ८ पटक मन्त्री भएर लाभ लिएका व्याक्ति हुन् । उनी मन्त्री कति पटक मन्त्री भए, तल विवरण दिइएको छ ।
१) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री,
२) लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री,
३) सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषि मन्त्री,
४) सूर्यबहादुर थापा नेतृत्व सरकारमा १८ मंसिर २०५४ देखि २ वैशाख २०५५ सम्म परराष्ट्र मन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री,
५) तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री,
६) केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री,
७) पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री,
८) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री र उर्जा मन्त्री,
थापाले नयाँ राजनीतिक गन्तव्यका लागि अग्रजसँग सल्लाह गरेर अगाडी बढ्ने बताउँदै आएका छन। थापाले नयाँ यात्रामा साथ र सहयोग गर्न सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन । केही समय यात्रा कठिन र चुनौतीपूर्ण रहे पनि पार्टीभित्र निरीह, लाचार र अपमानित भएर बस्न नसकिने विश्लेषण गर्दै दुःखकष्ट गरेका साथीहरु तथा यस्तो परिस्थितिमा रहेको कार्यकर्ताहरुलाई चाडो गन्तव्यमा पु¥याउने आत्मविश्वास सहित नयाँ यात्रामा एकताबद्ध हुन उनले आफ्ना शुभेच्छुक र समर्थकलाई आग्रह र अनुरोध गर्दै आएका छन् ।
त्यस्तै थापाले अबको यात्रामा विगतमा भए गरेका गल्ती कमि कमजोरीहरुलाई सुधार गर्दै नवीन विचारधारामा जान जो मन वचनले प्रतिबद्ध छन्, त्यस्ता साथीहरूलाई यात्रामा लामबद्ध हुन आग्रह गर्दै कसैलाई करकाप नगर्ने र अन्तर आत्मालाई सोधेर कार्यकर्ताहरुलाई निर्णय लिन अनुरोध गरेका छन् । स्थानीय तहको चुनाव नजिक आइसकेकाले अब सोच्ने समय धेरै नभएको भन्दै थापाले सोचेर चाडो निर्णय दिन समेत कार्यकर्ताहरूलाई अनुरोध गर्दै हिडेका छन् ।
पूर्व राजसंस्थामाथि आरोप
पञ्चायत कालदेखि राजसंस्थाकै नाममा राजनीतिलाई केन्द्रविन्दु बनाउँदै आएका थापाले हाल आएर सोही संस्थामाथि गम्भीर आरोप लगाउँन थालेका छन् ।
गत मंसिर १५–१८ काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै लिङ्देन पार्टी अध्यक्षमा विजयी भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले पार्टी केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै आएका छन् ।
एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएको भन्दै असन्तुष्ट रहँदै आएका थापाले आफूले राखेका मागमा छानबिन नभएमा विकल्प खोज्ने चेतावनी दिएका थिए । थापाले उक्त विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुई पटक अध्यक्षलाई पत्र लेखेका थिए। पहिलो पटक गत मंसिर २७ गते र दोस्रो पटक माघ १६ गते सहिद दिवशका दिनमा अध्यक्ष लिङ्देनलाई पत्र लेखेर औपचारिक आग्रह गरेका
थिए ।
निर्वतमान अध्यक्ष थापाले एकता महाधिवेशनका क्रममा निर्मल निवासले आफुलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै महाराजधिराजको चाहना यस पटक थापालाई हराउने छ भन्दै निर्मल निवासका सचिवले पार्टीका शीर्ष नेताहरुलाई र नेताहरुले जिल्ला तहसम्मका नेताहरूलाई प्रचार–प्रसार गर्दै विभिन्न लोभ लालच देखाउने काम भएको आरोप लगाएका थिए ।
यसरी निर्मल निवासले नियोजित ढंगबाट आफुलाई पराजित गर्न महाधिवेशनमा ४ सय भन्दा बढी मत बदर गराएको थापाको आरोप रहेको
थियो । निर्मल निवासलाई आफूले चुनावभन्दा माथि उठेको संस्थाका रूपमा चित्रण गर्दै आएकोमा हाल त्यो सोच परिवर्तन भएको थापाको तर्क गर्दै आएका छन् ।
निर्मल निवासको पार्टीमा हस्तक्षेप साधारण कुरा नभएको र निर्मल निवास केवल एक नागरिकको बसोबास गर्ने घर नभएकाले उक्त कार्य गर्न नमिल्ने बताएका छन । महाधिवेशनमा निर्मल निवास सक्रिय भएर हस्तक्षेप हुनु असाधारण भएको भन्दै आफुले परिकल्पना गरेको राजा त्यस्तो नभएको उनले बताउदै आएका छन् ।
यदि भोलि राजसंस्था पुर्नस्थापना भयो भने कुनै पार्टीमाथि हस्तक्षेप हुँदैन भनेर कसरी विश्वास गर्ने ? भन्ने प्रश्न गर्दै कसरी राजतन्त्र पुनर्स्थापनाको मुद्दा लिएर चुनावमा होमिने थापाले प्रश्न गरेका छन् । महाधिवेशनमा व्यक्तिगतरुपमा हराउन मात्रै नभई सिंगो राप्रपालाई कमजोर बनाई पार्टीलाई भजनमण्डलीका रुपमा परिणत गराउन खोजिएको थापाले आरोप लगाएका थिए ।
निर्मल निवासले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलोवस भन्ने चाहना राखेको थापाको आरोप छ । पार्टीको ३१ वर्ष इतिहासमा आन्तरिक मामिलामा राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहबाट हस्तक्षेप नभएको स्मरण गर्दै ०७३ सालबाट निर्मल निवासले पटक–पटक हस्तक्षेपकारी भूमिका खेलेको थापाको आरोप छ । त्यस्तै थापाले २०७३ सालमा पार्टी एकीकरण गर्दा ६ महिनामै पार्टी फुट्याइएको आरोप लगाउँदै पार्टीलाई राजनीति भन्दा राजसंस्था पुर्नस्थापना गर्ने भजनमण्डली समिति बनाउन खोजिएको दाबी गर्दै आएका छन् ।
थापाको झुटको खेती
२०७६ फागुन २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमबीच थापा अध्यक्ष रहेको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता घोषणा सभामा बोल्दै तत्कालीन अध्यक्ष थापाले राप्रपा कहिल्यै नफुट्ने दावी गरेका थिए ।
थापाले हिन्दूधर्मालम्बीहरुको पवित्रतम ग्रन्थ ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमसमेत खाएका थिए । आफु नेतृत्वमा रहँदासम्म कहिल्यै पनि पार्टी फुटाउने छैन भन्दै पार्टी कार्यकर्ताहरुलाई विश्वास दिलाउन पवित्र ‘गीता’ हातमा राखेर राप्रपा फुट्दैन भन्दै कसम खाएका थिए । तर, थापाको उक्त कसम दुई वर्ष पनि टिक्न सकेन । अन्ततः थापाले राप्रपा फुटाउने प्रयास गरेरै छाडेका छन् । यी राजनीतिक रूपमा झुट, ठग, वेइमान ठहर भएका छन् । कम्तिमा पनि भूमीपुत्र आदिवासी समुदाय यिनको भ्रममा पर्ने छैनन तर के गर्नु चन्द्र बहादुर गुरूङ नामको एक जनजाती थापाको चंगुलमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार