काठमाडौंवासीलाई गगनको मुक्का

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपाली कांग्रेसभित्र एमसीसीको विषयलाई लिएर दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा एमसीसीलाई तत्काल अगाडि बढाई संसदबाट अनुमोदन गराउने पक्षमा देखिएका छन् भने कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरु एमसीसी निर्वाचनको मुखमा संसदबाट अनुमोदन गराउने अभियानमा लाग्न नहुने पक्षमा उभिएका छन् ।
कांग्रेसको पदाधिकारीहरुबीच भएका छलफलमा उनीहरुले निर्वाचनको मुखमा एमसीसीको विषय उठाउँदा मतमा फरक पर्ने धारणा राखेको कांग्रेस स्रोतले बताएको छ । स्रोतका अनुसार कांग्रेसका नेताहरुले २०७४ सालको स्थानीय निर्वाचनको बेलामा भारतीय नाकाबन्दीलाई औपचारिक रुपमा नाकाबन्दी नभनेर सीमा अवरोध मात्रै भनेको, सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई विनाकारण महाभियोग लगाउने प्रयास र दुई जना सिनियर डिआईजीलाई पन्छाएर तेस्रो कनिष्ठ डिआईजी जय बहादुर चन्दलाई आईजीपी बनाउनुको कारण मतदाता नकारात्मक बनेको उदाहरण दिएर एमसीसीलाई पनि तत्काल अघि बढाउन नहुने दाबी गर्ने गरेका छन् ।
एमसीसीको विपक्षमा तल्लो तहका जनतामा नकारात्मक धारणा रहेको
छ । सरकारले एमसीसीका सबै दस्तावेज सार्वजनिक नगरि लुकाउदै आएको छ । दस्तावेज सार्वजनिक गरेर राजनीतिक दल बीचमा सर्वदलीय छलफल गरि राष्ट्रघाती र दुरगामी प्रभाव पर्ने बिषयमा संशोधन गर्न आवश्यक छ भन्ने कुरा इमानदार, स्वाभिमानी र राष्ट्रवादी कांग्रेसीहरूले उठाउन थालेका छन् ।
नेपालमा एमसीसी बहिस्कार गर्नुपर्ने ठूलो जनमत रहेकाले स्थानीय निर्वाचनमा असर गर्ने बताइरहेका छन् । एमसीसीको पक्षमा अहिले कांग्रेसले अडान राख्यो भने जनमत बिग्रिने र एमालेलाई फाइदा हुन सक्ने भन्दै कांग्रेसका नेताहरु गुरुङ, शर्माहरुको पार्टीभित्र माहोल बनाउन खोजिरहेका छन् ।
त्यस बिषयमा कांग्रेस महामन्त्री गगन कुमार थापा भने रहस्यमय ढंगले मौन बसेको कांग्रेसका नेताहरुले बताइरहेका छन् । थापा निकट युवा नेताहरुले एमसीसी सम्बन्धी निर्णय आगामी संसदलाई जिम्मा दिनुपर्ने तर्क गर्न थालेका छन् । तर थापा भने मौन छ । थापालाई अमेरिकी दलालका रूपमा हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार