प्रहरीले चाहे के हुँदैन ?

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

विराटनगर । मोरङको उखुबारी हत्याकाण्ड कारोबार रकम एकलौटी बनाउन खोज्दा घटेको दुःखदायी घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको साथीले नै प्रलोभनमा परी मोरङमा दुई जना र ललितपुरमा एक जनाको हत्या गरेको प्रहरीले गत शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
गत माघ १२ गते मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा प्रहरीले शव फेला पारेको थियो । उखुबारीको दुईटा खाल्डोबाट दुईटा शव निकालिएको थियो । शव गलाउन हत्याराले नुन समेत प्रयोग गरेको फेला परेको
थियो । पहिलो शव सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु कुमार चौधरीको थियो भने दोस्रो भक्तपुर बस्ने सुनसरी धरान उप–महानगरपालिका ३ का ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले यसै घटनामा सम्बन्धित गत माघ २० गते महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी जिल्ला ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरबाट तेह्रथुम संक्रान्ति–२ स्थायी घर भएका हाल काठमाडौं महानगरपालिका –८ बस्ने मोहन लिम्बूको शव फेला पारेको थियो ।
घटनामा मृतककहरुकै व्यावसायिक साझेदार अनिलकुमार मण्डलको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट रहस्य खुलेको प्रहरीले जनाएको छ । उनीहरु चार जनाको समूहले हाइड्रो पावर, सिमेन्ट लगायत क्षेत्रमा लगानी गरेको र त्यसको नाफा रकम एकलौटी पार्न मण्डलले हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् । शवसँगै फेला परेको पर्सभित्र रहेको सवारी चालक अनुमति पत्र, कपडा लगायतले मृतकको पहिचान गर्न सफल भएको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार