अतिक्रमण गर्नेलाई नछोड्ने

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । कोषका सदस्य सचिव, कोषाध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको मिलेमतोमा टहरा बनाउने ठेक्का दिएर करोडौ कमिशन खाएको रहस्य खुलेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले टहरा भत्काउन निर्देशन दिएका छन् ।
पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल–उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको छ ।
कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाइने भएको छ । आगामी १५ दिनभित्र अर्थात २०७८ फागुन ३ गते भित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएको छ । पशुपतिनाथ क्षेत्रमा भारतले बनाइ दिएको धर्मशालामा बतास समुहले आनन्द होटल सञ्चालन गरेका थिए । त्यसलाई पनि हटाएर सस्तो धर्मशाला सञ्चालन गरिदै आएकोमा यसको विषयमा पनि कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार