समाजवादीद्वारा गोलमेच सम्मेलनको माग

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडालेएमसीसी संसदबाट अनुमोदन गर्न गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसी राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको विषय भएकोले यो विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन नगरी पाँच दलीय गठबन्धनले मात्रै संसदबाट अनुमोदन गर्न नसक्ने बताएका छन् ।
एकीकृत समाजवादीका उप महासचिव जगन्नाथ खतिवडाले पुरानो जनमतलाई आधार मानेर पाँच दलीय गठबन्धनले पुरानो जनमतका नाममा बलजफ्ती गर्न नहुने तर्क गरेका छन् ।
एकीकृत समाजवादीको २०७८ माघ १९ गते बुधवारको सचिवालय बैठकमा पनि यही विषयमा छलफल गरेको थियो । एकीकृत समाजवादी अहिलेकै अवस्थामा संसदबाट एमसीसी अनुमोदन गर्ने पक्षमा रहेको छैन । त्यसैले, उसले आगामी चुनावपछि मात्रै एमसीसीको विषय टुंगो लगाउनुपर्ने बताउने गरेको छ ।
त्यही आधारमा खतिवडाले नयाँ जनादेश आएपछि मात्रै एमसीसीको पक्षमा धारणा बनाउनुपर्ने तर्क गरेका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकमा खतिवडाले एमसीसी सामान्य बहुमत होइन, दुईतिहाईले अनुमोदन गर्नुपर्ने पक्षमा पनि उभिएका छन् । एमसीसी सन्धिसम्झौताकै आधारमा अनुमोदन गर्ने भएकोले यो दुईतिहाई मत आवश्यक पर्ने बताएका छन् । सामान्य बहुमतको नाममा राष्ट्रिय हीतको विषयलाई सामान्य बहुमतको प्रसंग उठाउन नहुने बताइरहेका छन् ।
एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिएको अवस्थामा नेता कार्यकर्तालाई सम्झाउन नसकिने विश्लेषण गरिरहेको छ । उसको बुझाइमा एमसीसीको पक्षमा उभिएमा धेरै नेता कार्यकर्ता एमालेमा फर्किने संभावना रहेको बताइ रहेका छन् । त्यसैले ए कीकृत समाजवादीले एमसीसीभन्दा पनि पार्टीलाई ध्यान दिनुपर्ने पक्षमा उभिने खतिवडाले बताएका छन । बरु, संसद विघटन भई अर्लि इलेक्सन नै भोग्ने तर एमसीसीको पक्षमा उभिन नहुने नेताहरुले धारणा राखिरहेका छन् । त्यसैले, एकीकृत समाजवादीका नेताले गोलमेच सम्मेलनको नयाँ अवधारणा ल्याएर एमसीसीको बहसलाई फराकिलो र जनताको तहसम्म पुर्याउनुपर्ने अडानमा देखाएका छन् । संसदबाट एमसीसी सजिलै पारित हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार