एमसीसी नेपालको लागि घातक

द्वारा प्रकाशित गरिएको हो |
January 31st, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

मदन रेग्मी

चाउ सेङपिङ नेपालमा एक परिचित नाम हो । उनी नेपाल मा सिन्ह्वा न्युज एजेन्सीको ब्युरो प्रमुखको रुपमा १० बर्ष काम गरे । उनी नेपालको प्राय सवै जसो महत्वपूर्ण विधाका जानकार
छन् । नेपालको परराष्ट्र नीति, आर्थिक नीति, व्यापार नीति र नेपालको राजनीति लगायत अन्य धेरै विषयमा उनले लेख लेखेका छन् । चाउ सेङ्पिङ बरिस्ठ पत्रकार हुन् र चिनियाँ परराष्ट्र नीतिका ज्ञाता पनि हुन् । उनी नेपालका असल मित्र पनि हुन् । उनले चीनमा नेपाललाई चिनाउन धेरै लेखहरु लेखेका छन् । विभिन्न पुस्तकका लेखक चाउले नेपालको विभिन्न पक्षवारे गहिरो अध्ययन गरि एउटा पुस्तक निकाल्नु भएको छ जसको नाम “चिनियाँ पत्रकारको नजरमा नेपाल (सुधार वा समाप्त होउ)” । यश पुस्तकको पहिलो अध्यायमा चाउ नेपाललाई सानो भन्ने गरेकोमा प्रतिवाद गर्छन् र नेपाल बिश्वका धेरै देशहरु भन्दा चिनिएको अशल र खुस देश भन्छन् । नेपालले गरेको उपलब्धि बारे उनी लेख्छन १८८४–२०१० को अबधिमा गरिवीको दर ८१% बाट झारेर ७.२६% मा ल्याएको जुन उच्च गरिबी न्युुनिकरणको ७३% हो । यो अंक ईण्डियाको भन्दा धेरै अगाडि छ जहाँ अहिले पनि गरिबी ब्याप्त छ । चाउलाई नेपालीहरुले आफुलाई सानो भनेको पटक्कै मन पर्दैन र लेख्छन् स्विजरल्याण्डको क्षेत्रफल ४१,२८५ बर्ग किमि छ तर उसले आफुलाई सानो कहिले भन्दैन । यस पुस्तकको हरेक अध्यायमा गम्भीर कुराहरु लेखिएका छन् जुन नेपालका समग्र बुद्धिजीवीहरुले थाहा पाउनु पर्छ । नेपाल–चीन सम्वन्धलाई कम महत्व दिएको छ भन्ने शिर्षकको अध्यायमा उनी लेख्छन् “दुर्भाग्यबस १५०० किमि लामो सिमाना जोडिएको चीनको तिब्बत र नेपाल विच, यो नेपाल भुमिलाई धन्यवाद दिनुपर्छ कि अहिले यसलाई चीन घेर्ने रणनीतिको आदर्श मोर्चा बनाईएको छ” । दुर्भाग्यवश फेरिपनि नेपालले ईण्डियालाई अनेकौं खेल खेल्नको लागि आफ्नो सुविधाजनक मैदान उपलब्ध गराएको छ । चाउ लेख्दछन् “आजभोलि यी खेलाडीहरु बाहेकपनि अरु थुप्रै खेलाडीहरुले नेपालमा उपस्थिति बढाएका छन् । यश प्रकार क्रस फायरवाट कसरी बच्ने भन्ने सिक्नु अत्यन्त आवश्यक भैसकेको छ ।” चाउ लेख्छन् “यथार्थ के हो भने चीनले तिब्बतको रक्षा आफैले गरिरहेछ यसले गर्दा नेपालको रक्षा भैरहेछ । नेपालको अस्तित्व अदृश्य रुपमा यसप्रकार सुरक्षित रहेको छ त्यसैले तिब्बतको सुरक्षा गर्नु नेपालको एक जिम्मेवारी हो भन्ने बुझ्नुपर्छ” । नेपाली काङ्ग्रेसको सरकारसँग कसरी ब्यवहार गर्ने भन्ने एक नयाँ चुनौतीको रुपमा देखापरेको भन्दै उनी लेख्छन् नेपाली काङ्ग्रेस चीनको कुनै शत्रु हैन र ईण्डियाको कठपुतली पनि हैन । उनको भनाइ छ नेपाली काङ्ग्रेस र चिनियाँ कम्युनिस्ट पार्टी वीच सहकार्य हुन सक्छ र यसले काङ्ग्रेसलाई धेरै फाईदा दिने छ । चाउ लेख्छन केहि वर्ष यता देखापरेको समस्या चीनले पर्याप्त गृहकार्य नगर्नु र यसवारे बढीनै विश्वास गर्नुको कारण सृजना भएका हुन जसले गर्दा थुप्रै गल्तीहरु भएका थिए । यसैक्रममा चाउ लेख्छन् “चीनलाई सवभन्दा ठुलो पश्चताप नेकपालाई कसले पोषण गरिरहेछ भन्ने लेखाजोखा नगरि उसमाथि अत्याधिक विश्वास गर्नु हो अन्ततः यो कम्युनिस्ट सरकार सडकमा आईपुग्यो ।” उनको धारणा छ चीनले सिद्धान्त र आकारलाई नजरअन्दाज गर्दै चीनको मित्रहरुको संख्या बढाउनु पर्छ । लेखकले विभिन्न अध्यायमा गम्भीर कुराहरु लेख्नु भएको छ जसले नेपालमा एमसीसीको रणनीतिक स्वार्थ र एमसीसीसँगको नेपाल सरकारको सम्झौतालाई अन्तर्राष्ट्रिय सम्झौताको रुपमा राखेर यो सम्झौतालाई अन्तर्राष्ट्रिय कानुन सम्वन्धि सिद्धान्तबाट निर्देशित हुनेछ भनिएको छ । यसरी एमसीसी नेपालको कानुन र सर्बोच्च न्यायलयको अधिकार क्षेत्र भन्दापनि माथि रहेको
छ । उनी लेख्छन् एमसीसीले नेपाल सरकारलाई ५०० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने छ ।” एउटा भनाइ छ संसारमा सित्तैमा सियो पनि पाइन्न । यसरी नेपालले ५०० मिलियन डलर लिएर यसको बदलामा नजराना स्वरुप आफ्नो संप्रभुता, सर्बोच्च अधिकार र शक्ति हस्तान्तरण गर्नुपर्ने
छ । लेखकले एमसीसीका प्रत्येक बुदाहरुलाई ब्याख्या सहित राखेका छन् र यसलाई नेपालले स्विकार गर्दा नेपालले आफ्नो अस्तित्व नै गुमाउनु पर्नेछ । उनी लेख्छन् सन् १८१६ को सुगौली सन्धि र १९५० को नेपाल भारत सन्धि जस्तै एमसीसीले पनि नेपालको सार्बभौमसत्तालाई क्षयकरण गर्दै लैजाने छ । नेपालवाट चीनले विद्युत किन्न सक्ने संकेत गर्दै उनी लेख्दछन् “जवकि नेपालसँग जोडिएको तिब्बतको सवैभन्दा दुर्गम गाउँले चीनको राष्ट्रिय विद्युत गृहबाट आधुनिक उर्जा उपभोग गर्न सक्छ भने के चीनले नेपालको अतिरिक्त उर्जा खरिद गर्नुपर्ने नहोला र ?” अर्को सुरक्षा सम्वन्धि जटिल प्रश्न उठाउदै चाउ लेख्छन् “नेपालले अतिरिक्त जलविद्युत उर्जा ईण्डियालाई विक्रि गर्नु परेको छ जसले गर्दा विगत आधा शताब्दी यता पटकपटक नाकाबन्दी लगाई नेपाललाई थिचोमिचो गरेको देशमाथिको परनिर्भरता झन् गहिरिएको छ । दुखको साथ भन्नुपर्दा चाहे अतिरिक्त उर्जा होस वा उर्जा संकट, यसले राष्ट्रिय सुरक्षालाई सहज–भङ्गुर र कमजोर तुल्याएको छ । “स्वतन्त्र–तिब्बत गतिविधिले भविष्यको बाटो थुन्छ भन्ने शिर्षकमा चाउ लेख्छन् पटक पटक भएका षड्यन्त्र मुलक गतिविधिले यो सन्देश प्रवाह गर्छ नेपाल चीनको सुरक्षाको लागि अझै पनि सुरक्षित स्थान रहेको छैन र चीन विरोधी शक्तिहरुले यहाँबाट यस्ता खेलहरुलाई जारी नै राखेका छन् । यसरी समस्या कायमै रह्यो भने राष्ट्रिय सुरक्षा र स्थायित्वको लागि चीनले सिमानामा पर्खाल लगाउनु पर्ने हुन्छ । फलस्वरूप नेपाल–तिब्बत बीचको बृहत् सहयोग नराम्रोसँग प्रभावित हुने छ । माथि भनिएझै यसवाट नेपालले सवैभन्दा ठुलो क्षति बेहोर्नु पर्छ । यसो भएमा अपराधीहरु त खुशी हुनेछ तर ३ करोड नेपाली हरुले रुनुपर्ने अवस्था आउने
छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार