माछापुच्छ्रे अझै निषेधित किन?

द्वारा प्रकाशित गरिएको हो |
January 31st, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

—निनाम लोवात्ती
नेपालका धेरै हिम शिखर अभैm पनि स्वदेशी तथा विदेशी पर्वतारोहणका निषेध गरिएका छन् । पर्वतारोहीका लागि आरोहण गर्न निषेध गरिएका हिमालमध्येको एक हो, ‘(माछापुच्छ्रे हिमाल ।’ जुन हिमालको उचाई ६,९९३ मिटर रहेको छ । माछापुच्छ्र्रे हिमाल गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे्र गाउँपालिकामा पर्छ । सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल+म्याटर्नहर्न ! पनि भनिन्छ भने, स्थानीय गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । तर, सुरुदेखि नै माछापुच्छ्र्रे हिमाल आरोहण गर्न नेपाल सरकारले निषेध गरेको भने थिएन । त्यसैले अब यो हिमाल खोल्नका लागि आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ ।
इतिहास हेर्दा÷पढ्दा सर्व प्रथम सन् १९५६ मा माछापुच्छ्र्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरुले गरेका थिए । उनीहरु बेलायती टोलीका सदस्य रहेका
थिए । स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्र्रे आधार शिविर जाने बाटो) मा सो वेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यसैकारण सोभन्दा माथिका ठाउँलाई अंग्रेजी भाषामा ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे्र हिमाल आरोहण गर्ने प्रयास गर्यो । सो टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भएर फर्के । स्मरणीय छ, सो आरोहण टोलीका ‘टोली नेता’ कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा समेत रहेका थिए । संभवतः उनले आपूmले चढ्न नसकेको चुलीमा अरु पनि ‘नगए÷नचढे हुन्थ्यो !’ भन्ने उनको व्यक्तिगत मनसाय वा भावना हुनु स्वाभाविक हो, जुन कुरो सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आप्mनो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजक डा. हर्क गुरुङ आपैm रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा आप्mनो अनुभव यसरी लेखेका छन्, ‘(सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरु घुमेँ । हिमचुलीहरुको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
गुरुङले भनेझँै एकजना मानिसको चाहनाले त्यो वेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रुपमा स्थापित
भयो । यदि त्यसो नभएको (गलत नजीर नबसेको भए) भए सगरमाथा हिमाल आरोहणपछि संभवतः माछापुच्छ्रे हिमाल आरोहणका लागि धेरै ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्वतारोहीहरु ओइरिने थिए भनी हामीले सबैले किटेरै भन्न सकिन्छ ।
त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरै वर्षपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरुको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नु पर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनु पर्छ भनेका थिए ।
खासमा कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै हो कि ? कुनै पनि हिमाल कति आकर्षण रहेको छ ? भन्ने बारेमा के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नका लागि कति अप्ठ्यारो बाटो छ, कति उचाईको हमाल हो, हालसम्म कति पर्वतारोहीले सो हिमाल चढे ? भन्ने लगायत कुरोहरुले पनि निर्धारण गर्ने गरेको हुन्छ ।
हुन त पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब स्वदेशी तथा विदेशी पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने÷खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आप्mनो राय÷सुझाव दिई सकेको÷पठाई सकेको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर(४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने÷नदिने अधिकार केन्द्रीय सरकारमा नीहित रहेको बताउँछन्, प्रवक्ता शाही ।
अहिलेको नेपाली समाज त्यो वेला (लगभग ७० वर्षअघिको) को भन्दा धेरै फरक सोच्ने र बुभ्mने भई सकेका छन् । त्यसैले अहिले फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरुले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अभैm पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ !’ भन्लान् ।
त्यसैले अब केन्द्रीय सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई स्वदेशी तथा विदेशी (विश्वभरिका) पर्वतारोहण प्रेमीहरुका लागि खुल्ला गरोस् । वास्तवमा माछापुच्छ्रे हिमाल पनि गण्डकी प्रदेशको विकासको ढोका खोल्नमा ठूलो आर्थिक भूमिका खेल्न सक्ने संभावना देखिन्छ । यसरी हेर्दा कसैले स्वीकारे पनि नस्वीकारे पनि धेरै अर्थले, धेरै कारणले माछापुच्छ्रे हिमालले गण्डकी प्रदेशको विकासको ढोका खोल्ने निश्चित छ ।
केही कारणहरु उललेख गर्नै पर्दा माछापुच्छ्रे हिमाल अन्य हिमाल हेरी केही सुगम स्थानमा छ, आकर्षक रहेको छ । अनि अति सुन्दर पनि रहेको छ । उचाई पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको रहेको छ । सबैभन्दा महत्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् ‘भर्जिन !?’ रहेको छ भने, यातायातको दृष्टिले पनि सुगम स्थानमा रहेको छ । अर्को भनेको गाउँ(वस्तीबाट पनि नजिकै रहेको छ ।
साथै त्यहाँ अर्थात् माछापुच्छ्रे हिमाल जाने बाटार पर्ने ठाउँ लगायत वरिपरिका क्षेत्रमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले विगत लामो समयदेखि त्यहाँ रहको जैविक विविधता, वन(जंगल, चरा(चुरुङ्गी, जनावर हिमाली क्षेत्रको वातावरण, मौसमी प्रकोप, जलवायु परिवर्तनका कारण हुने आकस्मिक दूर्घटनाहरु जस्तै बेमौसममा आउने हिमपहिरो बाढीपहिरो, हिमताल फुट्ने समस्या, अति सुक्खाका कारण हुन सक्ने डढेलो आदि रोकथामका लागि स्थानीय समुदायसँग सहकार्य गरेर धेरै कामहर गरेको छ, गर्दै आएको छ । यसरी माछापुच्छ्रे र यसका वरिपरि मात्रै नभएर सम्पूर्ण अन्नपूर्ण क्षेत्रको समग्र वातावरण, संरक्षण गर्नका लागि स्थानीय आदिवासी र त्यहाँ बस्दै आएका अन्य जातजातिले पनि स्थानीयस्तरमा बोलिने भाषा, लगाईने भेषभुषा, स्थानीयस्तरमा पालना गरिने संस्कार, संस्कृति, रहनसहन, मानिने धर्म, चालचलन आदिको अपनत्वसहित संरक्षण र सम्वद्र्घन गर्दै आएका
छन् । भने त्यसमा सुरुदेख नै ‘अन्नपूर्ण संरक्षण आयोजनाले साथ र सहयोग गर्दै आएको छ ।’ त्यसैले अब माछापुच्छ्रे हिमाललाई आरोहण गर्नका लागि अनुमति दिने बित्तिकै ह्वार(ह्वार्ती पर्वतारोही र पदयात्रीहरु सो क्षेत्रमा आएपछि वा भनौं मान्छेको भीड बढ्न थालेपछि माछापुच्छ्रे हिमालको सुन्दरता नै बिग्रने हो कि, अथवा नाश हुने पो कि ? भनी हामीले चिन्ता गरिरहनु जरुरी छैन ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार