१ नं. प्रदेशको नाम नजुर्नुको कारण?

द्वारा प्रकाशित गरिएको हो |
January 24th, 2022
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

—निनाम लोवात्ती
आजको यो लेखमा नेपाललगायत विश्वका अधिकांश देशमा हालसम्म ‘राई !’ जाति भनेर चिनिदै आएका किराती महाजातिभित्रका त्यसमा पनि १६ खम्बुका सन्तान अर्थात् ‘राई !’ जातिबारे वास्तविकता के हो त ? र, हालसम्म नाम नजुरको १ नम्बर प्रदेशको नाम के हुन सक्छ ? ‘किरात–लिम्बुवान’ कि, ‘किरात–खम्बुवान’ कि अथवा ‘किरात’ मात्रै राख्ने ? भन्ने सम्बन्धमा एकदमै गाँजेमाजे ढंगले लेख्दैछु । खासमा जातीय स्वपहिचानको कुरो गर्दा युरोप महादेश, अमेरिकालगायत भौतिक विकासले चरम सीमा नाघेको भनिएको देशमा समेत ‘जातीय स्वपहिचान वा स्वत्व !’ भन्ने भूतको छाँया
(वास्तविकता पनि त्यही हो ।) देशको, प्रदेशको र स्थानीय निकाय र गाउँठाउँको नाम समेतले आप्mनो पितापूर्खाको इतिहास, भूगोल, आप्mनो मातृभाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति आदि कुनै न कुनै रुपमा प्रतिनिधित्व गरोस्, उल्लेख होस, लेखियोस् भन्ने चाहना जुनसुकै देशका जातजाति, भाषाभाषी र धार्मिक समूहहरुले लिएका हुन्छन् । तर, नेपालमा त्यसको ठ्याक्कै उल्टो रुप लिएको वा लिने गरेको देखिन्छ । कसरी ? भन्ने बारेमा अहिले केही नलेखौं है, पछि छुट्टै अर्को लेख लेखौंला ।
नेपालमा पनि विसं २०६२÷०६३ को दोस्रो जनआन्दोलनले ल्याएको राप र तापपछि आएको राजनैतिक परिवर्तनपछि नेपालमा राज्य पुनः संरचनामा जाँदा ‘जातीय स्वपहिचान, भाषा, ऐतिहासिक भूमि, भूगोल आदिका आधारमा प्रदेशहरुको नाम रहनु पर्छ !’ भन्दा जस (जुन वर्गले) ले ‘यस्तो जातीय सद्भाव भड्काउने कुरो पनि गर्ने ?, साम्प्रदायिक कुरो पनि गर्ने ?, अहिलेसम्म मिलेर बसेको नेपाली समाजलाई भाँड्ने ?’ भनी ठाडै हप्काउने, दप्काउने वा भनौं सम्झाउने, बुझाउनेह गरियो । तर, उनीहरुले नै धेरैअघि ‘आ–आप्mनो थर, उपथर र गोत्र (वंश) को आधारमा ‘संगठन’, ‘समाज’ अथवा ‘गुठी’ गठन गरी सकेको भने कसैलाई भनेन् । न त हाम्रा आदिवास जनजाति मूलका भन्ने÷भनिन चाहने ‘ग्वाँजे !’ नेताहरुले नै त्यसको हेक्का राखे । त्यस्तो भएपछि सम्बन्धित जात समूह बाहेकका धेरै कम ‘आदिवासी जनजाति !’ भनिनेहरुले पसन धेरै पछि मात्रै थाहा पाए वा बुझेका होलान्, जातले पनि बाहुन र व्यवहारले पनि…हरुको चाला !? त्यसैलेले उनीहरु आदिवासी जनजाति मूलका मान्छेलाई नै अघि सारेर केही प्रदेशको नाम भूगोल र खोलानालाको नाममा राखीसके भने, बाँकी केही प्रदेश १ को नाम पनि भूगोल र खोलानालाकै नाममा राख्नेवाला
छन् । राज्य पक्षका मान्छेहरु सकेसम्म १ नम्बर प्रदेशलाई ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’ वा ‘किरात’ नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरुले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन् !’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरुले त्यसका लागि बढी से बढी ‘सगरमाथा–कोशी’, ‘सगरमाथा–मकालु’, ‘शप्तकोशी’ नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरुका लागि १ नम्बर प्रदेशको नामहरुमा ‘मेची’, ‘कोशी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि पो उपयुक्त होला । संभवतः राज्य पक्षका कुनै न कुनै माननीयले यस्तो नामहरु प्रस्ताव गर्न बेर पनि छैन, १ नम्बर प्रदेशको आगामी हिउँदे अधिवेशनमा । किनभने, उनीहरुका लागि ‘मेची’, ‘कोशी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि नाममा भएमा जातीय नाम हुने छैन । यसले सबै जातजाति र भाषाभाषीको प्रतिनिधित्व पनि गर्ने छ, उनीहरुका नजरबाट
हेर्दा । किनभने, यो वा ऊ नाममा विगत लामो समयदेखि एकल ढंगले राज्य चलाउँदै आएकाहरुका लागि माथिका पछिल्लो नामहरुमा किरात वा किराती जातीय नाम छैन !? त्यसका लागि (पछिल्लो नामहरु प्रस्ताव गर्नका लागि) हाम्रै भनिएका आदिवासी जनजाति मूलका प्रा., डा., प्राडा र बौद्धिक वा बुद्धिजीवी भनिनेहरु र मझौला खालका आदिवासी जनजाति मूलकै नेता पनि प्रयोग हुने संभावना देखिन्छ छ ।
जे होस्, यो लेखमा अरु भन्दा पनि असलीयतमा १६ खम्बुका सन्तान तर, हालसम्म उनीहरु आप्mनो असली जातीय स्वपहिचान र तथ्य–तथ्यांकविहीन रहेका अर्थात्
‘राई !’ जातिमा गाँजेमाजे ढंगले जानाजान वा अञ्जानमा गाभिएका अनि आगामी दिनमा ‘भीड र ठूलो संख्या !’ देखाउने नाममा जातीय स्वपहिचानविहीन ‘राई !’ हुने÷बन्ने कि, जातीय स्वपहिचान र अस्तित्व सहित ‘राउटे’ (हुन त राउटे भन्दा पनि कम जनसंख्या भएको दुई वटा जातिहरु रहेका छन्, नेपालमा । तर, ती दुई जातिको चर्चा राउटे जातिको जत्ति नभएकोले गर्दा होला, हाम्रा राई सर राईनी म्याडमले ‘फुटेर राउटे हुने, राउटे हुने !’ भनी उदाहरण दिन्छन् । बाँकी कम संख्या भएको दुई जातिको नाम लिएर भने उदाहरण दिँदैनन्, उच्चारणण गर्दैनन् ।) आपस्तमा यस्तो भएपछि राज्य पक्षलाई ‘बाख्रोको … काटेपछि बोकोलाई…!’ भने जस्तै भएको छ ।
त्यसो त ‘किरात सभ्यता’लाई विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रुपमा पैmलिएको सभ्यताहरुमध्ये एक मान्ने गरिन्छ । किरात÷किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण– पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारतहरुमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको
पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरु) मा पनि किरात जातिको उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले १ नम्बर प्रदेशका किराती मूलका मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका साथै बाहुन, क्षेत्री, सन्यासी, दलित, मधेसी आदि (यो पंक्तिकारलाई थाहा भएसम्म १ नम्बर प्रदेशमा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरु हुनुहुन्न ।) का माननीय ज्युहरुले ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाई मात्रै होइन प्रदेश नम्बर १ को सिंगो संसदले एक मतले पारित गर्नु होस् । तपाईँहरुले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबै सबैले तपाईँहरुलाई हार्दिक नमन गर्ने छ । हार्दिक धन्यवाद भन्ने छ ।
किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू(भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । हँुदाहँुदा अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा
(चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश, अभैm पनि किरात प्रदेश नाम रहने संभावना नदेखिएको !) को सानो भू–भागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आप्mना पिता–पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आपूm असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा “(‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन÷भनाउन वा लेख्न÷भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङ लगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ÷देखिन्छ । तर, सुखद् कुरो के भने, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, लाप्चा, सुनुवार र याक्खा आदिले भने आजभोलि आप्mनो नामको पछाडि जात वा जाति (खासमा विश्वका कुनै पनि आदिवासी जनजातिहरु ‘जात’ नभएर ‘जाति’ हुनुपर्ने हो) लेख्दा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका
छन् । यसमा पनि महत्वपूर्ण कुरो के रहेको छ भने, माथिका चारवटै जातिका कुनै पनि व्यक्तिले झुक्किएर वा जानाजान आप्mनो नामको पछाडि जात वा थर ‘सुब्बा’, ‘मुखिया’ र ‘
द भनिनेहरुका साथै किरातजन्य संघसंस्थाका अगुवाहरुले पनि चाहिने हदसम्मको जिज्ञासा र चासोका अगाडि बढ्नुपर्ने देखिन्छ ।
हुन त गएको कात्तिक–मंसिरमा भएको १२ औं राष्ट्रिय जनगणनामा कुलुङ लगायत १२ वटा किराती जातिहरुले अलग–अलग जातिगत कोड र भाषागत कोड पाएका थिए । त्यसो हुनाले उनीहरु ‘राई !’ मा नगाभिएर अलग्गै जातिका रुपमा पक्कै पनि आउने छन् । तर, संख्या के कति
हुन्छ ? अहिले नै भन्न सकिने अवस्था भने छैन ।
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७,
९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार