राष्ट्रघाती क्रम जारी

द्वारा प्रकाशित गरिएको हो |
January 19th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । गणतन्त्रको नाममा आएका सवै सरकारहरुप्रति चनाखो भएर बस्नुपर्ने अवस्था छ । भ्रष्टाचार गर्नुबाहेक यिनिहरुको भुमिका देशै विरुद्ध गैरहेको देखिन्छ । राष्ट्रिय परिचयपत्र के–का लागि जवकि नागरिकता कै आधारमा पासपोर्ट लगायत सवै काम हुने गरेको छ । देशका कतिपय भुभागमा बसेका नेपालीहरुले अझै नागरिकता पाउन बाकी रहेको तथ्य थाहा नभएको हैन तर यिनिहरुको संख्या ठुलो छैन । वास्तविक नेपालीले त नागरिकता पाईरहेकै छ । पंञ्चायतको समयमा वि.सं.२०२४ लाई अगत याा उभचष्यम मानेर ३÷४ लाख भारतीय हरुलाई नागरिकता दिईयो । जनमतसंग्रहमा पनि यो प्रकृया बढ्यो । त्यसपछि बहुदलीय ब्यवस्था र लोकतन्त्रको आगमन सँगै पचासौं लाख भारतीयहरुलाई नागरिकता दिएको स्पस्ट देखिन्छ । त्यसवेला नेपाली नागरिकता पाईने पसलहरु नेपालको सिमा नजिकै भारतीय भुमिमा खोलिएका थिए । अहिले पनि नेपाली सिमा नाका जोडिएका भारतीय बजारहरुमा नेपालबाट चोरिनिकासी गरेर लगिएको बालुवा गिट्टी र काठहरु पाईन्छ भन्ने साईनबोर्डहरु देख्न सकिन्छ भन्ने धेरै बाट सुनेको छु । यस्ता क्रियाकलाप असह्य भएको भन्ने विश्वास भएको नेपालीहरु अहिलेकै प्रकारले शासन चल्ने हो भने ६÷७ बर्षमै नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डता अझ बढी मासिदै जाने संकेतहरु देखा परिरहेछन् ।तथाकथित राष्ट्रिय परिचयपत्र पनि भारतीय नागरिक लाई नागरिकता दिने उदेश्य ले ल्याईएको हो भन्ने दावी गरिदै छ । राष्ट्रिय परिचयपत्रको सम्वन्धमा कुनै पनि पार्टीहरुले केही वोलेका छैनन् । नेपालको लिपुलेकबाट बाटो बनाईदै छ भन्ने भारतीय प्रधानमन्त्रीको भनाइलाई विरोध गर्दै उक्त बाटो निर्माण रोक्न वर्तमान सरकारले कुनै प्रकारको अभिब्यक्ति दिएको छैन । मदन रेग्मीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार