छोटे राजाहरुको चकचकी

द्वारा प्रकाशित गरिएको हो |
January 19th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । माओवादी जनयुद्ध र २०६२÷०६३को जनआन्दोलन पछि राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषित भएपनि पुरानै बोटलमा नयाँ रक्सीझै शासकीय स्वरुप र संरचनामा मात्र नभइ अन्य कुनै पनि कुरामा परिवर्तन भएको देखिएन । नेपाल गणतान्त्रिक शासन पद्धतीमा गएपछि ठूला राजनैतिक दलका नेताहरुले पूर्वराजा महाराजाहरुको शालिक तोडफोड गर्नेदेखि, राजखानदानहरुका सदस्यहरुको नाममा राखिएको संस्थाहरुको नाम समेत परिवर्तन गरे, तर नाम फेरिए अनुसार काम गर्ने शैली भने फेरिएन । महाराजाहरु विस्तापित भए पनि राजनैतिक दलका नेताहरु छोटे महाराजाको रुपमा मुलुकमा हावी भए । उनीहरुको शाषन शैली आचरण निरंकुश तानाशाह भन्दा एकरती पनि फरक देखिएन । जसको दुःख परिणाम नेपाली जनताले भोग्नु परिरहेको छ । एकातिर जनमुखी गणतान्त्रिक संविधान लागुहुनु नसकिरहेको अवस्था छ भने अर्काेतर्फ सर्वत्र महँगी, हाहाकार व्यभिचार, कुरीति, भ्रष्टाचार व्याप्त छ । शान्ति सुरक्षाको नाममा नागरिक ज्यूधनको सुरक्षा
छैन । बलात्कार, अपहरण तस्करी धन्दा फस्टाइरहेका छन् । आम नेपालीले शान्ति र अमन चयन महसुस गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा कुनै पनि राजनैतिक दलका नेताहरु जनहितको काम गर्नुतर्फभन्दा बढी कसरी हुन्छ सत्ता कब्जा गर्ने वा आफ्नो कुर्सी जोगाउने र नातावाद, फरियावादलाई प्रशय दिने अभियानमै तल्लिन देखिन्छन् । राजनैतिक विश्लेषणहरुका अनुसार नेताहरुको यो नाटकीय चालबाजीले नेपाली जनतालाई ठूलो आघातमा पुर्याएको छ । यस्तो अवस्थामा राजनैतिक नेतृत्वको विरुद्ध जनता सडकमा किन नउत्रने ? देश बनाउने कथित ठेकेदारहरुले नै गति छाडिसकेपछि जनताले विद्रोहको ज्वाला फुक्नु अस्वभाविक होइन । त्यसैले अब जनताहरुनै जागरुक हुनुपर्छ । नेपाल संवैधानिक राजतन्त्रमा छदा नेपाली जनताले सेता हात्तीको रुपमा एउटा राजा वा राजसंस्थालाई मात्र पोस्नु परेको थियो तर वर्तमान गणतान्त्रिक पद्धतिमा मुलुक गएपछि राजा जस्ता संयौ सेता हात्तीहरु पाल्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार