जसले हामीलाई बाटो देखाउनुभयो

द्वारा प्रकाशित गरिएको हो |
January 18th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

—निनाम लोवत्ती
भोजपुर जिल्लाको तत्कालीन ‘कुलुङ गाउँ पञ्चायत’ (शायद राणा शासन कालमा गाउँ पञ्चायत थिएन पनि
होला !) को ओख्रेमा विसं १९७८ जेठ १५ गते मामा (आमा) जिनावरीको कोखबाट जन्मनु भएका र कृष्णबहादुर गान्खुको पापा (बुबा) को नाम गम्भीरध्वज हो । यसरी विसं १९७८ जेठ १५ गते यो धरतीमा मानवको रुपमा पाइला टेक्नु भएका उहाँ अर्थात् कृष्णबहादुर गान्खु ज्युले विसं १९९८ मा बेलायती सेनामा जवानका रुपमा भर्ती हुनु भएको थियो भने उहाँले विसं २०२३ सालमा क्याप्टेन पदसम्म पुगेर अवकास लिनु भएको
थियो ।
अवकासपछि सुनसरी जिल्लाको धरानको चौकीबारी (धनकुटे रोड) मा स्थाई रुपमा बस्न थाल्नु भएका गान्खु ज्युको बाँकी जीवन ‘आफ्नो समुदाय (कुलुङ जाति) को भाषा, साहित्य, संस्कार, संस्कृत आदिको उत्थानमा लागेर वा केही गरेर बिताऊँ !’ भन्दा पनि तत्कालीन व्यव्स्थाका कारण संभव थिएन । अतः उहाँले पनि अन्य जातजातिका (खास गरी आदिवासी जनजातिका) मानिसहरुले भैmँ सामान्य जीवन खाएर, पिएरै बिताई रहनु भएको थियो भन्दा अत्युक्ति नहोला कि !?
तर, जब विसं २०४६ सालमा राजनैतिक परिवर्तन आयो, तब नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक, समूह, वर्ग, लिंग आदिले आआप्mनो हकअधिकारका लागि आवाज उठाउन थाले । त्यसै क्रममा त्यो वेलाको चेतना र बुझाईको स्तरअनुसार “‘राई !’ (किनभने ‘राई !’ जात वा जाति नभएर पद, पदवी वा पगरी मात्रै हो । जसलाई ‘जिम्मावाल’ अथवा ‘तालुकदार’ पनि भन्ने गरिन्थ्यो । त्यस्तै मैले ‘राई !’ के हो ? भन्ने बारेमा कयौं पटक कयौं, पत्रपत्रिका र अनलाइन न्युज पोर्टलहरुमा लेखिसकेको पनि छु । किराती महाजातिभित्रका खम्बुका सन्तानहरुले) यायोक्खा” नामक संस्था दर्ता गरे । जुन संस्था, संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता रहेको छ । तर, “‘राई !’ यायोक्खा”ले भने सुरुदेखि नै राईको नाममा बान्तावा जातिको भाषा र चाम्लिङ जातिको नाच (साकेला) लाई मात्रै अगाडि बढाउने निर्णय गरेपछि÷लागू गरेपछि उहाँ (गान्खु फोपा)ले तत्कालै “‘राई !’ यायोक्खा” छाडेर आप्mनो समुदाय कुलुङका लागि अलग्गै ‘कुलुङ राई भाषा संस्कृति उत्थान संघ’ खोल्नु भयो । हुन पनि ‘राई !’ यायोक्खा”ले कथित् राई जातिको नाममा सुरु गरेको सो कार्य अनुसार तुरुन्तै रेडियो नेपालको पूर्वाञ्चल क्षेत्रीय प्रशारण केन्द्र धनकुटाबाट राई भाषाको नाममा बान्तावा भाषाको समाचार प्रशारण सुरु गर्यो । त्यस्तै यसरी राई भाषाको नाममा बान्तावाको भाषामा समाचार प्रशारण सुरु भएपछि चाम्लिङहरुले पनि राईको नाममा नाचिने नाच (त्यो वेला चण्डी भनिन्थ्यो) चाहिँ चाम्लिङहरुले नाच्ने साकेला हुनुपर्ने निर्णय गराए । अन्यथा चाम्लिङहरुले पनि ‘राई !’ यायोक्खा”बाट आपूmहरु अलग हुने धम्की दिएका
थिए । यसरी हेर्दा कतिथ् एक जाति राई, २८ भाषी राईको नाममा २८ देखि ३१÷३३ भाषा भएका बाँकी किरातीहरुको भाषा, संस्कार, संस्कृति आदि लोप गरायो÷गराई रहेको छ, ‘राई !’ यायोक्खा”ले । तापनि अरु राई भन्नेहरुले राई यायोक्खाको यस्तो जबर जस्ती सम्मिलीकरणमा एस्सिमिलेसन गर्ने काममा चुँ नगरी सहेरै बसेका छन् ।
जे होस्, गान्खु ज्युले आप्mनो समुदाय (कुलुङ) का लागि अलग्गै ‘कुलुङ राई भाषा संस्कृति उत्थान संघ’ मात्रै खोल्नु भएन कि, उहाँले ‘कुलुङ पाछा किराँत मात्रृभाषा व्याकरण कोश’, ‘नेपाली इङलिश कुलुङ राई भाषा, प्राचीन विश्व मानव वंशावली दर्शन’, ‘कुलुङ राई शब्द कोश’ गरी लगभग आधा दर्जन किताबहरु पनि लेखेर कुलुङ समुदायलाई ठूलो गुण लगाएर जानु भएको छ ।
हुन त आजभोलि राई यायोक्खाका हर्ताकर्ताहरुले चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, निनाम लोवात्ती आदिलाई विदेशीको डलर खान राई फुटाएको÷फुटाउन आँटेको ! भन्ने मिथ्या आरोप लगाउँछन् । जबकि विदेशी डोनर एजेन्सी र आईएनजिओहरु जस्तै जाइका, डानिडा(ह्युगो, जीटीजेड, आईएलओ, डीफीड, नर्वेजियन फन्ड, युएस एड, सीसीओ आदिबाट राई योयोक्खाका हर्ताकर्ताहरुले प्रपोजल पेस गरेर, पैसो ल्याएर ‘२८ भाषी राई एक जाति राई !’ को नाममा खाए÷खाएका थिए । हाल प्रायः सबै डोनर एजेन्सीबाट सीधै लोकल एनजिओहरुलाई पैसो बाँड्न बन्द गरेको छ, नेपाल सरकारले, एकद्घप्रणाली अपनाएको छ । हुन पनि त्यो वेला ‘राई !’ यायोक्खा”ले एक जना राईको संयोजकत्वमा एनजिओ कोअर्डिनेसन कमिटि नै गठन गरेको यो पंक्तिकारले (नेमप्लेट देखेपछि) कोटेश्वरस्थित ‘राई !’ यायोक्खा”को केन्द्रीय कार्यलयमा जाने क्रममा देखेपछि हामी कुलुङहरुलाई डलर खान राई फुटाएको÷फुटाउन आँटेको आरोप लगाउँछ तर,…. भनी एक लेख लेखेको थियो, त्यही वेला । त्यसपछि फेरि जाँदाचाहिँ ‘राई !’ यायोक्खा”ले ती राईको नेमप्लेट हटाएको थियो ।
त्यसैले आजभोलि राई यायोक्खाका हर्ताकर्ताहरुले ‘चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, निनाम लोवात्ती आदिलाई विदेशीको डलर खान राई फुटाएको÷फुटाउन आँटेको !’ भन्ने मिथ्या आरोप लगाउने गरे तापनि विसं २०४९÷०५० तिरै गान्खु फोपाले कुलुङहरुका लागि अलग्गै बाटो खन्नु भएको थियो । यसरी हामी कुलुङहरु हिँड्ने अलग्गै बाटो देखाउनु भएको थियो । हुन पनि आज हाम्रो लागि सही बाटो देखाउनु हुने गान्खु फोपा मात्रै होइन, वीरचन्द्र रीन्हो फोपा, महन्त राजीत्ती बुबु, मालुमध्वज पीदीसै बुबु,मनि कुमार होदीू, रण बहादुर मान्थेर्बू, भरत थोरेप्पा, दिल बहादुर होबेर्मी, बखत बहादुर तोमोछा अमृत बहादुर हारिम्बू, खड्ग बहादुर रुखूपो, मेकमान बूक्खो आदिको पनि हामीलाई सही बाटो देखाउनु र सही दिशा निर्देश गर्नुमा ठूलो भूमिका रहेको छ ।
आज हामीले ऊ वेलै गान्खु फोपाले देखेको सपना र उहाँले बनाएको पदचापलाई सही दिशा दिएर अघि बढेका छौं भन्ने लाग्छ । किनभने, विसं २०५९÷०६० ताका ‘कोही शुद्घ कुलुङ, कोही अशुद्घ कुलुङ कोही के कुलुङ !’ भनेर कुलुङभित्रै तीन चिरा भएको थियो । त्यसमा पनि महत्वपूर्ण कार्य गर्ने (एक कर्ता !) का रुपमा भूपध्वोज थोमरोस बुबु हुनुहुन्थ्यो । तापनि हामीले विसं २०६१ मा तीनै वटा ‘शुद्घ कुलुङ, अशुद्घ कुलुङ, के..कुलुङ !’ भनिनेहरुको संगठनलाई एक बनाएर पहिलो एकीकृत सम्मलेन सुनसरीको धरानमा गर्यौं । त्यस यता हामीले गएको पुस १५ र १६ मा पाँचौं एकीकृत सम्मेलन पनि गरी सकेका छौं । त्यसैले हामी कुलुङहरुलाई सुरुमा बाटो देखाउनु हुने, सही दिशातर्पm डोहोर्याउनु हुने आदरणीय एवम् श्रद्घेय कृष्ण बहादुर गान्खु फोपाप्रतिको यो छोटो ‘अबीच्युरी !’ वा भनौं ‘श्रद्धा–सुमन’ अहिलेलाई यत्ति नै ।
गान्खु फोपा, पोम्लालुङ (नेपालीहरुले स्वर्ग भन्छन् ।) मा हजुरको सँधै आरामले वास होस् । हामीले तपाईको लागि केही दिन र गर्न नसके तापनि सँधै–सँधै हजुरलाई सम्झी रहने छौं ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७,
९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघन्mबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार